पन्चांग भनेको के हो ? तिथि कसरी निर्माण हुन्छ र पश्चिमी देशहरुमा किन तिथि अघि पर्छ ?

पन्चांग भनेको के हो ? पन्चांगमा तिथि कसरी निर्माण हुन्छ र पश्चिमी देशहरुमा किन तिथि अघि पर्छ ?

  • ज्योतिष पण्डित राजेन्द्र खनाल यूएसए
ज्योतिषअनुसार पॅाच अंग भन्नाले यी पॅाच चिजलाई बुझिन्छ
जुन सूर्यमान र चन्द्रमानको आधारमा निर्धारण गरिन्छ ।
तिथिर्वारश्च नक्षत्र योगः करण मेव च ।
एतेषां यत्र विज्ञानं पंचांग तन्निगद्यते ।।
‘पञ्चानाम् अङ्गानां समूहो यः स पञ्चाङ्गः ।’ अर्थात् पाँचवटा अङ्गको समूहलाई पञ्चाङ्ग भनिन्छ ।
तिथि, वार,नक्षत्र, योग र करणलाई पन्चांग भनिन्छ । सामान्य चलनचल्तिमा यसलाई तिथिपत्र वा पात्रो भन्ने गरिन्छ ।
पात्रो निर्माणमा सूर्य र चन्द्रमा ग्रहको अवस्थितिलाई मुख्य मानिएको छ। यसका साथै प्राकृतिक जीवनमा अन्य कुरा पनि आवश्यक पर्दछन् । जसको प्रतिनिधित्व वारमार्फत् सात ग्रहले गरेका हुन्छन् ।
१. वारः दुई सूर्योदयबीचको समय नै एक बार हो । जसलाई सात ग्रहले प्रतिनिधित्व गर्दछन् । ‘वासयतीति वासर’ अर्थात् ग्रहसँग अधिष्ठित रहने दिन विशेष नै बार हुन् । एक बारअन्तर्गत एक अहोरात्र ६० घडी वा २४ घण्टाको समय रहन्छ । यसैगरी सूर्यादि ग्रह अधिष्ठित रहने दिनका रूपमा पनि वासर वा बारको प्रयोग भएको हो । दिनको स्वामी ग्रहका आधारमा बारको नाम निर्धारण गरिन्छ । बार सातवटा पिण्डीय अस्तित्व रहेका ग्रहसँग अन्तरसम्बन्धित छन् । सूर्यले प्रतिनिधित्व गर्ने आइतबार हो । यसैले आइतबारलाई रविबार पनि भनिन्छ । आदित्य (सूर्य) बाट रविबार भएको हो । यसैगरी दोस्रो बार चन्द्रमाको हो जसलसलाई सोमबार भनिन्छ । सोम चन्द्रमाको नाम हो । भौम मङ्गल ग्रहले प्रतिनिधित्व गर्ने बार हो । जुन दिन युद्धादि साहसिक यात्रा कार्य शुभ रहन्छन् । यसैगरी बुध ग्रहले प्रतिनिधित्व गर्ने बार बुध हो । बुधबार ज्ञान विज्ञानका साथै वाणिज्यसम्बन्धी कार्य शुभ रहन्छन् । बृहस्पति ग्रहसँग सम्बन्धित बारलाई बिहीबार भनिन्छ । ज्ञान र सुखसँग सम्बन्धित कार्य यसदिन विशेष प्रभावकारी रहन्छन् । यसैगरी शुक्रग्रहसँग सम्बन्धित बार शुक्रबार हो । जुनदिन कला साहित्यसँग सम्बन्धित कार्य विशेष शुभदायी रहन्छन् । शनिग्रहसँग सम्बन्धित बार शनिबार हो । शनिबार विशेषतः आराम गर्ने समय हो । यसरी प्रत्येक बारले प्रत्येक ग्रहसँग सम्बन्ध राख्नु भनेको तत् प्रकृतीजन्य कार्य व्यवसाय एवं दिनचर्यासँग सम्बन्ध राख्नु हो । यसैले व्यवहार सिद्धिका निम्ति पञ्चाङ्गमा बारलाई पनि मुख्य अङ्ग मानिन्छ । वार ७ वटा हुन्छन् जुन ७ ग्रहका नामबाट नामकरण गरिएका छन् – १. रविवार, २सोमवार, ३. मंगलवार, ४बुधवार, ५. गुरुवार, ६.शुक्रवार ७. शनिवार । प्रत्येक वारका स्वामी पनि उनै ग्रह रहन्छन् । कुनै पनि शुभ कार्यका लागि सोम बुध गुरु र शु्क्रवार शुभ मानिन्छन् । 
