Rasiphal 2019 by Jyotish/Priest Rajendra Khanal

नयाँ वर्ष 2019को  शुभकामना
 अमेरिकाबासी सम्पूर्ण नेपालीहरु तथा नेपाललगायत  विश्वको कूनाकुनामा बस्नु हुने नेपाली भाषा तथा सन्स्कृतिको रक्षार्थ खट्नु हुने सम्पूर्ण नेपालीहरुमा नयाँ वर्ष 2019 ले उमंग, उत्साह, ऐश्वर्य, तथा  समृद्धि प्रदान गर्न सकोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
ज्योतिषी पण्डित राजेन्द्र खनाल 1-703-870-6480
 1330 April Way
 Herndon, VA 20170
Khanalguru@gmail.com
वार्षिक राशिफल 2019 (तपाइको भाग्य)
ज्यो. पं. राजेन्द्र खनाल
                                                       (703)870-6480
                                                       (571) 315-7682
मेष ः चु चे चो ल ला लि लु ले लो अ आ 
  यो वर्ष मेष राशिका लागि राहुको नराम्रो प्रभाव परेकाले त्यति धेरै राम्रो मान्न सकिंदैन । आफन्तमा वादविवाद पर्न सक्छ, खर्च तथा चिन्ता वृद्धि हुँदा मानसिक रोग लाग्न सक्ने संभावना, मानसम्मानमा आघात पर्न सक्छ, अध्ययनमा अवरोध आउन सक्छ, गलत विचारले सताउन सक्छ ।
 वर्षको पूर्वाद्र्धमा शनिश्चरले पनि दुख दिने देखिन्छ, वैदेशिक क्षेत्रका काममा पनि हात नहाल्नु नै वेश होला, घर जग्गाको कारोवारमा पनि बेफाइदा नै देखिन्छ ।
  कार्तिकपछि अर्थात् यो वर्षको उत्तरार्धमा भने तपाइको सफलता हुनेछ, बृहस्पति नवौमामा रहनाले आम्दानीका स्रोेतहरु बढ्ने छन् । आनन्द तथा सुख प्राप्ति हुनेछ, व्यापार व्यवसाय तथा आर्थिक, सामाजिक सबै कार्यमा सफलता मिल्ला । राजनीतिको क्षेत्र भने यो वर्ष अशुभ नै देखिन्छ, काम गर्दा होसियारीपूर्वक सोंचविचार गरेर मात्रै गर्नु भयो भने केही सफलता मिल्नेछ, तपाइका लागि चैत, जेठ, साउन र कार्तिक महिना अशुभदायक रहेका छन् ।
वृष ः इ उ ए ओ ॐ व वा वि वु वे वो 
   यो वर्ष तपाइका लागि मध्यम रहेको छ, व्यापार तथा व्यवसायमा सन्तोषजनक सफलता मिल्नेछ, आफन्त तथा साथीभाइले सहयोग गर्ने छन । पराक्रम तथा साहसमा पनि वृद्धि हुनेछ ।
    शनिश्चरको प्रभावले काममा ढिलासुस्ती हुनेछ, त्यसको निराकरणका लागि शनिश्चरको पूजा आराधना गर्नु होला । आफ्नो श्वास्थ्यमा पनि केही समस्या देखिनेछ, वैदेशिक क्षेत्र पनि यो वर्ष अधुरो नै रहेको छ ।
  वर्षको उत्तराद्र्धतिर नोकरी तथा रोजगारीमा केही बाधा अड्चन आउने देखिन्छ । अध्ययन तथा अध्यापनको मार्ग सफल देखिन्छ । परिश्रम भने निकै गर्नुपर्ला ।  बोलीलाई जतिसक्यो नरम बनाउने प्रयत्न गर्नुहोला ।
  जनसम्पर्क वृद्धि हुनेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । राम्रो काममा सफलता मिल्नेछ । वर्षको मध्यतिर वस्त्र, द्रब्यादिको लाभ हुनेछ ।
