गायत्री मन्त्र महिलाहरुको लागि मात्र (For Female only)

गायत्री मन्त्र महिलाहरुको लागि मात्र ( Gayatri Chant for female only)
सूर्यलाई जल चढाउने श्री सूर्य नारायणाय नम : । अनि शुद्ध आसनमा पूर्वोत्तर फर्की बस्ने र –
आचमन गर्ने मन्त्र
ॐ देव्यै नम :
ॐ लक्ष्म्यै नम :
ॐ सरस्वत्यै नम :
हात धुने ॐ अस्रायै नम :
ॐ महाल़क्ष्म्यै च विद्महे सरस्वत्यै च धिमहि तन्नो देवी प्रचोदयात् ।” १०८ पटक जप्ने ( अनामिकाबाट जप गर्न सुरु गर्ने )
पुन: आचमन गर्ने मन्त्र
ॐ देव्यै नम :
ॐ लक्ष्म्यै नम :
ॐ सरस्वत्यै नम :
हात धुने ॐ अस्रायै नम :
गुरु र्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ।
गुरु साक्षात् परब्रह्मा तस्मै श्री गुरवे नम ।
कर्पूर गौरं करूणावतारं संसार सारं भुजगेन्द्र हारम् | सदा वसन्तम् हृदयार विंदे भवं भवानी सहितं नमामि ||
मंगलम भगवान् विष्णु मंगलम गरुड़ध्वजः | मंगलं पुन्डरी काक्ष मंगलाय तनो हरि ||
सर्व मंगल मांग्लयै शिवे सर्वार्थ साधिके | शरण्ये त्रयम्बके गौरी नारायणी नमोस्तुते ||
त्वमेव माता च पिता त्वमेव त्वमेव बंधू च सखा त्वमेव । त्वमेव विद्या द्रविणं त्वमेव त्वमेव सर्वं मम देव देव ।।
श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव |
जिब्हे पिबस्व अमृतं एत देव गोविन्द दामोदर माधवेती ।।
कायेन वाचा मनसेंद्रियैर्वा बुध्यात्मना वा प्रकृति: स्वभावात् करोमि यध्यत् सकलं परस्मै नारायणायेति समर्पयामि ||
गायत्री मन्त्रबारे केही थप जानकारी 

हिन्दु सभ्यतामा गायत्री मन्त्रलाई सबैभन्दा उत्तम र सर्वश्रेष्ठ मानिएको छ । यो एक यस्तो मन्त्र हो, जो हिन्दु धर्ममा आस्था राख्ने मात्र होइन अरु सबै धर्मावलम्बीले पनि जप गर्न सक्छन् । यसको जप गर्नुसँग केही शारीरिक, मानसिक लाभ पनि छ ।

१. वेदको कुल संख्या चार छ । चार वेदमा गायत्री मन्त्रको उल्लेख गरिएको छ । यस मन्त्रका ऋषि विश्वभित्र हुन् र देवता सवितृ हुन् ।

२. यस मन्त्रमा यति शक्ति छ कि, नियमित तीन पटक जप गर्दा व्यक्तिको आसपास नकारात्मक शक्ति हट्नेछ ।

३. गायत्री मन्त्रको जपबाट केही किसिमको लाभ मिल्छ । यो मन्त्रले भन्छ, ‘उस प्राणस्वरुप, दुःखनाशक, सुखस्वरुप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरुप परमात्मालाई हामी अन्तःकरणमा धरण गरौं’ । त्यो परात्माले हाम्रो बुद्धिलाई सद्मार्गमा प्रेरित गर्छ ।

४. यस मन्त्रको जपबाट बौद्धिक क्षमता र मेधा शक्ति अर्थात स्मरण क्षमता बढ्छ । यसले व्यक्तिको मस्तिष्कलाई तेज बनाउँछ र दुःखबाट छुटकारा दिलाउँछ ।

५. गायत्री मन्त्रको जप सूर्योदयदेखि दुई घन्टा अघिदेखि सूर्यास्थको एक घण्टापछिसम्म गर्न सकिन्छ ।

६. मौन मानसिक जव कुनैपनि बेलागर्न सकिन्छ तर रात्रिमा यस मन्त्रको जप गर्नु हुँदैन ।

७. रातमा गायत्री मन्त्रको जप लाभकारी हुँदैन । बरु यसको गलत नतिजा हात पर्न सक्छ ।

८. गायत्री मन्त्रमा चौबीस अक्षर हुन्छ । यो चौबीस अक्षर चौबीस शक्ति-सिद्धियोको प्रतिक हो । यही कारण हो कि ऋषिहरुले गायत्री मन्त्रलाई भौतिक जगतमा सबै प्कारको मनोकामना पूर्ण गर्ने मन्त्र बनाए ।

९. आर्थिक कुरामा कुनै दुःख वा समस्या आउनसाथ गायत्री मन्त्रको जप गर्नुपर्छ । मनको वेचैनी हराउँछ ।

१०. विद्यार्थीका लागि यो मन्त्र एकदमै लाभदायक हुन्छ । स्वामी विवेकानन्दले भनेका थिए कि, गायत्री सद्बुद्धिको मन्त्र हो । यसैले उनले यस मन्त्रलाई मुकुटमणि भनेका थिए ।

