Gayatri mantra गायत्री मन्त्र

             गायत्री मन्त्र जाप गर्ने तरिका तथा विधि 

            Meditation Rule andRegulation

When you wake up in the Morning, then you go to take bath/shower first and you have to take some pure water then sit in the pooja  room, or any clean place. Northeast face up when you are chanting.

You do aachman(slurp/drink water) 3 time with this Mantra :

Om  keshavaya nama
Om  madhavaya nama
Om narayanaya nama

Wash hands *  Om rishikashaya nama or Govindaya Nama .

Then you can do every day minimum 10 time pronouns   this mantra:

Om  bhur bhuva  swa  tatsavitur  barendyam, bhargo devasya  dhimahi dhiyo yona prachodayat.

भूर्भुव: स्व: तत्सवितुर्वरेण्यं  भर्गो देवस्य धीमहि धीयो यो : प्रचोदयात् ।। ( १०८ पटक नित्य )

Meaning : Oh God, the Protector, the basis of all life, Who is self-existent, Who is free from all pains and Whose contact frees the soul from all troubles, Who pervades the Universe and sustains all, the Creator and Energizer of the whole Universe, the Giver of happiness, Who is worthy of acceptance, the most excellent, Who is Pure and the Purifier of all, let us embrace that very God, so that He may direct our mental faculties in the right direction.

After   you can pray for Guru (father/teacher) with this mantra /slok

Om  Guru vrama guru bishnu  guru devo maheshwar,

Guru sakshat  para vrama tashmai shree gurave nama.

Meaning : Guru is Brahma, Guru is Vishnu, Guru is Shiva
Guru is the Absolute Brahman incarnate, Obeisance to Guru

Again, you have to 3 time aachman( slurp/drink) that same Mantra

After that you can do every day pooja and Sloka

Ganesh Gayatri

yaa kundendutushhaar haara dhavalaa, yaashubhravastraavritaa . 
ya vINaavaradanDa manDitakaraa yaashwetapadmaasanaa .

Saraswati Gayatri

सरस्वती गायत्री

वाकदैव्यै विद्महे कामराजाय धीमहि तन्नो देवी प्रचोदयात् 

तान्त्रिक मन्त्र : “ॐ श्रीं ह्रिं सरस्वत्यै स्वाहा”

गायत्री मन्त्रको महत्व तथा 
गायत्री मन्त्रबारे केही थप जानकारी 

हिन्दु सभ्यतामा गायत्री मन्त्रलाई सबैभन्दा उत्तम र सर्वश्रेष्ठ मानिएको छ । यो एक यस्तो मन्त्र हो, जो हिन्दु धर्ममा आस्था राख्ने मात्र होइन अरु सबै धर्मावलम्बीले पनि जप गर्न सक्छन् । यसको जप गर्नुसँग केही शारीरिक, मानसिक लाभ पनि छ ।

१. वेदको कुल संख्या चार छ । चार वेदमा गायत्री मन्त्रको उल्लेख गरिएको छ । यस मन्त्रका ऋषि विश्वभित्र हुन् र देवता सवितृ हुन् ।

२. यस मन्त्रमा यति शक्ति छ कि, नियमित तीन पटक जप गर्दा व्यक्तिको आसपास नकारात्मक शक्ति हट्नेछ ।

३. गायत्री मन्त्रको जपबाट केही किसिमको लाभ मिल्छ । यो मन्त्रले भन्छ, ‘उस प्राणस्वरुप, दुःखनाशक, सुखस्वरुप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरुप परमात्मालाई हामी अन्तःकरणमा धरण गरौं’ । त्यो परात्माले हाम्रो बुद्धिलाई सद्मार्गमा प्रेरित गर्छ ।

४. यस मन्त्रको जपबाट बौद्धिक क्षमता र मेधा शक्ति अर्थात स्मरण क्षमता बढ्छ । यसले व्यक्तिको मस्तिष्कलाई तेज बनाउँछ र दुःखबाट छुटकारा दिलाउँछ ।

५. गायत्री मन्त्रको जप सूर्योदयदेखि दुई घन्टा अघिदेखि सूर्यास्थको एक घण्टापछिसम्म गर्न सकिन्छ ।

६. मौन मानसिक जव कुनैपनि बेलागर्न सकिन्छ तर रात्रिमा यस मन्त्रको जप गर्नु हुँदैन ।

७. रातमा गायत्री मन्त्रको जप लाभकारी हुँदैन । बरु यसको गलत नतिजा हात पर्न सक्छ ।

८. गायत्री मन्त्रमा चौबीस अक्षर हुन्छ । यो चौबीस अक्षर चौबीस शक्ति-सिद्धियोको प्रतिक हो । यही कारण हो कि ऋषिहरुले गायत्री मन्त्रलाई भौतिक जगतमा सबै प्कारको मनोकामना पूर्ण गर्ने मन्त्र बनाए ।

९. आर्थिक कुरामा कुनै दुःख वा समस्या आउनसाथ गायत्री मन्त्रको जप गर्नुपर्छ । मनको वेचैनी हराउँछ ।

१०. विद्यार्थीका लागि यो मन्त्र एकदमै लाभदायक हुन्छ । स्वामी विवेकानन्दले भनेका थिए कि, गायत्री सद्बुद्धिको मन्त्र हो । यसैले उनले यस मन्त्रलाई मुकुटमणि भनेका थिए ।

११. नियमित रुपले १०८ पटक गायत्री मन्त्र जप गर्दा बुद्धि प्रखर र कुनै पनि कुरा लामो समयसम्म स्मरण गरिने क्षमता बढ्छ । यो मन्त्रले व्यक्तिको बुद्धि र विवेक निखार्छ ।

