नर्देन भर्जिनियामा नेपाली सामुदायिक भवन बनाउने तयारी तथा सामाजिक अभियन्ताहरुबीच कार्यपत्र प्रस्तुतीकरणसहितको छलफल सम्पन्न

नर्देन भर्जिनियामा नेपाली सामुदायिक भवन बनाउने तयारी तथा सामाजिक अभियन्ताहरुबीच कार्यपत्र प्रस्तुतीकरणसहितको छलफल सम्पन्न – 

भर्जिनिया – डिसेम्बर २९, २०१८ 

डी.सी. मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपाली दाजुभाई दिदीबहिनीहरूका बीचमा सप्ताह महापुराणको आयोजना गरी Community Center काे लागि श्राेत जुटाउने बारेमा समाजिक अभियन्ताहरूको बैठक सम्पन्न भएको छ । 

बैठकले हाम्रो आफ्नो धार्मिक, सांस्कृतिक एवं सामाजिक सम्पत्ति अर्को पुस्तामा हस्तान्तरण गर्नका लागि हामीले हाम्रो आफ्नो धर्म, संस्कृति, रीतिरिवाज तथा सामाजिकपनको क्रमशः संरक्षण, संवर्द्धन र विकास गर्ने उद्देश्यअनुरुप निर्माण श्रोत जुटाउनका लागि महापुराण (७ दिने सप्ताह) लगाउने निष्कर्ष निकालेको छ  र यसका लागि १००१ सदस्यीय निर्माणाधीन समितिको पनि सुरुआत गरेको छ । 

कार्यपत्र प्रस्तुतीकरणसहितको यो कार्यक्रम सामाजिक अभियन्ता ददिराम ढुंगानाको विशेष पहलमा भएको हो । ढुंगानाले भेलाको उद्धेश्य तथा गर्न लागेको योजना बारेमा संक्षिप्त चर्चा पनि सहभागी सबैलाई अग्रिम रुपमा जानकारी गराएका थिए ।

निकै मेहनत गरेर बिशेष तयारी साथ प्रस्तुत भएका ढुंगानाले के के जिज्ञाशा आउन सक्छन् भन्ने समेत कार्यपत्रमा प्रश्नोत्तर समेत तयार पारेका थिए । सामुदायिक भवन किन? महा पुराण  किन? कसरी गर्ने महापुराण,  मूल समारोह समिति के कति ? भन्ने बारेमा बिस्तृत जानकारी समेत उक्त कार्यपत्रमा ढुंगानाले प्रस्तुत गरेका थिए । 

 

महापुराणले आर्थिक श्रोतको परिचालन र सामुदायिक उत्साह सिर्जना हुने हुँदा पुनित कार्यमा सक्रिय सहयोग गरौँ र सामुदायिक सांस्कृतिक केन्द्रकाे स्थापना गर्न हाेस्टेमा हैसे गरौँ भन्दै धेरै सहभागीले बोलेका थिए । 

कार्यक्रममा धेरै जनाले उत्कृष्ट भन्दै सकारात्मक  प्रतिक्रिया (comment)  दिएका थिए, जसमध्ये २/२ मिनटको समयमा बोल्ने वक्ताहरुमा मन्जु संग्रौला, प्रेम संग्रौला, प्रभा देउजा, प्रदीप ढकाल, मधु पन्थी, अरुण

रुपाखेती, पन्डित राजेन्द्र खनाल, मेदिनी अधिकारी, खगेन्द्र अधिकारी, परशुराम भन्डारी, प्रेम पौडेल, पदम रेग्मी, चन्द्र लामा, विना लामा, कमल भूसाल, जीवन तिवारी, कविन्द्र सिटौला, लक्ष्मी गौडेल, अनिल पाठक, अर्जुन दाहाल, जनक अधिकारी, कृष्ण चाँपागाई, हरिकृष्ण पुडासैनी

, तोया पौडेल, गोविन्द सुवेदी, परशु तिम्सिना, विजय सिंह, मोहन उप्रेती, रामचन्द्र भट्टराई, मुक्ती पन्त, कृष्णा पराजुली, विजय खरेल आदि ।

आदि ।

अन्त्यमा प्रस्तावित सप्ताह माहापुराणको आयोजना बारे संक्षिप्त जानकारी र यसलाई कार्यान्वयन र सम्पन्न गर्ने बचनबद्धताका साथ कार्यक्रम सम्पन्न भएको थियो । 

प्रस्तावित सप्ताह माहापुराणको आयोजनाबारे संक्षिप्त जानकारी

गत दशकमा डीसी महानगर क्षेत्रमा नेपाली भाषी जनसंख्याकाे उल्लेखनीय वृद्धि भएको छ । नेपाली समाजलाई सांस्कृतिक एकताको सूत्रमा बाँधेर सामुदायिक भवन निर्माणको लागि सकारात्मक वातावरण तयार गर्न ‘डीसी महानगर क्षेत्रमा नेपाली संस्कृति र नेपालीपनकाे भावनालाई थप जागृत गर्न तथा गराउन, हाम्रो भावी पिंढीलाई संस्थागत रूपमा हाम्रोपन, हाम्राे संस्कृति र सामाजिक विरासत हस्तान्तरण गर्न  पूर्वीय आध्यात्मिक चिन्तनकाे जानकारी गराउन, नेपाली संस्कृतिको जगेर्ना गर्न, तथा समुदायका सदस्यहरूका परलोक हुनु भएका आफन्तजनको आत्माको शान्तिको लागि सप्ताहमा कर्ता बनी पूण्य लाभ गर्ने मौका प्रदान गर्न प्रस्तावित सप्ताह माहापुराणको आयोजना गर्न लागिएको हो ।

भाषा कक्षा, नेपाली तथा पूर्वीय गीत संगीतकाे नियमित कक्षाहरूको दीगोरूपमा संचालन गर्न, आवधिकरूपमा विभिन्न संप्रदाय र संस्कृतिका बारेमा बाैद्धिक प्रवचन तथा सत्संगतको आयोजना गर्न, परंपरागत चाडपर्वहरू, सांस्कृतिक तथा रीतिरिवाज संग सम्वन्धित कार्यक्रमहरूको दीगो र सुचारू संचालन गर्न, याेगा, ध्यानलगाएतका सामुदायिक कार्यहरू नियमित रूपमा संचालन गर्न, भाषा, संस्कृति, मूल्य मान्यता र संस्कारकाे बारेमा दाेश्राे पिढीलाइ सुशिक्षित गराउने  वातावरणको निर्माण गर्न, हामीलाई हाम्रो आफ्नै सांस्कृतिक सामुदायिक भवन ज्यादै आवश्यक छ त्यस्तो स्थायी सांस्कृतिक सामुदायिक केन्द्रकाे स्थापना गर्न प्रस्तावित सप्ताह महापुराणले आर्थिक श्रोतको परिचालन र सामुदायिक उत्साह सिर्जना हुने कुरामा दुई मत छैन । त्यसैले यो पुनित कार्यमा सबैले सक्रिय सयोग गरौँ र सामुदायिक सांस्कृतिक केन्द्रकाे स्थापना गर्न हाेस्टेमा हैसे गरौँ । सबै जुटौं, सबै उठौं, यो महाअभियानमा कोही पनि नछुटौँ । 

Error: Contact form not found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.