  शारीरिक तथा मानसिक सुखमा केही बाधा भए पनि तपाइका महत्वपूर्ण कामहरु सफल हुनेछन् ।  तपाइका लागि जेष्ठ, भाद्र, मंसिर तथा पुष महिना आर्थिक दृष्टिले अशुभ रहेका छन् ।
मिथुन ः क का कि कु घ ङ छ के को ह हा 
  यो वर्ष मिथुन राशिका लागि आधा राम्रो तथा आधा नराम्रो फल प्राप्त हुनेछ । राहु र केतुको प्रभाव रहेकाले चिन्ता बढ्न सक्ने, नोक्सानी सहनु पर्ने, खर्चमा वृद्धि हुने, आफन्तबाट गरिएको रुखो व्यवहार सहनु पर्ने आदि नराम्रा फलहरु प्राप्त हुनेछन् । वर्षको उत्तराद्र्धको तुलनामा पूर्वाद्र्धमै बढी राम्रो फल मिल्नेछ । बैशाखदेखि नै तपाइलाई वृहस्पतिले राम्रो फल दिनेछ । भग्यमा वृद्धि गराउने, लाभदायी यात्रा हुने, शक्ति तथा जोश जाँगरमा वृद्धि हुने तथा उत्साहमा वृद्धि हुने योगहरु रहेका छन् । वर्षको मध्यतिर वृहस्पति वक्री हुनाले तपाइलाई उल्टो फल प्राप्त हुनेछ । बाहन इत्यादिको दुर्घटना पर्न सक्ने, शरीरमा चोटपटक लाग्न सक्ने आदि हुन सक्छ ।
उत्तराद्र्धतिर शनिश्चरको प्रभावले नराम्रो फल पनि प्राप्त हुनेछ । मनमा तनाव, दाजुभाइमा कलह तथा वादविवाद, काममा ढिलाइ हुन सक्नेछ ।
   वैदेशिक क्षेत्रबाट तपाइलाई विशेष लाभ हुने देखिन्छ । नयाँ कामको थालनी, अध्ययन तथा अध्यापनमा सफलता, वासनात्मक उत्तेजनामा वृद्धि हुनेछ । गुरुजन तथा गुणवान व्यक्तिसँगको संगत गरेमा तपाइलाई
राम्रा फल प्राप्त हुनेछन् । जेठ, असार, पुस तथा असोज महिना तपाइका लागि हानिकारक देखिन्छन् ।
कर्क ः हि हु हे हो ड डा डि डु डे डो 
  यो वर्ष कर्कट राशिलाई पूर्वाद्र्धभन्दा उत्तराद्र्धमा राम्रो फल मिल्ने छ । राहु तथा केतुको प्रभावले गर्दा खराव मान्छेसँगको संगत हुनेछ, परिवारमा वादविवाद, पेट तथा मस्तिष्कमा पीडा हुने देखिन्छ । मानसिक तनाव बढ्नेछ । पाचौ गुरुले भने तपाइलाई राम्रो फल प्रदान गर्नेछ । बाहन तथा अन्य कुनै कारणबाट लाभ आदि प्राप्त गर्न सक्नु होला । रोग भय तथा शत्रुको भय हुने देखिन्छ । निर्णय गर्ने क्षमतामा कमी आउनेछ । अनावश्यक कुरामा आलोचित बन्नु पर्ला । निकै अपजस खेप्नु पर्ला । काममा  अवरोध आउन सक्छ । कठोर परिश्रमका वावजुद केही काममा सफलता मिल्नेछ ।
  वर्षको उत्तराद्र्ध तथा कार्तिकदेखि भने सबै कुराको सुधार हुँदै जानेछ । शक्ति तथा साहसमा वृद्धि हुनेछ ।हरेक क्षेत्रबाट सफलता प्राप्त गर्दै जानु हुनेछ । उद्योग व्यवसायमा सफलता मिल्नेछ । मानसम्मान प्राप्त होला । आश मारेको धन पनि प्राप्त हुन सक्नेछ । सामाजिक तथा धार्मिक क्षेत्रका कार्यमा रुचि बढ्नुका साथै सफलता प्राप्त गर्नुहुनेछ । सेतो तथा नीलो रङका वस्तुहरु तपाइका लागि शुभ हुनेछन् । आर्थिक दृष्टिमा बैशाख, जेठ, असोज र माघ महिना शुभ रहेका छन् ।
