Shiva Aarati ( Pashupati) शिव आरती पशुपति

Shiva Aarati ( Pashupati)
शिव आरती  पशुपति भजन पशुपति आरती    नेपाली भर्सन
ॐ जय शिव शंकर शम्भु
जय गिरिजाधिश शिव जय गिरिजाधिश
(जय जय करुणा सागर) पशुपति जगदीश
ॐ हर हर हर महादेव-१
       
            गिरी कैलाश निवास छ
गण छन सहचारी शिव गण छन सहचारी
(      मुंडमाला छ गलामा)रूप छ भयहारी
ॐ हर हर हर महादेव-२

          डमरू त्रिशुल सुशोभित
प्रभुका दुई करमा, शिव प्रभुका दुई करमा
(भुषण नाग विराजीत) बाघाम्बर अाँगमा
ॐ हर हर हर महादेव-३

            तिन नयनमा थरी थरी
ज्योति छ दिव्य सदा, शिव ज्योति छ दिव्य सदा
(वाहन वृष भवनोहर) संगमा छन् गिरिजा ।
ॐ हर हर हर महादेव-४

            भस्म विलेपन सुन्दर
शीरमा चन्द्रकला, शिव शीरमा चन्द्रकला
(कल कल बग्छिन् हरदम) गंगा पूण्य जला
ॐ हर हर हर महादेव-५

               ब्रम्हा विष्णु महेश्वर
प्रभुका रूप सबै, शिव प्रभुका रूप सबै
( श्रृष्टि स्थिति लय सब हुन) शुभ लिला प्रभु कै
ॐ हर हर हर महादेव-६

                  वेद पुराण जति छन्
प्रभुको वर्णनमा, शिव प्रभुको वर्णनमा
(कण कण ब्यापक प्रभुको)महिमा त्रिभुवनमा
ॐ हर हर हर महादेव-७

                 शुर नर मुनि सब प्रभुकै
निसदिन ध्यान गरी, शिव निसदिन ध्यान गरी
(परमानन्द मगन भई)जान्छन पार तरी
ॐ हर हर हर महादेव-८

              सचिदान्नंद परात्पर
सजन हितकारी, शिव सजन हितकारी
(जय जय शाम्भ सदा शिव) जय जय त्रिपुरारी
ॐ हर हर हर महादेव-९
गणेश वन्दना / गणेश भजन / गणेश आरती नेपाली भर्सन
जय गुरु गणपति जय गणनाथ २
दर्शन देऊ प्रभु करुणासाथ २
पान चढाऊ फूल चढाऊ दुबो चढाऊ मेवा २
एक मनको लड्डु चढाऊ सन्त गर सेवा २
एक दन्त दयावन्त चतुर्भुजधारी २
माथि शिरमा मुकुट छ मुसाको सवारी २
आमा तिम्री पार्वती पिता महादेव २
भक्तजनको रक्षा गर गुरु गणदेव । २
जय गुरु गणपति जय गणनाथ २
दर्शन देऊ प्रभु करुणासाथ २
श्री हरि आरती 
श्रीकृष्ण आरती / भजन /
मिलिजुली गाऊॅ आरती हरिको २ 
कृष्ण कन्हैयाको पीर हरैयाको / वंशी बजैयाको २
मिलिजुली गाऊॅ आरती हरिको २
कन्चन थलियामा कपूर र बाती
पारी सब ठीक भॅाती भॅाती ।
फूल चढाऔं पाउमा हरिको
कृष्ण कन्हैयाको पीर हरैयाको / वंशी बजैयाको २
स्नेहको डोरामा चोबी बाती
श्रमको आगोले बाली बाती
आरती गाऊॅ परमेश्वरको
कृष्ण कन्हैयाको पीर हरैयाको / वंशी बजैयाको २
मनमा हरिकै मूर्ति सजाऔं २
सबमा हरि छन् भाव बनाऔॅ । २
हृदय चढाऔं पाउमा हरिको
कृष्ण कन्हैयाको पीर हरैयाको / वंशी बजैयाको २ । । २ ।

Comments are closed.