आदर्श नेपाली समाजको द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न 

आदर्श नेपाली समाजको द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न

Nov 2, 2018 USA

यही नोभेम्बर २ तारिख शुक्रबारको दिन आदर्श नेपाली समाजको  ‘नेपाली पाठशाला सहयोगार्थ’  द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न भयो ।
निकै छोटो समयमा बिना तैयारी आयोजना गरी मनाइएको उक्त कार्यक्रम पानसमा बत्ति बालेर मन्त्रोंच्चारण गरी सुरु गरिएको थियो । बालवालिकाहरुलाई नेपाली भाषा र संस्कृतिको बारेमा सिकाउने उद्येस्यअनुरुप सुरुआत गरिएको ‘नेपाली भाषा पाठशाला कक्षा’ यो समाजमार्फत निरन्तर रुपमा सन्चालनमा आईराखेको छ । यस महान कार्यका लागि भनी जम्माजम्मी $२३९३ (दुईहजार तीनसय त्रियानब्बे डलर) संकलन भएको छ । यसरी सहयोगस्वरुप दान गर्ने  सहयोगी मनहरुको नाम यसप्रकार छ-
यस कार्यक्रममा आउन नभ्याउने तथा नाम छुटेका  सहयोग गर्ने मनकारी दाताहरुले पनि आफ्नो नाम लेखाईरहनु भएको जानकारी आईरहेको छ ।
हरन्डन निवासी श्रीमती सुशीला सुवेदी खनालले कार्यक्रम सन्चालन गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता अर्जुन सिग्देलले गर्नु भएको थियो ।
शुक्रवार भएकोले बच्चाहरुका  लागि  रमाइलो दिन  भन्दै व्यस्तताका बाबजुद पनि कार्यक्रममा करीब 2/3 सय जनाको उत्साहजनक सहभागिता रहेको थियो । समाजसेवी परशुराम भन्डारीले डिसीनेपालडटकममार्फत कार्यक्रमको फ़ेसबुक लाईभ संन्सारभर रहेका नेपालीहरुलाई देखाईराख्नु भएको थियो । निकै छोटो समयमा पनि यति ठूलो जमघट (उपस्थित) गराऊन सफल हुनुमा सक्रिय भूमिका खेल्नेमा संस्थाका सबै सदस्यहरुलगायत महिला दिदीबहिनीहरु  लागि परेका  थिए । कार्यक्रमलाई त्यति व्यवस्थित बनाऊन नसके पनि  बेलुका 5 बजेदेखि नै सुरु हुने भनिएको यो कार्यक्रम धेरै जनाको ढिला उपस्थिति भएकाले ७ बजे सुरु भई वेलुका ९:३० बजे सम्म चलिरहेको थियो ।
अहिले तिहारको रौनक़ तथा रमझम डिसी, भर्जिनिया, मेरिल्यान्डका विभिन्न संघसस्था  तथा अमेरिकाका विभिन्न स्टेटहरुमा रहेका नेपालीहरु माझ छाएको देखिन्छ ।
हाम्रा चाडपर्व र संस्कृतिको बारेमा आफ्नो बच्चाहरूले पनि केही सिकुन् भन्ने उद्देश्य साथ सुरु गरिएको यस कार्यक्रमको अनलाईन लाइभ तथा भिंडियों Global nepal TV तथा  DCNepal फेस्बूक पेजबाट हेर्नेहरुको संख्या असंख्य रुपमा बढेको र राम्रो प्रतिक्रियाहरु पनि उत्साहवर्धक तरिकाले अाइरहेको छ ।यदि यी भिडियोहरु पुन हेर्न चाहेमा यो लिँकमा क्लिक गरी हेर्न सक्नु हुनेछ । https://www.facebook.com/GlobalNTV/videoीूs/1974769989272709/
स्रोत: आदर्श नेपाली समाज, हरन्डन अमेरिका

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.