नेपाली अमेरिकन सामुदायिक केन्द्रको प्रथम साधारण सभामा उपस्थित हुन आह्वान

  • जुलाई २७, २०१९

नेपाली अमेरिकन सामुदायिक केन्द्रको साधारण सभामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा आह्वान !

नेपाली अमेरिकन सामुदायिक केन्द्र NACC ले  दाता तथा स्वयंसेवक सम्मान गर्ने कार्यक्रम गर्ने घोषणा गरेको छ । यही अगष्ट ११ तारिख सोही सप्ताह गरेकै  स्थल शिव विष्णु लोटस टेम्पलमा गरिन लागिएको  सामाजिक अभियानकर्ता ददिराम ढुंगानाले जानकारी दिनुभयो ।

निमन्त्रणा पत्र जस्ताको तस्तै –

“आदरणीय सदस्यज्युहरू तथा स्वयंसेवकज्यूहरू –
सर्बप्रथम डिसी मेट्रो सप्ताह सफल बनाउनका लागि यहाँहरूको सहयोगको लागि सबै आयोजक, गुरुहरु, भजनटीम, दानदाता, सम्पूर्ण सदस्यहरु, स्वयंसेवकहरूप्रति हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं । नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) निर्माणको लागि एक ठूलो रकम कोष संकलन गर्न हामी सप्ताहमार्फ़त सक्षम भएको कुरा सर्बविदितै छ । NACC निर्माणको लागि हाम्रो अभियान तीब्र गतिमा जारी छ र यसको सदस्यता संख्या दिन प्रतिदिन विस्तार हुँदैछ।

हामीले सप्ताहको समापनमा प्रतिज्ञा गरेका थियौँ, हामी NACC का सदस्यहरू र स्वयंसेवकहरूलाई सम्मान गर्नेछौँ।
सोही वाचाअनुसार NACC को सदस्य र स्वयंसेवकज्यूहरूको सम्मान, संस्थाको विनियममा केही संशोधन र यो अभियानलाई अगाडि बढाउन तदर्थ समितिहरूको चयन गर्ने समेत प्रयोजनका लागि निम्न मिति समय र स्थानमा NACC को साधारण सभा राखिएको हुँदा समस्त सदस्यज्यूहरूलाई सो सभामा उपस्थित भईदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।

सो सभालाई सदस्यता बिस्तारको लागि पनि उपयोग गर्ने हाम्रो उद्देश्य छ । त्यसैले सदस्यता लिन छुट्नु भएका यहाँको परिवार र मित्रता सर्कलमा हुनुहुने सम्भावित सदस्य महानुभावहरूलाई समेत लिएर आउनु भई यो छुटमा सदस्यता बितरण हुने अबधि (१४ अगष्ट भित्र) सदस्य बन्न अभिप्रेरित गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।धन्यवाद । नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) का लागि अगुवा स्वयंसेवकहरू !!

कार्यक्रम:
मिति August 11, 2019
समय 1:30 – 6.00 PM
स्थान: SV Lotus Temple
12501 Braddock Road
Fairfax, VA 22030

स्मरण रहोस्, यो डिसी मेट्रो सप्ताह २०१९ अहिलेसम्मकै ऐतिहासिक र बढी रक़म संकलन गर्न सफल भएको सप्ताह कार्यक्रम हो । जसमा करिब २१ लाख डलरको प्रतिबद्धता भएको छ भने करिब ११ लाख डलर सँस्थाको ख़ातामा जम्मा भइसकेको छ । यसको श्रेय यहाँको आयोजक कमिटीको काम गर्नेशैली, निरन्तरता र यसैगरी अगाडि बढ्नेछ भन्ने विश्वासको प्रतिफल हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.