जयतु संस्कृतम् तथा विश्व अध्यात्म केन्द्रद्वारा गरिएको अन्तर्क्रिया सम्पन्न

न्यूयोर्क, अमेरिका

११/२८/२०१८

जयतु संस्कृतम् तथा विश्व अध्यात्म केन्द्रद्वारा आयाेजित अन्तर्क्रिया सम्पन्न भएको छ ।

जयतु संस्कृतम् नेपाल तथा विश्व अध्यात्म केन्द्र अमेरिकाकाे आयाेजनामा न्यूयाेर्ककाे हिक्सभिल स्थित आशामाई हिन्दु मन्दिरमा संस्तृत भाषा वांमयसम्बन्धी अन्तर्क्रिया कार्यक्रम बुधवार सम्पन्न भयाे । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्यूयाेर्कका वाणिज्यदूत कृष्ण सुवेदी ( कृसु क्षेत्री ) ले नेपाललाई संस्कृत अध्ययन-अनुसन्धानकाे केन्द्र बनाउनुपर्ने बताउँदै नयाँ पुस्तालाई संस्कृत भषासाहित्यकाे ज्ञान दिन जयतु संस्कृतम् संस्था नेतृत्वदायी भूमिकाका साथ कम्मर कसेर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयाे ।

कार्यक्रममा जयतु संस्कृतम् नेपालका अध्यक्ष डा. बद्री पाेख्रेलले संस्कृत ग्रन्थ प्रकाशन, जयतु संस्कृतम् पुरस्कार वितरण, संस्कृत संभाषण शिविर, प्रभात-फेरी, उत्तरमहाभारत ग्रन्थ रचना आदि संस्थाले गरि आएका गतिविधि तथा भावी याेजना प्रकाश पार्दै विश्व संस्कृत सम्मेलन नेपालमा आयाेजना गर्न नेपाल संस्कृत विश्वविद्यालयसँग मिलेर तयारी प्रारम्भ गरिएकाे समेत बताउनुभयाे । डा. पाखरेलले जयतु संस्कृतम् संस्थाकाे शाखा अमेरिकामा समेत खाेलेर कार्य गर्ने याेजना रहेकाे विचार व्यक्त गर्नुभयाे ।

फलित ज्याेतिषाचार्य श्रीहरि कँडेलद्वारा मंगलाचरण तथा मन्तव्य अनि स्मृति, गीता, रिया र निश्कर्षद्वारा राष्ट्रिय गानका साथ शुभारम्भ भएकाे समाराेहमा आशामाई मन्दिरका अध्यक्ष सेनापति लुण्ड तथा आचार्य गाेकुल सापकाेटाले स्वागत गर्नुभएकाे थियाे ।

समाराेहमा सामाजिक अभियान्ता सुबी सापकाेटा, रक्तदान अभियान्ता अर्जुन मैनाली, भाषाविद् सुरेन सापकाेटा, गुरु विष्णु सापकाेटा, समाजसेवी दुर्गेश कार्की, लंआइल्यान्ड नेपाली समाजका अध्यक्ष टीका ढकाल, जनसम्पर्क  समिति लंगआइल्यान्ड च्याप्टरका सभापति विश्व बास्ताेला, एनआरएनएनसीसी न्यूयोर्क च्याप्टरका सचिव महेश खड्का, एनआरएन आईसीसी टाक्स फाेर्सका डा. हरि दाहाल लगायतका वक्ताहरुले
संस्कृत भाषाकाे प्रचार, संस्कृत र जीवन उपयाेगी अध्यात्म चिन्तन तथा विज्ञान, जयतु संस्कृतम् संस्थाकाे गतिविधि, संस्कृत शिक्षा र नेपालकाे पर्यटन विकास, नेपाली कला, साहित्य, संस्कार, चाडवर्व, नैतिक शिक्षालगायतका क्षेत्रमा संस्कृत भाषाकाे महत्व तथा चुनाैति आदि अनेक विषयमा धारणा राख्नुभएकाे थियाे ।
कार्यक्रममा जयतु संस्कृतम् संस्थाका सदस्य सचिव डा. नवराज कट्टेल तथा एनआरएन एनसीसी अमेरिकाका सचिव हाेमनाथ गाैतमले पठाउनुभएकाे शुभकामना सन्देश सुनाइएकाे थियाे !
विश्व अध्यात्म केन्द्र अमेरिकाका संयाेजक दर्शनाचार्य पीपलमणि सिग्देलले संचालन गर्नुभएकाे कार्यक्रमकाे सभापतित्व वाल्मीकि विद्यापीठका पूर्व उपप्राध्यापक डिल्लीराम आचार्यले गर्नुभएकाे थियाे ।
सभापतिकाे आसनबाट बाेल्दै संस्कृत भाषाकाे विश्वव्यापी महत्व रहेकाे बताउँदै व्यवस्थापनमा सहयाेग गर्नुहुने प्रतिमा खनाल सिग्देल, पुनम शाह तथा देबकी सापकाेटालाई विशेष धन्यवाद दिनुभएकाे थियाे ।
कार्यक्रममा रक्तदाता अर्जुन मैनलीले संस्कृत भाषामा पुस्तक प्रकाशन गर्न सहयाेग स्वरुप संस्थालाई रु ११०००. सहयाेग गर्नुभएको थियो ।

 

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.