अक्षयतृतीयाको महत्व र विशेषता

आज अक्षय तृतीया मे १० २०२४ अमेरिका

वैशाख शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षय तृतीया ( वैशाख शुक्ल तृतीया) को अनंत-अक्षय-अक्षुण्ण फलदायक  हुने कुरा शास्त्रमा बताईएको छ । जो कहिले क्षय हॅुंदैन त्यसलाई अक्षय भनिन्छ ।अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने पुण्य प्राप्त हुन्छ । यसकारण यो तिथिलाई धर्मकर्मका लागि सर्वार्थ सिद्ध मानिएको छ । यसैकारण यस दिन कुनै पनि प्रकारको सॅस्कारिक कर्म मुहूर्त नहेराई पनि गर्न सकिन्छ । यस दिन परिणय-संस्कार जसले गर्छ अखंड सौभाग्य मिल्नेछ । यो दिन महालक्ष्मीको प्रसन्नताको लागि विशेष अनुष्ठान पनि गर्न सकिन्छ जसबाट अक्षय पुण्य मिल्दछ । कन्या कुमारीहरुले पनि आफ्नो सुयोग्य वर प्राप्तिको लागि यो दिन ब्रत ( उपवास) बस्न सकिन्छ ।अक्षय तृतीयाको दिन जौंको सातु र सर्वत खाने खुवाउने चलन छ जसले गर्दा शारीरिक तन्दुरुस्तीका लागि विशेष मानिन्छ । 

यस दिनको महत्व कति छ भन्ने कुरा यो श्लोकबाट पनि बुझ्न सकिन्छ –

“न माधव समो मासो न कृतेन युगं समम्।
न च वेद समं शास्त्रं न तीर्थ गंगयां समम्।।”
वैशाख महिनाको समान कुनै महिना हॅुदैन, सत्ययुगको समान कुनै युग हॅुदैन, वेदको समान कुनै शास्त्र छैन, गंगाजीको समान कुनै तीर्थ नै छैन । यसै कारण अक्षय तृतीयाको समान  कुनै तिथि / दिन नै छैन ।
अक्षय तृतीया तिथिको  भएको कारण  वैशाख महिनाको विशिष्टता र अक्षुण्ण भएको हो । वैशाख शुक्ल पक्ष तृतीया अर्थात् अक्षय तृतीया पर्वको बारेमा विष्णु धर्म सूत्र, मत्स्य पुराण, नारदीय पुराण तथा भविष्य पुराण, भागवत पुराण आदिमा चर्चा गरिएको पाईन्छ । धन्यवाद ।
नोटः यससम्बन्धी विशेष विवरण थाहा पाउन तथा पूजा तथा ब्रतको लागि हिन्दु कल्चरळ सेन्टरको यो नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ०१ ८०४५६४-७६१० email info@hinduculturecenter.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.