सिंह ः म मा मि मु मे मो ट टा टि टु टे 
 यो वर्ष सिंह राशिका लागि राम्रो फल प्राप्त हुनेछ । शनिश्चर अशुभ हुनेहरुका लागि भने साढेशाती शनिश्चरको फल प्राप्त हुनेछ । मानसिक तनाव, काममा बाधा अड्चन आइपर्ने, आर्थिक क्षय हुने जस्ता फलहरु साढेशातीले गर्दा हुनेछन् ।  राहु तथा केतुले तपाइलाई राम्रा फल दिलाउने छन् । त्यस्तै  वृहस्पतिले पनि तपाइलाई राम्रो फल दिनेछ । अध्ययनमा सफलता, शत्रुमाथि विजय प्राप्त, व्यवसायिक काममा सफलता, राजनीति गर्नेहरुका लागि
पनि सफलता प्राप्त हुनेछ । आकस्मिक आर्थिक लाभ, दुर्लभ वस्तुको प्राप्ति, मानसम्मान आदि हुने देखिन्छ । असारदेखि चतुर्थ गुरुले भने तपाइलाई शुभ तथा अशुभ दुवै फल गराउनेछ । दाम्पत्य जीवनमा उतार चढाव आउने छ । साहस तथा पराक्रममा कमी आउने छ । पुरुषार्थमा कमी आउने छ । प्रगतिको मार्गमा बाधा अड्चन आउने देखिन्छ ।  राज्यपक्ष्य तथा कार्य क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । शनिश्चरका कारणले आलश्यतामा वृद्धिहुने देखिन्छ ।
कुनैकुनै ठाउँमा सामान्य हानीनोक्सानीको पनि सामना गर्नुपर्ला । शक्तिहीनता, धातुक्षय भई शरीर कमजोर हुन सक्छ । दैनिक कार्यमा बाधा अड्चन आउन सक्छ । सोंचविचार गरेर मात्र काम सुरु गर्नु भयो भने सफलता हात लाग्नेछ । असार, कार्तिक, माघ तथा फाल्गुण महिना तपाइका लागि शुभ रहेका छन् ।
कन्या ः टो प पा पि पु ष ण ठ पे पो 
 यो वर्ष कन्या राशिका लागि त्यति धेरै राम्रो छैन । अढैया शनिश्चर नराम्रो हुनेहरुका लागि  शनिको प्रभाव बढ्ने छ । आलश्यता, थकान, मानसम्मानमा आघात, आफन्तजनमा वादविवाद, अर्काको अधीन, शारीरिक दुर्बलता जस्ता फलहरु शनिका कारणले लाग्न सक्छन् ।
 वृहस्पतिका तर्फबाट पनि अशुभ फलको सामना गर्नुपर्ला । बौद्धिक क्षेत्रका काममा भने सफलता प्राप्त गर्नु हुनेछ । साहित्यिक कार्यमा सफलता प्राप्त गर्नु हुनेछ । पारिवारिक उत्तरदायित्व वृद्धि हुने छ । एकाग्र भई सोंच विचार गरेर मात्र काम गर्नु उचित देखिन्छ । आन्तरिक रोगको संभावना, गृहसुख सामान्य रहनेछ । आर्थिक कारोवार गर्दा पारिवारिक सल्लाह लिई गरेमा राम्रो हुनेछ ।
  नयाँ कामको थालनी तथा सन्तान प्राप्ति योग रहेको छ । हरियो कलरका वस्तुहरु तपाइका लागि शुभ हुनेछन् । तपाइका लागि असार, साउन, फाल्गुण तथा मार्ग महिना लाभदायक छन् ।
तुला ः र रा रि रु रे रो त ता ति तु ते 