११. नियमित रुपले १०८ पटक गायत्री मन्त्र जप गर्दा बुद्धि प्रखर र कुनै पनि कुरा लामो समयसम्म स्मरण गरिने क्षमता बढ्छ । यो मन्त्रले व्यक्तिको बुद्धि र विवेक निखार्छ ।
साथै- ध्यानः बेचैनी र उदासी हटाउने सर्वोत्तम विधि :
आज हामी स्थिर छैनौं । हाम्रो मन चञ्चल छ । बेचैन छ । परिवार, करियर, कमाई, प्रतिस्पर्धाले हामीलाई अशान्त बनाएको छ । यसले हाम्रो मनमा तनाव पैदा गरिदिएको छ । जीवन बोझिलो भएको छ । हामी भित्र-भित्रै इष्र्या, चिन्ता, डर र उदासीपनले छटपटाइरहेका छौं ।

हामी आफ्नो भविष्य सोचेर भयभित छौं । हामी आफ्नो विगत सम्झेर पछुतोमा छौं । भनौं, हामी अशान्त तथा अधैर्य छौं ।

त्यही कारण त हामीलाई अनेकथरी रोगले च्याप्न थालेको छ । चिन्ता, डिप्रेसन, उच्च रक्तचाप, मधुमेह सबै यी मानसिक विकारको उपज हुन् ।

आज हामी मनोचिकित्सक, मनोवैज्ञानिक तथा मुटु रोग विशेषज्ञकहाँ धाइरहेका छौं । त्यतिमात्र हैन, आर्थिक अभाव, सम्बन्धमा आएको खटपटका कारण पनि हामीमा चिन्ताको पारो बढेको छ ।

यस्तो तनावले हाम्रो मन र मस्तिष्कलाई प्रभावित पार्छ । मन र मस्तिष्क अस्वस्थ्य भएमा शरीरमा कैयौ प्रकारको रोग निम्तने गर्छ ।

अध्ययनले जनाएअनुसार यस किसिमको अस्थिर मानसिकताले हाम्रो शरीर र मन दुबै रोगी बनाइदिन्छ । यसैको नतिजा हो, उच्च रक्तचाप, मधुमेह, मुटु रोग, श्वासप्रश्वास सम्बन्धि समस्या, पाचन प्रणालीको समस्या, मांसपेशी दुख्नु आदि ।

भनिन्छ नि, बाहिरी शत्रुसँग लड्न सकिन्छ, आफैसँग लड्न कठिन हुन्छ । हामी आफैभित्रको विकारसँग लड्न सक्दैनौं । हामीलाई आफैभित्रको विकार तत्वसँग जुध्न र त्यसलाई परास्त गर्न मुश्किल हुन्छ । मनभित्रको औडाह, वेचैनी, भय, चिन्ता र उदासीपनसँग कतिपय भाग्ने चेष्टा गर्छन् । तर, भागेर कहाँ जाने ? भाग्नु कुनै समस्याको समाधान पनि होइन ।

आफैभित्रको यी विकारसँग हामी लड्ने, जुध्ने भन्दा पनि व्यवस्थापन गर्ने विधि सर्वोत्तम हो ।

ध्यान विधि

पछिल्लो केही वर्षदेखि भावना र तनावलाई नियन्त्रण गर्न मानिसहरुको मन ध्यानतर्फ आकषिर्त हुन थालेको छ । ध्यान गर्नाले शरीर तथा मस्तिष्कलाई निकै फाइदा पुग्छ ।

जब हामी एक पटक ध्यान गर्न सिक्छौ, तब हामीसित प्रत्येक समस्याको समाधान निस्कन थाल्छ । ध्यानले हामीलाई दुई प्रकारले मद्दत गर्छ ।

यसले हामीलाई मानसिक रुपमा शान्त राख्छ । त्यसबाहेक, ध्यानले हामीलाई त्यो अवस्थामा पुर्‍याउँछ- जहाँ भगवानको माया र परमानन्दको प्राप्ति हुन्छ । ध्यानको समयमा हाम्रो सांसारिक समस्या ज्यूँको त्यूँ रहन्छ । तर ध्यानको माध्यमद्वारा हामी भागवानको याद र त्यसको आनन्दमा यति धेरै मस्त हुन्छौ कि हामीलाई आफ्नो समस्या र दु:खपिडाको बारेमा कुनै आभाष हुँदैन । सांसारिक तनाव तथा दवावका बावजुद पनि हाम्रो विचार , सोच्ने शक्ति तथा भावनामा सन्तुलन कायम हुन्छ । तनावलाई सजिलै नियन्त्रण गर्न सक्दछौ । यसरी ध्यानको माध्यमद्धारा जिन्दगी जिउने त्यो तरीका सिक्छौ जसमा हामी हाम्रो सांसारिक तनावमाथि सफलता पाउने गर्छौ । यही विद्यामार्फत हामी सुख, शान्ति तथा आनन्दको बाटो पहिल्याउन सफल हुन्छौँ ।

नोट : गायत्री मन्त्रजस्तै अरु पनि थुप्रै शक्तिशाली मन्त्रहरु छन् ती जप गर्नाले पनि छिटै फल मिल्छ तर त्यसको लागि असल र सही मार्ग निर्देश गर्नसक्ने गुरुको आवश्यकता पर्दछ । गुरु यस्तो चिज हो चाहना गरेर मात्र पनि बनाउन सकिंदैन,  त्यसको लागि आफू पनि शिष्य बन्न योग्य छु कि छैन जान्नु पर्छ, आफैले आफूलाई चिन्नु पर्ने हुन्छ । आफूलाई कस्तो खालको गुरु आवश्यक हुन्छ यस्तै कुराहरुको बारेमा  केही सरसल्लाह तथा जानकारी लिनको लागि सम्पर्क गर्नु होला ७०३-८७०-६४८० /7036891117 info@hinduculturecenter.com

 

Comments are closed.