आजदेखि टेक्सास डालसमा देवी भागवत महायज्ञको सुरुआत

डालस टेक्सास, अमेरिका
आज चैत्र शुक्ल प्रतिपदा घटस्थापनादेखि
टेक्सासको ड्यालस स्थित युलेशमा आयोजना हुन लागेको श्रीमद्देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सव)आज मँगलबार बिशेष कार्यक्रमका बीचमा उद्घाटन हुँदैछ । महायज्ञ उद्घाटनको पूर्बसन्ध्यामा बिहान ९ बजेदेखि युलेशमा भव्य कलश यात्राको आयोजना हुने भएको छ । श्रीमद्देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) को लागि पर्याप्त पार्किङको व्यवस्था गरिएकोले आयोजना हुने कलश यात्रा तथा उद्घाटन कार्यक्रममा सहभागी भईदिन ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायलाई मूल तयारी समितिले अनुरोध गरेको छ ।

श्रीमद्देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सव) नेपाली समुदायको सर्वाधिक महत्वको कार्यक्रम भएकाले महायज्ञको व्यवस्थापन पक्षलाई प्रभावकारी बनाउन प्रयास गरिएको आईतबार बेलुकी आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष सापकोटाले बताईन् ।

महायज्ञ नेपाली समुदायको पहिचान तथा आफ्नो भाषा, कला सँस्कृतिलाइ पुस्तान्तरण गर्ने विषय पनि हो । महायज्ञ अवधिभर अप्रिल ९ देखि १७ सम्म अर्थात (चैत्र २७) देखि नवमी (वैशाख ५) सम्म सहभागि हुँदा छोराछोरी सहित सपरिवार सहभागी भई धार्मिक तथा अध्यात्मिक ज्ञान लिन सापकोटाले आग्रह गरिन् ।
पत्रकार भेटघाट कार्यक्रममा महायज्ञ तयारीको वारेमा जानकारी दिईएको थियो । हामीले एक पटकमा एक हजार बढी सवारी साधन अट्न सक्ने गरी पार्किङको चाँजोपाँजो मिलाएका छौं । महायज्ञ आसपासको पार्किङ्गका लागि फस्ट कम फस्ट सर्भ भएकोले महायज्ञ परिसरभन्दा केही टाढा पनि पार्किङ्गको व्यबस्था गरिएको नेपाली समाज टेक्सासका महासचिब बिजय भुसालले बताए । महासचिब भुसालका अनुसार मन्दिरको आफ्नै पार्किङ्गलटका अतिरिक्त नजिकै रहेको रिह्याभ सेन्टर पछाडीको पार्किङ्गलट पनि प्रयोग गर्न सकिन्छ । दुबै स्थानमा मात्र ४ सय बढी पार्किङ्ग क्षमता रहेको छ ।
महायज्ञको सन्दर्भमा छिमेकी बेडफोर्ड सिटीसँग आबश्यक समन्वय गरेर मन्दिरबाट २ माईल टाढा रहेको पेनिङ्गटन फिल्डलाई पनि कार्यक्रम अबधिभर पार्किङ्गको लागि प्रयोग गर्न सकिने छ । सो स्थानमा एकै पटकमा सातसय गाडी पार्किङ्ग गर्न सकिन्छ । महायज्ञ अबधिभर पेनिङ्गटनबाट महायज्ञ स्थलसम्म हरेक १५ मिनेटमा आवतजावतको लागि निःशुल्क शटल बसको व्यबस्था समेत गरिएको समेत तयारी समितिका पदाधिकारीहरुले जानकारी दिए ।
महायज्ञमा सहभागी हुन आउँदा प्रबेशद्वार वा अनलाईन SHREE PASHUPATINATH TEMPLE & BOUDDHA VIHAR (ourncsc.org) मा गएर भक्तजनहरुले अनिवार्यरुपमा नाम दर्ता गर्नु पर्ने व्यवस्था मिलाईएको छ । युलेस सिटीले महायज्ञमा सहभागीहरुको संख्या माग गरेकाले नाम दर्ता गर्नु पर्ने अवस्था आएको हो । दर्ता गरिएको सूचना गोप्य रहने मन्दिरका पूर्ब अध्यक्ष सुरेशचन्द्र पोखरेलले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा मन्दिरका उपाध्यक्ष छबी चापागाई, स्वयमसेवक परिचालन समितिका जीवन घिमिरे, मन्दिरका सचिव दिनेश ज्ञवालीलगायतले नौ दिनसम्म सन्चालन हुने महायज्ञको तयारीको वारेमा जानकारी दिएका थिए ।

स्मरण रहोस् यो महायज्ञ धेरै वर्षपछि हुन लागेको हो र मन्दिर निर्माणमा सहायताको लागि आर्थिक सहयोग जुटाउनको लागि गरिएको एक ठूलो धार्मिक महोत्सव हो । यसमा आयोजक कमिटीले ७ देखि १० मिलियन डलर संकलन गरी मन्दिर निर्माणमा सहयोग पुग्ने लक्ष लिएका छन् । टेक्सासस्थित डालसको आसपासमा रहनुहुने सम्पूर्ण भक्तजनहरुको लागि यो सुवर्ण मौका पनि हो कोही पनि नछुट्नु होला । आफ्नो भाषा धर्म र सॅस्कृतिको लागि यसरी नै समाज जुटाउनु पर्ने हुन्छ । महायज्ञमा आदरणीय गुरु वाचन प्रवीण दीनबन्धु पोखरेल प्रमुख वाचक र अन्य स्थानीय गुरुहरु शेखर पण्डित, मेघराज निरौलालगायत स्थानीय गुरुहरुसहितको आयोजक कमिटीहरुको सक्रिय सहभागितामा यो सम्पन्न हॅुदैछ । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हालचालै सम्पन्न श्रीमद्भागवत सप्ताह महायज्ञमा करिब ३० लाख डलर संकलन (प्रतिबद्धता) भएको जानकारी प्राप्त भएको छ । अमेरिकामा यसरी महायज्ञ भईरहनु नेपाली सॅस्कृति र सॅस्कारको पहिचानको सॅगै नेपालीहरुमाझ एकता हुने कुरामा स्पष्ट हुन सकिन्छ । अमेरिकाका अन्य स्टेटहरुमा यस्ता खालका कार्यक्रमहरु भईराखुन् । धन्यवाद ।

नोटः अमेरिका वा क्यानडाको कुनै पनि ठाउॅमा यस्ता खालका महायज्ञको आयोजना गर्नुपरेमा वा दीनबन्धु गुरुसॅग प्रत्यक्ष कुराकानी वा सत्संग गर्नु परेमा वा अन्य गुरुहरुको आवश्यकता परेमा र भजन टीमलगायत पन्चेबाजा र आवश्यक सामग्रीहरुको सेवा लिनु परेमा तलको सम्पर्क फर्म भरी वा हिन्दु कल्चरल सेन्टर अमेरिकाको यो नम्बरमा फोन गरेर ८०४-५६४-७६१० 01-7038706480 नम्बरमा वा ईमेल info@hinduculturecenter.com मा पनि सम्पर्क गर्न सक्नु हुनेछ । धन्यवाद ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.