  यो वर्ष तुला राशिका लागि मध्यम रहेको छ । राहु केतुका प्रभावले गर्दा आफन्तबाट टाढा रहनु पर्ने, काम गर्ने उत्साहमा कमी आउने छ । सामाजिक कार्य तथा प्रतिष्ठामा बाधा तथा मानसिक तनावको वृद्धि हुन सक्नेछ । घरजग्गा किनबेचको कारोवारमा बेफाइदा होला । आयको तुलनामा खर्चमा वृद्धि हुनेछ । सन्तानसुख तथा अध्ययन अध्यापन क्षेत्रमा कमी, शत्रुहरुदेखि भने विजय प्राप्त गर्नु हुनेछ । असोजदेखि शनिको प्रभाव वढ्ने छ । पारिवारिक समस्या पर्नसक्छ । श्वास्थका क्षेत्रमा पैसा खर्चिनु  पर्ला । दोश्रो  स्थानको वृहस्पतिले तपाइलाई राम्रो फल दिने छ ।धन, विद्या, बुद्धि तथा सन्तान वृद्धि होला । सुख सन्तोष प्राप्त हुनेछ । व्यापार तथा व्यवसायमा सफलता मिल्नेछ । साथीभाइ तथा इष्टमित्रले सहयोग गनेछन् । सज्जन व्यक्तिसँगको संगत तथा सम्पर्कले राम्रो फाइदा गराउने छ । इज्जत,  मानसम्मानमा वृद्धि तथा उच्च विशिष्ट व्यक्तिबाट सहयोग मिल्नेछ । पदप्राप्ती तथा नयाँ रोजगारीको संभावना । शुभकार्यले मान प्रतिष्ठामा वृद्धि गराउने छ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । श्वास्थ्यमा भने केही समस्या देखिन सक्छ । चोरीको भय हुन सक्छ । नोकरीमा सामान्य बाधा तथा व्यवधानको सामना गर्नुपर्ला । सेतो तथा नीलो रङ तपाइका लागि शुभ हुन्छ । आर्थिक दृष्टिले साउन, भदौ, पुस र चैत महिना शुभ हुनेछन् ।
वृश्चिक ः तो न ना नि नु ने नो या यि यु 
 यो वर्ष वृश्चिक राशिका लागि शुभ फलदायी रहेको छ । राहुकेतुले पनि मित्रवत् फल दिने छन् । इजाजत तथा मानप्रतिष्ठामा वृद्धि हुने छ । घरजग्गा प्राप्ति योग छ त्यसकारण घरजग्गाको किनबेचमा राम्रो फाइदा लिन सक्नु हुनेछ । आम्दानीका नयाँ नयाँ अवसरहरु प्राप्त हुने छन् । आयका तुलनामा खर्च बढे पनि तपाइको खर्चको लगानी सही ठाउँमा मात्र हुनेछ । ठूला व्यक्तिसँगको सम्पर्कले गर्दा तपाइको काममा सफलता मिल्ने छ । अध्ययन तथा अध्यापन क्षेत्र सुधारोन्मुख अवस्थामा रहनेछ । साथाीभाइ तथा इष्टमित्रको सहयोगले तपाइले नसोंचेको काम पूरा गर्न सक्नुहुनेछ । शत्रुहरु प्रभावित हुनेछन् ।  केही मात्रामा पारिवारिक झैझमेला आइ पर्न सक्छन् । पहिलो स्थानको गुरुले पराक्रममा वृद्धि तथा पदोन्नतिको संभावना, स्थान परिवर्तनको संभावना छ । मांगलिक कार्य हुनुका साथै धार्मिक प्रवृतिको यात्रा हुने देखिन्छ । रातो रङका चिज वस्तुहरु तपाइका लागि शुभदायक हुनेछन् । वैशाख, भाद्र, मंसिर र माघ तपाइका लागि शुभ छन् ।
धनु ः य यो भ भा भि भु ध धा फ फा ढ ढा भे 
