भर्जिनियावासीहरुको मन्दिरसहितको सामुदायिक भवन, थप चुनौती र संभावनाहरु

भर्जिनियावासीहरुको मन्दिरसहितको सामुदायिक भवन, थप चुनौती र संभावनाहरु- प्रकाश नेपाल,  वासिंटन डिसी, अमेरिका – अगस्ट ९, २०१९  वासिंटन डिसीबाट नजिकै रहेको भर्जिनियामा गत जुन महिनामा सप्ताहव्यापी “डिसी मेट्रो सप्ताह महापुराण” समाप्त भयो । यो सप्ताहको प्रमुख उद्देश्य थियो – भर्जिनियामा बसोबास गर्ने नेपालीहरुका लागि एउटा ठूलो मन्दिरसहितको  सामुदायिक भवन बनाउने र…

Continue reading

कुन अंग फरफराउँदा के हुन्छ ? Limb Twitching (तस्विर सहित)

सामुद्रिक शास्त्रअनुसार अंग फरफराउँदा के फल हुन्छ ? (तस्विर सहित) समुन्द्र शास्त्रका अनुसार हाम्रो शरीरका हरेक अंगको विशेष महत्व छ । हरेक अंग प्रत्यंगको चालले भविष्य र स्वभाव निर्धारण गर्छ । हाम्रो शरीरका अनेक अंगमा हुने प्रतिक्रियाले पनि विशेष अर्थ राख्छ । समुन्द्र शास्त्र अनुसार कुनै पनि अंग फरफराउँदा त्यसको…

Continue reading

नागपन्चमी – महत्व र विशेषता

अगस्ट २०, २०२३ नागपन्चमी – महत्व र विशेषता By HCC Priest Rajendra Khanal हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरकोआभुषण होस् वा भगवान विष्णुको शय्या होस्, समुद्रमन्थन गर्दा होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ । पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ । त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नागदेवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँचिन् र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाईन्, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाई दिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको भन्ने पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको हो । यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ ।नेपाल, ईन्डियालगायतका मुलुकमा यो पर्वको सुरुआतपछि अन्य चाडपर्वहरु लगातार आईरहने भएकोले यसलाई सुरुआतको चाडको रुपमा मनाईन्छ । समग्र पाताललाई नै नागलोक भनिएको पाईन्छ ।पाताललोकमा बसेर विषाणु चिजलाई ग्रहण गरी समस्त पृथ्वीको  रक्षा गर्ने भएकोले…

Continue reading

नेपाली अमेरिकन सामुदायिक केन्द्रको प्रथम साधारण सभामा उपस्थित हुन आह्वान

जुलाई २७, २०१९ नेपाली अमेरिकन सामुदायिक केन्द्रको साधारण सभामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा आह्वान ! नेपाली अमेरिकन सामुदायिक केन्द्र NACC ले  दाता तथा स्वयंसेवक सम्मान गर्ने कार्यक्रम गर्ने घोषणा गरेको छ । यही अगष्ट ११ तारिख सोही सप्ताह गरेकै  स्थल शिव विष्णु लोटस टेम्पलमा गरिन लागिएको  सामाजिक अभियानकर्ता ददिराम ढुंगानाले जानकारी…

Continue reading

जानी राखौँ

जुलाई २०१९ एक प्रथम  एक : ईश्वर एक : आत्मा दुई (द्वय) दुई लिङ्ग : पुरुष र स्त्री । दुई पक्ष : शुक्ल पक्ष र कृष्ण पक्ष । दुई प्रतिक्रिया  : सकारात्मक र नकारात्मक दुई पूजा : वैदिक र तान्त्रिक । दुई अयन : उत्तरायन र दक्षिणायन। दुई कुरा :…

Continue reading

डिसी नेपाली समाजको जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम भब्यरुपमा हुने

July 24 2019 डिसी नेपाली समाजको जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम भब्यरुपमा हुने  डिसी नेपाली समाज, अमेरिकाको आयोजनामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यही 2019 अगस्ट 15 तारिख बिहीबार जनैपूर्णिमाको दिन ज्योतिष पण्डित राजेन्द्र खनाल तथा अतिविशिष्ठ गुरुहरुद्वारा मन्त्रण गरी गर्न लागिएको जनै तथा रक्षाबन्धन पूजन एवम् धारणको कार्यक्रम राखिएको…

Continue reading

अष्ट्रेलियाको सिड्नीमा श्रीमद्भागवत सप्ताह महायज्ञ ऐतिहासिक रुपमा सम्पन्न

अष्ट्रेलियाको सिड्नीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ ऐतिहासिक रुपमा सम्पन्न – एचसीसी संबाददाता,  सिड्नी, अष्ट्रेलिया इतिहासमा पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ अनुष्ठान सम्पन्न भएको छ । जुलाई महिनाको ८ तारिखदेखि जुलाई १४ तारिख ( असार २३ देखि २९ ) सम्म अष्ट्रेलियाको सिड्नीमा रहेको रिर्जन्स पार्क साई मन्दिरमा भव्य…

Continue reading

बन्ने भयो डिसी क्षेत्रमा विशाल सामुदायिक भवन, सप्ताहमै संकलन २ मिलियन डलर

बन्ने भयो डिसी क्षेत्रमा विशाल सामुदायिक भवन 7 दिनको सप्ताहमा कम्युनिटी सेन्टर बनाउनका लागि उठ्ने भयो, करिब 21 लाख डलर डिसी मेट्रो सप्ताहमा दान गर्ने दाताहरुको लिस्टसहित को कसले कति दान गर्नु भयो? हेर्नुहोस् पूरा विवरणसहित -HCC सम्वाददाता   वासिंटन डिसी, जुलाई 15  डिसी मेट्रो सप्ताह २०१९ भब्यरुपमा सम्पन्न भैसकेको…

Continue reading

एकादशीको महत्व र विशेषता – पण्डित राजेन्द्र खनाल

  एकादशीको महत्व र विशेषता – पण्डित राजेन्द्र खनाल हरिशयनी एकादशीदेखि छिर सागरमा भगवान विष्णु चिर निन्द्रामा सुत्नुहुन्छ भन्ने पौराणिक कथन छ । हरिशयनी एकादशी एउटा महत्वपूर्ण एकादशी हो, यस एकादशीलाई यसको महिमाका कारणले पनि सबैभन्दा ठूलो अर्थात ठूली एकादशी पनि भन्ने गरिन्छ । आजको दिन भगवान विष्णुप्रति समर्पित दिन…

Continue reading

गर्भाधान सँस्कार – सन्तान कस्तो जन्माउने ? किन जन्माउने ?

June 1, 2019  गर्भाधान संस्कारको विशेषता र महत्व- ज्योतिष पण्डित राजेन्द्र खनाल  सन्तान कस्तो जन्माउने छोरा कि छोरी ?  How to born son ? How to born Daughter ?   जीवनको एक महत्वपूर्ण कामका रुपमा सन्तान प्राप्तिलाई लिईन्छ । धर्म, अर्थ, काम र मोक्ष मध्ये काम अर्थात् कामना /ईच्छा पनि यसैलाई…

Continue reading