अष्ट्रेलियाको सिड्नीमा श्रीमद्भागवत सप्ताह महायज्ञ ऐतिहासिक रुपमा सम्पन्न

अष्ट्रेलियाको सिड्नीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ ऐतिहासिक रुपमा सम्पन्न –

एचसीसी संबाददाता,  सिड्नी, अष्ट्रेलिया

इतिहासमा पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ अनुष्ठान सम्पन्न भएको छ ।


जुलाई महिनाको ८ तारिखदेखि जुलाई १४ तारिख ( असार २३ देखि २९ ) सम्म अष्ट्रेलियाको सिड्नीमा रहेको रिर्जन्स पार्क साई मन्दिरमा भव्य रुपमा भएको थियो ।


नेपाली हिन्दु समाज अष्ट्रेलियाले आयोजना गरेको उक्त अनुष्ठानमा नेपालीहरुको ठुलै जमघट देखिन्थ्यो ।

वैदिक सनातनी नेपालीहरु जुनसुकै कुना कन्दरामा पुगे पनि आफ्नो कला,धर्म संस्कार र संस्कृतिलाई सदासर्वदा जोगाई राख्नुपर्छ भन्ने भावना साथैमा बोकेर पुगेका हुन्छन् र त्यसैलाई अष्ट्रेलियाको सिड्नीमा स्थापना गर्न उक्त अनुष्ठानको आयोजना गरेको कुरा समाजकी उपाध्यक्ष लक्ष्मी बस्ताकोटीले बताउनु भएको छ ।

कार्यक्रममा सामुहिक ब्रतवन्ध, गुन्यु चोली, पितृमुक्ति अनुष्ठान र महायोगी सिद्ध बाबाको आर्शीवचन एवं महायोगी साधना समेतको आयोजना रहेको थियो । कार्यक्रममा जगद्गुरु कृष्णदासजी महाराजज्यूले आर्शीवचन प्रस्तुत गर्नु भएको थियो भने सात दिन सम्म युवा प्रखर वक्ता पं.श्री कुवेर सुवेदीज्यूले श्रीमद्भागवत कथा वाचन गर्नु भएको थियो ।

साथमा कला, धर्म, संस्कार र संस्कृति जोगाई राख्नु पर्छ भन्ने सन्देश लिएर सदैव हिड्ने गरेका युवा धार्मिक अभियान्ता एवं ॐकार टेलिभिजनका निर्देशक मुकुन्द शर्माले सातै दिन राष्ट्र भावनको साथमा भक्ति संगित प्रस्तुत गर्नु भएको थियो ।

सातै दिन सम्म उल्लेख्य भक्तजनहरुको उपस्थिति रहेको कार्यक्रम सम्पन्न गर्न आवश्यक खर्च सिड्नी अबस्थित विभिन्न व्यापारी वर्ग र भक्तजनहरुको सहयोगमा भएको थियो ।
कार्यक्रमलाई सम्पन्न गर्न अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको एक संस्था भिजन फर मोटिभेसनले स्वयं सेवकको भूमिका निर्वाह गरेको थियो । कार्यक्रममा संकलित पाँच लाख सहयोग रकम खर्च कटाएर सिड्नीमा निमार्ण गर्न लागिएको नेपाली मन्दिरलाई प्रदान गर्ने कुरा संस्थाका कोषाध्यक्ष तथा पण्डित प्रकाश ढोडारीले जानकारी दिए ।

नेपाली संस्कृति जोगाउन कटिबद्ध नेपाली हिन्दु समाज अष्ट्रेलियाले संस्थाद्वारा आयोजना हुने कार्यक्रममा सहयोग पुर्याउने व्यक्ति, संघसंस्था र दानवीर दाताहरुलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरेको छ ।

कार्यक्रम सफल बनाउन दिन रात नभनी लागिपरेका थियौ, सोचे भन्दा धेरै सफलतामा पुगेका छौँ,  जसले भोलिका दिनलाई मार्ग प्रसस्त गरेको भन्दै हिन्दु समाजकी सचिव सुनिता गिरीले हाम्रा संबाददातासंग खुशी बाँडेकी थिईन् ।

कार्यक्रमको अन्तिम दिन जगदगुरु  कृष्णदास महाराज, प्रमुख वाचक पं. कुबेर सुवेदी, धार्मिक अभियन्ता मुकुन्द शर्मा र हिन्दु समाजको स्थापनाकाल देखि नै सल्लाह र सहयोग गर्दै आउनु भएका पण्डित नारायण भट्टलाई शर्वश्री सम्मानद्वारा सम्मानित गरिएको थियो ।
अन्त्यमा कार्यक्रम सफल पार्न सहोग गर्न हुने सम्पूर्णमा संस्थाको तर्फबाट संस्थाकी अध्यक्ष प्रान्चना शर्माले धन्यवाद दिई श्रीमद्भागवत सप्ताह धार्मिक अनुष्ठान सम्पन्न भएको घोषणा गरेकी थिईन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.