• Advertisement upload

अमेरिका तथा क्यानडाको लागि नयाँ वर्ष २०१९ को आगमनसँगै हिन्दु पञ्चाङ्ग ‘पात्रो’ तथा क्यालेन्डर प्रकाशन

ज्योतिष शास्त्री राजेन्द्र खनाल 
अमेरिका तथा क्यानडामा बसोबास गर्दै आउनुभएका सम्पूर्ण हिन्दु सम्प्रदाय तथा नेपाली र भूटानीहरुको लागि “ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र”मा कार्यरत सम्पूर्ण ज्योतिषी गुरुहरुको निर्णीत संयोजनमा निर्मित “मारुतिनन्दन नेपाली पञ्चाङ्ग” पात्रो र “मारुतिनन्दन नेपाली क्यालेन्डर” यहीकै अक्षांश र देशान्तरको प्रयोग गरी स्थानीय समयको आधारमा अथक् मिहिनेत र प्रयासका साथ तेस्रो प्रकाशन गर्न सफल भएका छौँ । अमेरिका र क्यानडामा  बस्ने नेपालीहरुको समयको मागअनुरुप जथाभाबी प्रयोग गरिने भ्रमलाई निराकरण गर्ने उद्देश्यका साथ दर्ता भएको संस्था  “ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र”ले गरेको यो काम एक उदाहरणीयका साथै प्रशंसा  गर्न लायक  छ । ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र” ज्योतिष र हिन्दु संस्कारसम्बन्धी काम गर्नका लागि खोलिएको नाफामुक्त ( Non profit organization) संस्था हो । बरिष्ठ ज्योतिषी पद्मलाल ढकालको विशेष पहलमा यो कार्य सम्पन्न भएको हो ।  अबदेखि नेपाल तथा भारतका लागि बनाइएका पात्रा तथा क्यालेन्डरहरुको आधारमा मनोमानी अन्दाजको भरमा प्रयोग गर्ने झन्जटबाट हामी सबै नेपाली मुक्त भएका छौं । नेपाली चाडपर्व तथा अमेरिकी चाडपर्व र तिथिमिति थाहा पाउन यस्को प्रयोगबाट निकै सहज् भएको छ भन्ने कुरामा दुई मत छैन ।  यो कुनै त्यस्तो व्यापारमुखी कार्य नभई यस्तो खालको अनुसन्धानमूलक कामको लागि कार्यालयीय ख़र्च र प्रकाशन तथा वितरण  खर्चमा भार नपरोस् भन्ने उद्देश्यले सहयोग स्वरुप पात्रोको लागि $8 र क्यालेन्डरको लागि $5 डलरको मूल्य तय गरेका छौँ, सहयोग गर्न सक्नु हुने महानुभावहरुले  त्यो भन्दा बढी  पनि गर्न सक्नुहुनेछ । लेखन तथा सम्पादनमा केही कमी कमज़ोरी भएमा जानकारी तथा प्रतिकृया  जनाउनु होला, अर्को वर्ष हामी सुधार गर्नेछौं । आफ्नो साथिभाई इस्टमित्रलाई पनि यसको बारेमा जानकारी दिनुहोला ।
पञ्चाङ्गको बारेमा कुरा गर्नु पर्दा यसभित्र नेपालबाट निस्कने पात्रोहरुमा जस्तै धेरै जानकारीमूलक कुराहरु समावेश गरिएको छ । जसमा नेपाली गते, बार, तिथि, नक्षत्र, योग र करणको घडिपला र घन्टा मिनट बजेमा राखिएको छ । नेपाली तथा अमेरिकन विदा तथा चाडपर्वहरुको बारेमा पनि सूचिकृत गरिएको छ । वार्षिक राशिफल तथा ग्रहयोग र विभिन्न उपयोगी सामग्रीसमेत उल्लेख गरिएको छ ।
त्यस्तै क्यालेन्डरमा पनि सम्पूर्ण कुराहरुलाई समेट्ने प्रयास गरेका छौँ । जनवरीदेखि डिसेम्बरसम्म पर्ने चाडपर्व तथा ब्रतहरु र नेपाली साहित्यकार र नेपाली वर्णमालाको बारेमा संक्षिप्त जानकारी दिइएको छ, जसले गर्दा तपाई हाम्रा बच्चाहरुलाई नेपाली भाषा तथा सँस्कारको ज्ञान वृद्धि गराउन सघाऊ पुग्नेछ । तपाईको मनमा लाग्न सक्छ, अनलाईनमै एप्समार्फत हेर्न पाईहालिन्छ नि? किन किनी राख्न पर्यो र ? पहिलो कुरा तँपाईले अनलाईनमा खोजेको भन्दा यसमा धेरै भिन्नता पाउनु हुनेछ । अनलाईनमा राखिएका पात्राहरु नेपाल र ईन्डियाको लागि भनेर बनाईएका छन् । दोस्रो कुरा यदि तपाईको घरमा बच्चाहरु छन् भने उनीहरुले यस विषयमा चासो लिई बुझ्न कोसिस गर्नेछन् र चाडपर्व तथा हाम्रो संस्कारको विषयमा बुझाऊन सजिलो हुनेछ ।
यो क्यालेन्डर  तथा पञ्चाङ्ग प्राप्त गर्नका लागि यो लिंकमार्फत अर्डर गर्न https://hinduculturecenter.com/product/nepali-patro
https://hinduculturecenter.com/product/nepali-calendarवा तल दिईएका नम्बरहरुमा सम्पर्क गर्नुहोला । हामी तपाईलाई हुलाकमार्फत तपाइकै घरमा पठाउने छौँ वा नजिक भएमा तुरुन्त डेलिभरी गर्नेछौं । कर्मकाण्ड तथा ज्योतिषसम्बन्धी कुनै पनि जिज्ञाशा, चिना, टिप्पन बनाउन तथा हेर्नु परेमा तलका नम्बर तथा वेवसाईटमार्फत सम्पर्क गर्न सक्नु हुनेछ । www.hinduculturecenter.com
धन्यवाद ।
सम्पर्क :  ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र तथा हिन्दु कल्चरल सेन्टर, अमेरिका
सम्पर्क व्यक्ति : ज्योतिषी पण्डित राजेन्द्र खनाल
                    703-870-6480 or         khanalguru@gmail.com
                 डा. लक्ष्मीनारायण ढकाल
                  (502) 835-3987 or     dhakallaxmibhu@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.