   यो वर्ष धनु राशिका लागि आर्थिक दृष्टिले राम्रो छ । मांगलिक कार्यका लागि धन खर्च हुने देखिन्छ । व्यवहार गर्दा राम्ररी विचार गरी गर्नु जरुरी छ, कुटुम्ब तथा आफन्तसंग आर्थिक कारोवार नगर्नु नै बेस होला, विवाद पर्न सक्छ ।  श्वास्थ्यसम्बन्धी समस्या देखिनेछ । खानपानमा विचार पुर्याउनु होला । रक्तविकारको संभावना ।  वर्षको उत्तराद्र्ध आर्थिक तथा बौद्धिक दृष्टिले शुभ छ । बस्त्र, द्रब्यादिको लाभ हुनेछ । अध्ययन अध्यापन कार्यमा रुचि बढ्नेछ । मित्र सहयोग प्राप्त हुनेछ । कार्यमा सफलता तथा मनमा प्रसन्नता । सन्तान सुखको कमी, विविध चिन्ताका बावजुद दिनचर्यामा क्रमशः सुधार हुँदै जानेछ । महत्वपूर्ण आकांक्षा पूरा हुनेछ । गुरुजन तथा उच्चवर्गको सहयोग तथा सम्पर्कले मात्र उन्नति हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । गुलावी तथा हल्का नीलो रङ तपाइका लागि शुभ हुनेछ । आर्थिक दृष्टिमा जेठ, असोज, कार्तिक र फागुन महिना शुभ हुनेछन् ।
मकर ः भो ज जा जि जु जे जो ख खा खि खु खे खो ग गा गि 
   2019 साल मकर राशिका लागि मध्यम खालको छ । पूवाद्र्धका तुलनामा उत्तराद्र्ध बढी राम्रो हुनेछ । भाग्यभन्दा बढी कर्ममा विश्वास गर्ने तपाइले परिश्रमबाटै धेरै काममा सफलता प्राप्त गर्नुहुनेछ । धर्मकर्ममा
रुचि बढ्नेछ । नसालु पदार्थदेखि टाढै रहनुहोला । पारिवारिक खर्चमा वृद्धि हुनेछ । साढेसाती शनिले गर्दा मानसिक चिन्ता बढ्ने छ, श्वास्थ्यसम्बन्धी समस्या हुनसक्ने, आफन्तमा बैरभाव हुने, तथा सञ्चित धन खर्च हुने जस्ता फलहरु प्राप्त हुन सक्ने छन् । शनिश्चरको पूजा आराधना गरेमा केही सफलता मिल्नेछ । आम्दानीका नयाँ नयाँ अवसर प्राप्त हुनेछन् । यात्रा तथा प्रवासमा रहँदा केही समस्या पर्न सक्छ । धन, वस्त्र तथा अलंकारादिको लाभ हुनेछ । उत्तरार्धमा  दिन दशामा क्रमिक सुधार भई चौतर्फी लाभ प्राप्त हुनेछ तथा सामाजिक कार्यमा विशेष सफलता हासिल गर्न सक्नुहनेछ । रातो तथा नीलो रङका चिजवस्तुहरु तपाइका लागि शुभ हुनेछन् । असार, कार्तिक, मंसिर र चैत महिना तपाइका लागि शुभ रहेका छन् ।
कुम्भ ः गु गे गो स सा सी सु से सो द दा 
  यो वर्ष कुम्भ राशिका लागि मध्यम छ । सन्तान सुख तथा पारिवारिक सुख प्राप्ति हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । राम्रा मानिससँगको संगत हुनेछ । अध्ययन तथा अध्यापनका क्षेत्रमा प्रगति हुनेछ । उद्योग व्यवसायमा सफलता मिल्नेछ । स्वास्थ्य सुधारका लागि धनराशि खर्च हुनेछ । बौद्धिक विकाश हुनुका साथै स्त्रीसुख प्राप्त हुनेछ । आकस्मिक रुपमा धन प्राप्ति हुनेछ । नोकरी, व्यवसाय तथा स्वास्थ्यमा लाभ नै रहनेछ । नसालु पदार्थको सेवन गर्नेहरुका लागि अलि विचार पुर्याउनु पर्ने देखिन्छ । आठौ  वृहस्पतिले गर्दा दिमाग कमजोर हुने, आँखा कमजोर हुने तथा सामान्य दुर्घटनामा पर्न सकिनेजस्ता फलहरु प्राप्त हुन सक्छन् । मुद्दा