२. तिथिः तिथि भन्नाले  समय भन्ने हुन्छ । सूर्य र चन्द्रमाबीचको १२ अंशको अन्तर रहँदा एक तिथिको समय हुन्छ । भ चक्रमा ३६० अंश हुन्छ, ३६०लाई ३० ले भाग गर्दा १२ अंश हुन्छ, त्यहीं १२ अंशलाई १ तिथि मानिन्छ । यसलाई अझ सजिलो गरी भन्नु पर्दा सूर्य र चन्द्रमा आकाशमा आआफ्नो बाटोमा घुम्दा जुन दुरी उत्पन्न हुन्छ त्यो नै तिथि हो । जब सूर्य र चन्द्रमा एउटै राशिमा आउॅछन् त्यो बेला औॅशी पर्दछ । 
औँशीका दिन सूर्य र चन्द्रमा एउटै राशिमा हुन्छन् । सूर्य अग्नितत्व र चन्द्रमा जल तत्वको तात्विक अन्तरको वास्तविक अवस्थितिको अङ्कन तिथि हो । दुवैको मात्रात्मक तारतम्य हाम्रो जीवनका लागि आश्यक रहन्छ । पूर्णिमामा सूर्य र चन्द्रमाको १८० अंशको अन्तर रहन्छ जसले समुद्रमा छाल अधिक आउने, मन पक्ष अधिक चलायमान रहने गर्दछ । पूर्णिमाको व्रत बस्नु पनि यही जलजन्य शीतजन्य वस्तुको शरीरमा सन्तुलनको कामना हो । सूर्यलाई आत्माकारक र चन्द्रमालाई मनकारक ग्रह भनिन्छ । दुवैको संयोगबाट हाम्रो जीवन चल्ने गर्दछ । सूर्य र चन्द्रमाको प्रभाव भौतिकका साथै अध्यात्मसँग पनि प्रत्यक्ष रहने गर्दछ । हरेक तिथिका स्वामी छन् । प्रतिपदाका स्वामी अग्नि हुन् । यसैले प्रतिपदा तिथिका दिन अग्निदेवताको उपासना गरिन्छ । अर्थात् प्रतिपदाका दिन गरिएको अग्निको उपासनाले शरीरमा अग्नितत्वको मात्रात्मक सन्तुलन विशेष रहने गर्दछ । यसैगरी द्वितीया तिथिका स्वामी ब्रह्माजी हुन् । ब्रह्मा सृष्टि कर्ता देवता हुन् । सृष्टिसम्बन्धी कार्य यो तिथिमा विशेष रहन्छ । यसैगरी तृतीयाका गौरी, चतुर्थीका गणेशजी, पञ्चमीका नाग, षष्ठीका कुमार कार्तिकेय, सप्तमीका सूर्य, अष्टमीका शिवजी, नवमीका दुर्गा देवी, दशमीका यमराज, एकादशीका विश्वेदेव, द्वादशीका विष्णु भगवान्, त्रयोदशीका कामदेव, चतुर्दशीका शिवजी, पूर्णिमाका चन्द्रमा र औँसी तिथिका स्वामी पितृ हुन् । प्रत्येक तिथिमा तद् देवताको उपासना शुभफलदायी रहने गर्दछ । यसरी सूर्य र चन्द्रमाकै आधारमा निर्धारित तिथिले हाम्रो आध्यात्मिक एवं भौतिक जीवनमा प्रत्यक्ष प्रभाव पारेका हुन्छन् । यही कुराको अंकन तिथिमा गरिएको हुन्छ । यसैले पञ्चाङ्गको मुख्य अंग तिथि हो । शुक्लपक्ष १५ र कृष्ण पक्ष १५ गरी ३० तिथिहुन्छन् १ चान्द्रमासमा । 
