बडा दशैँ २०२३/ २०८० को शुभसाईत तथा तिथिमिति अमेरिकालगायत विभिन्न देशको लागि – एचसीसी संवाददाता अमेरिका

बडा दशैँ  सन २०२३/विसं  २०८० को शुभसाईत तथा तिथिमिति अमेरिकालगायत विभिन्न देशको लागि

एचसीसी संवाददाता, अमेरिका Oct 12 2023

बडादशैँको हार्दिक शुभकामनासहित अन्तराष्ट्रिय पञ्चांग निर्णय समितिले टीकाको साइत जुराएको छ ।
दशैँको टीकाको साइत नेपालमा ११:०२ बजेमा छ भने कुन देशमा कुन दिन, कति बजे ? हेर्नुहोस् –

यस वर्षको दशैँको टीकाको साइत नेपालका लागि कार्तिक ७ गते ११:०२ बजे जुरेको छ। नेपाल पञ्चांग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले टीकाको साइत जुराएको हो।

नेपाल पञ्चांग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिको असोज २१ गते बसेको बैठकले टीकाको शुभसाइत र समयतालिका निर्धारण गरेका छन् । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले कुन देशमा कति बजे टीका लगाउने भन्नेबारे शुभसाइत र समय निकालेको छ। नेपालमा भने कार्तिक ७ गते ११:०२ बजे टीकाको उत्तम साइत जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । उत्तर अमेरिका र दक्षिण अमेरिकाका सबै राज्यहरु र क्यानडाको सबै राज्यमा अक्टोबर २३ तारिखको लागि शुभ साईत जुरेको छ भने नेपाललगायत अन्यत्र मुलुकमा २४ तारिख जुरेको छ ।

कुन देशमा कति बजे कहिले टीका लगाउने ?

अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिका सदस्यसचिव लक्ष्मण पन्थीसँगको कुराकानीका आधारमा अमेरिका र क्यानडामा २३ तारिखको शुभ साईत जुरेको छ भने कोरिया, कतार, मलेसिया, दुबई, साउदी अरब, जापान, अस्ट्रेलिया, थाईल्याण्ड, सिंगापुर,    पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, स्विट्जरल्यान्डमा  अक्टोबर २४ तारिखमा टीकाको शुभसाइत जुरेको छ।

अमेरिकाको न्युयोर्कमा अक्टोबर  २३ तारिख १०ः४७ बजे, वाशिंटन डिसी, भर्जिनिया, मेरिल्याण्ड वरपर १०ः ५३ बजे, केन्टुकी ११ः३१ बजे, टेक्सास ११:३ बजे र क्यालिफोर्निया १०:३१ बजे सोही दिन अक्टोबर २३ तारिख दशैँको टीकाको शुभसाइत जुरेको छ । त्यसै गरी सोही दिन अक्टोबर २३ तारिख ११:१७ बजे क्यानडाको टोरेन्टोमा बस्नेले दशैँको टीका लगाउनको लागि उत्तम साइत जुरेको छ।
तलको विज्ञप्तिमा प्राय धेरै वटा देश तथा ठाउँको शुभसाईत हेर्न सक्नु हुनेछ । धन्यवाद

 

 

When Bijaya Dashami, Bada Dashai in USA ? Canada ?

October 23 , 2023

घटस्थापना, जमरा राख्ने, नवरात्रि, वडादशैं सुरु   Ghatasthapana 

     अक्टोबर १५, २०२३ रविवार 

फूलपाती / महाअष्टमी पूजा अक्टोबर २१, २०२३ शनिवार  Phulpati Mahashtami vrata

महानवमी व्रत : अक्टोबर २२ २०२३  रविवार  Maha Manavami Vrata

 

विजया दशमी, देवी विसर्जन, दशैंको टीका, बडा दशैं     Bijaya Dashami Dashai Teeka 

       अक्टोबर २३ , २०२३ सोमवार

October 23 2023 

कोजाग्रत पूणिमा व्रत   अक्टोबर २७ २०२३ शुक्रवार Friday   Oct 27th 2023 Kojagrata Purnima Dashai 2080 End

October 28 2023 चन्द्रग्रहण

टीकाको शुभसाईत कुन समय हो ? कुन बेलालाई शुभसाईत भनिन्छ ? शुभसाईतमा केके गरिन्छ ? 

देवी विसर्जनको लागि घरमा वा मन्दिरमा जुन बेला जुन समयमा देवीलाई मन्त्रोच्चारण गरी जमरा र टीका चढाईन्छ  र सोही समयमै गुरु वा मान्यजनबाट टीका ग्रहण गरिन्छ त्यो बेला वा समय नै मुख्य शुभ साईत हो, त्यसको लागि कुन समयमा गर्ने भन्ने कुरा यो विज्ञप्ति मार्फत धेरै ठाउॅको दिईएको छ, त्यसपछि जतिबेला जुन दिन लगाए पनि फरक पर्दैन २७ तारिख पूर्णिमासम्म । धन्यवाद ।

श्री डेकोरेसन भर्जिनिया डिसी लगायत अमेरिकाको सबै स्टेटमा उपलब्ध – सम्पर्क 5714749074

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.