साथै- ध्यानः बेचैनी र उदासी हटाउने सर्वोत्तम विधि :
आज हामी स्थिर छैनौं । हाम्रो मन चञ्चल छ । बेचैन छ । परिवार, करियर, कमाई, प्रतिस्पर्धाले हामीलाई अशान्त बनाएको छ । यसले हाम्रो मनमा तनाव पैदा गरिदिएको छ । जीवन बोझिलो भएको छ । हामी भित्र-भित्रै इष्र्या, चिन्ता, डर र उदासीपनले छटपटाइरहेका छौं ।

हामी आफ्नो भविष्य सोचेर भयभित छौं । हामी आफ्नो विगत सम्झेर पछुतोमा छौं । भनौं, हामी अशान्त तथा अधैर्य छौं ।

त्यही कारण त हामीलाई अनेकथरी रोगले च्याप्न थालेको छ । चिन्ता, डिप्रेसन, उच्च रक्तचाप, मधुमेह सबै यी मानसिक विकारको उपज हुन् ।

आज हामी मनोचिकित्सक, मनोवैज्ञानिक तथा मुटु रोग विशेषज्ञकहाँ धाइरहेका छौं । त्यतिमात्र हैन, आर्थिक अभाव, सम्बन्धमा आएको खटपटका कारण पनि हामीमा चिन्ताको पारो बढेको छ ।

यस्तो तनावले हाम्रो मन र मस्तिष्कलाई प्रभावित पार्छ । मन र मस्तिष्क अस्वस्थ्य भएमा शरीरमा कैयौ प्रकारको रोग निम्तने गर्छ ।

अध्ययनले जनाएअनुसार यस किसिमको अस्थिर मानसिकताले हाम्रो शरीर र मन दुबै रोगी बनाइदिन्छ ।

यसैको नतिजा हो, उच्च रक्तचाप, मधुमेह, मुटु रोग, श्वासप्रश्वास सम्बन्धि समस्या, पाचन प्रणालीको समस्या, मांसपेशी दुख्नु आदि ।

भनिन्छ नि, बाहिरी शत्रुसँग लड्न सकिन्छ, आफैसँग लड्न कठिन हुन्छ । हामी आफैभित्रको विकारसँग लड्न सक्दैनौं । हामीलाई आफैभित्रको विकार तत्वसँग जुध्न र त्यसलाई परास्त गर्न मुश्किल हुन्छ । मनभित्रको औडाह, वेचैनी, भय, चिन्ता र उदासीपनसँग कतिपय भाग्ने चेष्टा गर्छन् । तर, भागेर कहाँ जाने ? भाग्नु कुनै समस्याको समाधान पनि होइन ।

आफैभित्रको यी विकारसँग हामी लड्ने, जुध्ने भन्दा पनि व्यवस्थापन गर्ने विधि सर्वोत्तम हो ।

ध्यान विधि

पछिल्लो केही वर्षदेखि भावना र तनावलाई नियन्त्रण गर्न मानिसहरुको मन ध्यानतर्फ आकषिर्त हुन थालेको छ । ध्यान गर्नाले शरीर तथा मस्तिष्कलाई निकै फाइदा पुग्छ ।

जब हामी एक पटक ध्यान गर्न सिक्छौ, तब हामीसित प्रत्येक समस्याको समाधान निस्कन थाल्छ । ध्यानले हामीलाई दुई प्रकारले मद्दत गर्छ ।

यसले हामीलाई मानसिक रुपमा शान्त राख्छ । त्यसबाहेक, ध्यानले हामीलाई त्यो अवस्थामा पुर्‍याउँछ- जहाँ भगवानको माया र परमानन्दको प्राप्ति हुन्छ । ध्यानको समयमा हाम्रो सांसारिक समस्या ज्यूँको त्यूँ रहन्छ । तर ध्यानको माध्यमद्वारा हामी भागवानको याद र त्यसको आनन्दमा यति धेरै मस्त हुन्छौ कि हामीलाई आफ्नो समस्या र दु:खपिडाको बारेमा कुनै आभाष हुँदैन । सांसारिक तनाव तथा दवावका बावजुद पनि हाम्रो विचार , सोच्ने शक्ति तथा भावनामा सन्तुलन कायम हुन्छ । तनावलाई सजिलै नियन्त्रण गर्न सक्दछौ । यसरी ध्यानको माध्यमद्धारा जिन्दगी जिउने त्यो तरीका सिक्छौ जसमा हामी हाम्रो सांसारिक तनावमाथि सफलता पाउने गर्छौ । यही विद्यामार्फत हामी सुख, शान्ति तथा आनन्दको बाटो पहिल्याउन सफल हुन्छौँ ।

नोट : गायत्री मन्त्रजस्तै अरु पनि थुप्रै शक्तिशाली मन्त्रहरु छन् ती जप गर्नाले पनि छिटै फल मिल्छ तर त्यसको लागि असल र सही मार्ग निर्देश गर्नसक्ने गुरुको आवश्यकता पर्दछ । गुरु यस्तो चिज हो चाहना गरेर मात्र पनि बनाउन सकिंदैन,  त्यसको लागि आफू पनि शिष्य बन्न योग्य छु कि छैन जान्नु पर्छ, आफैले आफूलाई चिन्नु पर्ने हुन्छ । आफूलाई कस्तो खालको गुरु आवश्यक हुन्छ यस्तै कुराहरुको बारेमा  केही सरसल्लाह तथा जानकारी लिनको लागि सम्पर्क गर्नु होला ७०३-८७०-६४८० /7036891117 यूएसए info@hinduculturecenter.com

Washington DC USA

 

 

Comments are closed.