• Advertisement upload

संसारभरका गुरुहरुले खोले विवाहको लागि नयाँ साईट, वर तथा वधु खोज्न सजिलो हुने

अस्ट्रेलिया २४ नोभेम्बर –
बिदेशी भुमिबाट फेरिदै विवाहको नयाँ आधुनिक सँस्कार आउँदै माइस्वयंम्बरडट्कम 
संसारभर छरिएका नेपाली समाज र सनातनी परम्पराको जर्गेना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन ,सुखमय दाम्पत्य जीवन, ज्योतिषी परामर्श, वास्तु परामर्श तथा बिभिन्न धार्मिक अनुष्ठानका लागि ‘गुरू मन्जरी’ नामक संस्था अष्ट्रेलियामा स्थापना भएको छ । ‘धार्मिक अनुष्ठानसँगै जीवनको महत्वपूर्ण विषय भनेको विवाह हो। यो सफल भएमा मात्र जीवन र जगत सफल हुने विश्वास गरिन्छ । विशेषगरी बिदेशमा पनि आफ्नो सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभुषा, जात, वर्ण र शैक्षिक योग्यता अनुरूपको वर, बधुको मिलनका लागि यो संस्थाले नेपाल महोत्सव सिड्नी २०१८ को अवसर पारि २४ नोभेम्बर को दिन सिड्निकालागि नेपाली वाणिज्यदुत दिपक खड्काले मेरो स्वंबर नामक संस्थाको आधिकारिक वेवसाईट खोलेर उदघाटन गर्नुभएको छ । विज्ञान र प्रविधिले सामाजिक क्षेत्रमा पनि लामो फड्को मारेकाले विकासको गतिसँगै दौडिरहेको मानव जीवनलाई सहज र सरल रुपमा संसारको जुन कुनावाट पनि उपयुक्त वरबधु प्राप्त गरेर सुखमय जीवनयापन गरून् भनेर हामीले यो मिलन बिन्दु माइ स्वयंबर डट्कम को धेरै लामो समय को खोज आनुसन्धान पछी मात्र हामी एस छेत्र का आनुभवी र दक्ष साथी वाट सामज मा केही परिवर्तन ल्याउन का लागि माइ स्वयंम्बर डट्कम आएको कुरा संस्थाका संयोजक प्रकाश ढोडारीले उद्घाटनको क कार्यक्रममा बताए। अष्ट्रेलियासँगै नेपाल, अमेरिका, बेलायत, क्यानडा र जापानमा अहिलेका लागि संस्थाको बिधिवत कार्यालयहरु रहनेछन्। यी संस्थाले सम्बन्धित मुलुकको कानुनी प्रकृयाभित्र रहेर माइ स्वंयम्बर डट्कमलाई अगाडि बढाउनेछन् । माइ स्वयंम्बर डट्कम सिड्नीमा नेपाल महोत्सवकोक्रममा भब्य रुपमा शुभारम्भ भए पनि यसले भने २०१९ को जनवरी एकदेखि आफ्नो काम प्रारम्भ गर्नेछ। यो संस्थाको उद्देस्यबारे प्रष्ट पार्दै ढोडारीले अगाडि भने, ‘विवाहका रुपमा बिदेश ल्याउने वा भिसा लाउने पटक्कै होइन, मेरो स्वयंम्बरले बिवाह गर्न चाहने बरबधुलाई उपयुक्त प्लेटफर्मको निर्माण मात्र गरिदिने हो।’ संस्थाको बिशेष कामका लागि यसका ज्ञाता पण्डितहरुलाई समेत जिम्मेबारी सुम्पिएको उनले बताए। बिवाह र यस सम्वन्धित सबै विषयका परामर्शका लागि प्रकाश पण्डितको संयोजकत्वमा एउटा टिम रहेका छ भने ज्योतिषी परामर्शका लागि ज्योतिषविद राजु शर्मा भेटवाल र वास्तुसम्वन्धी बिषयमा श्रद्धा बिष्टको संयोजकत्वमा २१ जना दक्ष पण्डितहरु रहने छन् । जस अनुसार अष्ट्रेलियाबाट संयोजक प्रकाश ढोडारी छन् भने सदस्यका रुपमा अमेरिकाको न्युयोर्कमा पण्डित उद्धब शास्त्री, पण्डित रमनराज शास्त्री, मेरिल्यान्ड, भर्जिनिया र वासिङ्गटन डिसीमा पण्डित राजेन्द्र खनाल,  टेक्सासबाट पण्डित भवानीशंकर शास्त्री र क्यालिफोर्निया बाट पं . बासुदेव घिमिरे छन् । यस्तै नेपालबाट धार्मिक अभियन्ता मुकुन्द शर्मा, बेलायतवाट पण्डित दुर्गाप्रसाद पोखरेल र पं.जगदिश पौडेल, क्यानडाबाट पण्डित धर्मदाश शास्त्री, जगदिश गैरे , न्युजर्ल्याण्ड बाट पं. घनश्याम काफ्ले र जापानवाट पण्डित भगिरथ सापकोटा क्रियाशील रहनेछन् भने आगामी दिनहरुमा बाँकी अन्य देशहरुमा पनि अभियानलाई बिस्तार गर्ने तयारी भईरहेको बताईएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.