३. नक्षत्रः  नक्षत्र भनेको आकाशमा रहने चम्किला ताराको समूह हो । यही नक्षत्रका आधारमा हाम्रो नाम निर्धारण हुने गर्दछ । चन्द्रमा जुन नक्षत्रमा परिभ्रमण गर्दछन् सोही नक्षत्र हाम्रो पनि हुन्छ । नक्षत्रको समूहलाई राशि भनिन्छ । नक्षत्र अनुसारै हाम्रा शुभाशुभ कार्यको, साइतको निर्धारण हुने गर्दछ । चन्द्रमाको ८०० कला भोग गर्न लाग्ने समयलाई एक नक्षत्रकाल मानिन्छ । सामान्यतः एक दिनमा एक नक्षत्र रहन्छन् । नक्षत्रले चन्द्रमासँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले हाम्रा हरेक कार्यका साइतमा नक्षत्रको विशेष स्थान रहहने गर्दछ । कार्य प्रकृतिअनुसार नक्षत्र शुभाशुभ रहने गर्दछन् ।
नक्षत्र २७ वटा हुन्छन् ।
४. योग :
सूर्य र चन्द्रमाको  विशेष दुरीको स्थितिलाई  योग भनिन्छ । योग 27 प्रकारका हुन्छन् । दुरीको आधारमा बन्ने  27 योगका नाम यस प्रकार छन् –  1. विष्कुम्भ (Biswakumva),
2. प्रीति (Priti), 3. आयुष्मान (Ayushsman),
4. सौभाग्य (Soubhagya), 5. शोभन (Shobhan), 6.अतिगण्ड (Atigad), 7. सुकर्मा (Sukarma),
8. घृति (Ghruti), 9. शूल (Shula), 10. गंड (Ganda), 11. वृद्धि (Bridhi), 12. ध्रुव (Dhrub), 13. व्याघात (Byaghat), 14. हर्षण (Harshan), 15. वज्र (Bajra), 16. सिद्धि (Sidhhi), 17. व्यतीपात (Biytpat), 18. वरीयान (Bariyan), 19. परिध (paridhi), 20. शिव (Shiba), 21. सिद्ध (Sidhha), 22. साध्य (Sadhya), 23. शुभ (Shuva), 24. शुक्ल (Shukla), 25. ब्रह्म (Brahma), 26. इन्द्र (Indra), 27. वैधृति (Baidhruti).
५. योग सूर्य र चन्द्रमाको योगबाट शुभाशुभ समयको निर्धारण योगमार्फत् हुने गर्दछ । चन्द्रमा र सूर्यको स्पष्ट गतिकलाको जोड जब ८०० कला हुन्छ उक्त समयलाई योग भनेर सम्बोधन गरिन्छ । योग पनि २७ वटा नै रहेका छन् । सूर्यको कति प्रकृति र चन्द्रको कति प्रकृति उक्त दिन विद्यमान छ भन्ने कुराको निक्र्यौल गरी पात्रोमा राखिएको हुन्छ । नाम अनुसार प्रत्येक दिन शुभाशुभ योग हुने गर्दछन् । प्रत्येक दिन एक योग हुन्छ । योगको शुभाशुभत्वका आधारमा मुहूत्र्तको निर्धारण हुने गर्दछ । यसैगरी बार र नक्षत्रको योगलाई आनन्दादि योग भनिन्छ । बार र नक्षत्रको संयोगले उक्त दिन कस्तो रहनसक्छ भन्ने विषयको प्रक्षेपणका निम्ति २८ आनन्दादि योगको व्यवस्था गरिएको हुन्छ । जसबाट शुभाशुभ समय वा दिनको विचार गरिन्छ । कालको गणना नै पञ्चाङ्ग अर्थात् पात्रो हो जसले हाम्रो इतिहासका साथै वर्तमानलाई पनि द्योतन गरेको हुन्छ । मूलतः पञ्चाङ्ग सूर्य र चन्द्रमा ग्रहलाई केन्द्रमा राखी तय गरिएको हुन्छ । जसले हामीमा रहने अग्नि एवं जल तत्वसँग प्रत्यक्ष सम्बन्ध राख्ने गर्दछन् । मूलतः कालको गणना नै पञ्चाङ्ग अर्थात् पात्रो हो जसले हाम्रो इतिहासका साथै वर्तमानलाई पनि द्योतन गरेको हुन्छ ।