मामिलाको डर देखिए पनि जित तपाइकै हुनेछ । राजनीतिक तथा साहित्यिक  कार्यमा सफलता, आँटेका कार्यमा सफलता मिल्नेछ । शनिको प्रभावले गर्दा काममा ढिलासुस्ती, पारिवारिक सुखको कमी आदि फल लाग्न सक्छन् । व्यर्थ खर्चले सताउन सक्छ । स्त्री तथा सन्तान तर्फ ध्यान दिनु पर्ला । ठूलो लगानी गर्दा सावधानी अपनाउनु पर्ला । प्रवासमा रहँदा सामान्य दुःख कष्टको सामना गर्नु पर्ला । आर्थिक उतारचढाव हुने देखिन्छ ।  वैदेशिक क्षेत्रमा सफलता नै हुनेछ । बेरोजगारीको समस्याले पनि सताउन सक्छ । कठिन परिश्रमपूर्वक सामाजिक सेवाका कार्यहरुबाट रोजगारीका अवसरहरु प्राप्त हुनेछन् । मानसम्मान तथा पदोन्नति प्राप्त गर्न सक्नुहुनेछ । रातो कालो तथा नीलो रङ तपाइका लागि शुभ हुनेछ । आर्थिक दृष्टिले वैशाख, साउन, मंसिर र पुष महिना शुभदायक छन् ।
मीन ः दि दु थ झ ञ दे दो च चा चि 
 यो वर्ष मीन राशिका लागि सामान्य रहेको छ । अध्ययन तथा अध्यापनको क्षेत्र कमजोर देखिए पनि बौद्धिक विकाश हुनेछ । राहुकेतुको प्रभावले गर्दा तपाइलाई आफ्नै मान्छेले धोका दिन सक्छन् । कुनै बफादार सहयोगको अपेक्षा  गर्नुहुनेछ । आकस्मिक धन प्राप्ति हुने योग छ । घरेलु समस्यामा सुधार आउनेछ, लामो समयदेखि अधुरा रहेका कामहरु पूरा हुनेछन् । सुन्दर वस्तुको प्राप्ति तथा प्रिय भोजनको अवसर प्राप्त हुने छ । राहु तथा  केतुले चलअचल सम्पत्तिमा बाधा अड्चन आउन सक्नेछ । आम्दानीको तुलनामा खर्च बढ्नाले आर्थिक संकटको सामना गर्नुपर्ला । मानसम्मानमा वृद्धि तथा शरीरमा कान्ति बढ्नेछ । शत्रुको हानी हुनेछ । व्यवसाय गर्नेहरुका लागि नाफा हुनेछ, जागिरदारहरुका लागि तलब वृद्धि हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याबाट पनि मुक्ति मिल्नेछ । मनमा भय तथा त्रास हुनुका साथै विवाद आदि पर्न सक्छ । राम्रा व्यक्तिसँगको सम्पर्कले तपाइका सबै कामहरु सफल हुनेछन् । रचनात्मक कार्यमा रुचि बढ्नेछ । व्यापार तथा व्यवसायमा राम्रो उन्नति तथा प्रगति गर्न सक्नुहुनेछ । पहेंलो तथा केशरीयुक्त रङ तपाइका लागि शुभ हुन्छ  । आार्थिक दृष्टिमा जेठ, भाद्र, पुस र माघ महिना शुभदायक छन् ।
डीसी, भर्जिनिया तथा मेरिल्याण्डलगायत अमेरिका क्यानडा तथा संसारको जुन सुकै ठाउमा बस्नेहरुले पनि
ज्योतिषीय सुझाव, सल्लाह, चिना, टिप्पन तथा वैदिक पध्दतिअनुसार जुनसुकै
धार्मिक कार्य पूजा, वास्तु न्वरान, ब्रतबन्ध, विवाह आदि गर्नु परेमा सम्झन सक्नुहुनेछ  । फोनबाट हुने सेवा निशुल्क तथा सशुल्क रुपमा लिनसक्नु हुनेछ ।
ज्यो. पं. राजेन्द्र खनाल 703-870-6480, 571-315-7682 or khanalguru@gmail.com

Comments are closed.