जर्जियामा सामुहिक सप्ताह महायज्ञ हॅुदै

जर्जियामा सामुहिक सप्ताह महायज्ञ हॅुदै

सेप्टेम्बर २०, २०२३

जर्जिया राज्यको एट्लान्टा शहरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा एट्लान्टा आध्यात्मिक महोत्सव २०२३ आयोजना गरिने भएको छ ।

नेपाली सॅास्कृतिक केन्द्रको भवन निर्माण गरी हिन्दु धर्म तथा सॅस्कृतिको रक्षार्थका लागि सहयोग जुटाउने मूल उद्धेश्यले आगामी नोभेम्बर ५ देखि ११ तारिखसम्म यो महोत्सव हुन लागेको कुरा यसै सप्ताहको मूल आयोजक समितिका महासचिब सिके पराजुली तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष जनक बरालले बताउनु भयो ।

साथै नेपाली कल्चर सेन्टर जर्जियाको आयोजनामा नेप्लिज एसोसिएशन अफ जर्जिया, एनआरएनए जर्जिया, अनेसास जर्जिया, मधेसी एसोसिएशन नेपाल जर्जिया र डब्ल्यू ऐच एफको सहयोगमा यो महोत्सव हुन लागेको हो ।

यस महायज्ञमा युवा पण्डित वाचन प्रवीण दिनबन्धु पोखरेल प्रमुख वाचकको रुपमा रहने तथा उपवाचकको रुपमा भर्जिनिया निवासी ज्योतिष / पण्डित राजेन्द्र खनाल रहने कुरा आयोजकले जनाएका छन् । वाचन प्रवीण दीनबन्धु पोखरेलले यसअघि अमेरिकाका विभिन्न राज्यहरुमा सामुहिक सप्ताहमा प्रमुख वाचक भई आर्थिक सहयोग जुटाउने कार्यका लागि निकै ठूलो योगदान पुर्याउॅदै आईरहनु भएको छ । हालचालै सम्पन्न क्यालिफोर्नियाको लसएन्जलसमा अवस्थित पशुपतिनाथ मन्दिरमा सम्पन्न सप्ताह महायज्ञमा मन्दिर निर्माणार्थ करिब २२ लाख डलर संकलन भएको थियो भने गत २०१९मा भर्जिनियाको  डिसी मेट्रो सप्ताहमा पनि करिब २१ लाख डलर संकलन भएको थियो । वाचन प्रवीण पोखरेलको कलात्मक सांगीतिक वाचनका कारण भागवतको रसास्वादनसहित मनग्य आर्थिक संकलन हुने कारणले गर्दा अमेरिका तथा क्यानडाको नेपाली समाजमा  पोखरेल अत्यन्त लोकप्रिय वाचकका रुपमा परीचित हुनुहुन्छ ।

विशेषत यस धार्मिक महोत्सबमा नेपाली भाषा, संस्कृति, तथा रितीरिवाजलाई माया गर्ने सम्पूर्ण बुवाआमा, दाजुभाइ, दिदीबैनी तथा बुवाआमा लगायत सम्पूर्ण जर्जियावासी तथा वरपर बस्ने हरेक  नेपाली समुदायको लागि आव्हान गरिएको छ । यस सप्ताहको तयारी पनि निकै तिब्र रुपमा अघि बढिरहेको कुरा आयोजक समितिको कोर टीमले बताएको छ । सप्ताहमा कलश यात्रासहित सामुहिक तथा व्यक्तिगत ब्रतबन्ध, गुन्युचोली, चौरासी पूजा, बेलविवाहलगायत रुद्री पूजा, नारायणको विशेष पूजा तथा सप्ताह अवधिभर कर्ता बन्न चाहनेहरुको लागि पनि विशेष अफर राखिएको छ । यस्तो खालको सप्ताहव्यापी कार्यक्रममा कर्ता बन्न पाउनु पनि निकै सौभाग्यदायी हो भने त्यसबाट अगन्य पूण्य प्राप्ति गर्न सकिने कुरा गुरुहरुले बताउनु भएको छ ।

नोटः यस वारेमा अझ विस्तृत जानकारी लिनु परेमा सप्ताह आयोजक टीम तथा गुरुवर्ग टीमलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

सी एन घिमिरे (678)-206-6696

जनक बराल 1 (770) 990-0897

राजेन्द्र खनाल 703-870-6480

सी के पराजुली – (404) 748-2849

 

In all state services available Shree Auspicious Decoration USA contact 1 (571) 474-9074 

Error: Contact form not found.

One Comment

  1. Pingback: आजदेखि जर्जियाको एटलान्टा सहरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हॅुदै -एचसीसी संवाददात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.