अशुभ योग : 27 योगमध्ये 9 योग अशुभ मानिन्छन्, 9 अशुभ योग – विष्कुम्भ, अतिगण्ड, शूल, गण्ड, व्याघात, वज्र, व्यतिपात, परिध और वैधृति ।
शुभ योग : यी ९ वटा बाहेक अरु सबै शुभ योग मानिन्छन् ।  शुभ योगमा  शुभ या मंगल कार्य गर्न सकिन्छ । प्रत्येक कार्यका लागि अलग अलग योगको निर्धारण गर्न सकिन्छ। शुभ योगमा यात्रा, गृह प्रवेश, नवीन कार्य प्रारंभ, ब्रतबन्ध, शुभविवाह आदि गर्न सकिन्छ ।
५. करणः  तिथिमानको आधालाई करण भनिन्छ । एक तिथिमा २ करण हुन्छन् – १ चर करण र २ स्थिर करण । 
चर करण – ७ वटा हुन्छन् भने स्थिर करण ४ वटा हुन्छन् ।
चर करणः वव, वालव, कौलव, तैतिल, गर वणिज विष्टि(भद्रा) । स्थिर करण शकुनी, चतुष्पाद, नाग,  किंस्तुघ्न ।
मूलतः पञ्चाङ्ग सूर्य र चन्द्रमा ग्रहलाई केन्द्रमा राखी तय गरिएको हुन्छ । जसले हामीमा रहने अग्नि एवं जल तत्वसँग प्रत्यक्ष सम्बन्ध राख्ने गर्दछन् । यसैगरी अन्य ग्रहको प्रभावलाई बारमार्फत् प्रतिनिधित्व गरिएको हुन्छ । यिनै विषयवस्तुको अनुकूलन सही जीवन यापनका निम्ति आवश्यक हुन्छ भन्ने सिद्धान्तका आधारमा पञ्चाङ्ग तयार गरिन्छ । यसरी बन्ने पञ्चाङ्गले हाम्रो इतिहास, भूगोल र खगोललाई पनि प्रतिनिधित्व गरिरहेको हुन्छ ।

पश्चिमी देशहरुमा किन तिथि अघि पर्छ ? पूर्वीय मुलुक भन्दा पाश्चात्य मुलुकमा तिथि अगाडि मान्नु पर्नाको कारण के हो?

 

संसारभरि एउटै समयमा तिथिको सुरुआत हुन्छ । तिथि सुरु हॅुदा कुनै ठाउमा रात परिरहेको हुन्छ, कुनै ठाउमा साझ भईराखेको हुन्छ भने कुनै ठाउॅमा बिहान भईराखेको हुन्छ ।    नेपालमा तिथि सुरु हॅुदा रात्रिको समय सुरु भएको हुन्छ कहिलेकाहीं त्यसै कारण त्यहॅा उज्यलो भएपछि मात्र मनाईन्छ । त्यहॅा मनाउॅदा यहॅा रात पर्छ, भोलिपल्टसम्म पर्खदा त्यही तिथि रहॅदैन । अर्को तिथि सुरु भईसकेको हुन्छ । कहिलेकाही तिथि सूर्योदय सम्म रह्यो भने त्यो दिन ब्रत आदिलाई मान्य हुन्छ । थोरै छ  भने श्राद्धादि कर्म गर्न मिल्दैन । समय नै पछि आउने भएकोले तिथिमितिको समय अगाडि आएको हो । तिथिको अवधि एकैनासको हुंदैन, घटिबडी हुन्छ त्यसकारण नेपाल भारतमा भन्दा अलिकति अगाडि पर्न गएको हो । बार र गते सूर्यको आधारमा चलेको हुन्छ भने तिथि चन्द्रमाको आधारमा बन्ने हो । यति सजिलोसॅग भन्दा खेरि पनि बुझ्न सक्नु भएन भने सम्पर्क गर्नु होला ७०३८७०६४८० यूएसए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.