डिसी नेपाली समाजको द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न
Nov ८, 2018 USA
यही नोभेम्बर ८ तारिख बिहीबारको दिन डिसी नेपाली समाजको द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न भयो ।
निकै छोटो समयमा बिना तैयारी आयोजना गरी मनाइएको उक्त कार्यक्रम ज्येष्ठ नागरिक हृदयराज रुपाखेतीद्वारा पानसमा बत्ति बालेर गुरु राजेन्द्र खनालद्वारा मन्त्रोंच्चारण गरी सुरु गरिएको थियो ।अमेरिकामा हुर्कदै गरेका बालवालिकाहरुलाई आफ्नो सँस्कृतिको बारेमा सिकाउने उद्येस्यअनुरुप खेलिएको यस भैलो कार्यक्रममा खासै दान दक्षिणा उठाउने काम नभए पनि जम्माजम्मी $२४१९ (दुईहजार चारसय उन्नाइस डलर) संकलन भएको छ । यसरी सहयोगस्वरुप दान गर्ने सहयोगी मनहरुमा यस सँस्थाका मेम्बरहरुका साथै आगन्तुक साथिभाइ रहनु भएको कुरा सँस्थाका उपाध्यक्ष ददि ढुंगानाले बताउनु भयो ।
सेन्टरभिल निवासी श्री ददि ढुंगानाले कार्यक्रम सन्चालन गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता अरुण रुपाखेतीले गर्नु भएको थियो ।यसै गरी भैलो भट्याउनेहरुमा कमल पोखरेल, शारदा ढुंगाना, राम मिश्र, सुगन्ध श्रेष्ठ लगायतले साथ दिइरहनु भएको थियो ।
भाइटीकाको अघिल्लो दिन भएकोले व्यस्तताका बाबजुद पनि कार्यक्रममा करीब ६०/७० जनाको उत्साहजनक सहभागिता रहेको थियो । राजेन्द्र खनालले डिसी नेपाली समाजको फ़ेसबुक पेजमार्फत कार्यक्रमको फ़ेसबुक लाईभ संन्सारभर रहेका नेपालीहरुलाई देखाईराख्नु भएको थियो । DC Nepali Samajko फेसबुक पेजबाट लाईभ हेर्नेहरुको संख्या असंख्य रुपमा बढेको र राम्रो प्रतिक्रियाहरु पनि उत्साहवर्धक तरिकाले अाइरहेको छ । यदि यी भिडियोहरु फोटो पुन हेर्न चाहेमा यो लिँकमा क्लिक गरी हेर्न सक्नु हुनेछ । https://www.facebook.com/Dcnepalisamaj/https://www.facebook.com/Dcnepalisamaj/videos/344052003
निकै छोटो समयमा पनि यति ठूलो जमघट (उपस्थित) गराऊन सफल हुनुमा सक्रिय भूमिका खेल्नेमा संस्थाका अध्यक्षलगायतका साथिभाइ लागि परेका थिए । कार्यक्रमलाई त्यति व्यवस्थित बनाऊन नसके पनि बेलुका 5 बजेदेखि नै सुरु हुने भनिएको यो कार्यक्रम धेरै जनाको ढिला उपस्थिति भएकाले ७ बजे सुरु भई वेलुका ९ बजे सम्म चलिरहेको थियो ।
अहिले तिहारको रौनक़ तथा रमझम डिसी, भर्जिनिया, मेरिल्यान्डका विभिन्न संघसस्था तथा अमेरिकाका विभिन्न स्टेटहरुमा रहेका नेपालीहरु माझ छाएको देखिन्छ ।
स्रोत: डिसी नेपाली समाज, सेन्टरभिल, अमेरिका
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/1B7C6E61-8171-47F2-B5CA-6BABA13BF1AE-300x225.jpeg?resize=300%2C225)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/EA6A3E7B-44BB-438C-AE66-961AE3380F4A-300x225.jpeg?resize=300%2C225)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/6C1A7F0D-0678-455A-856D-70455326FF01-300x225.jpeg?resize=300%2C225)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/1701D860-588C-41B8-A276-546A508B89A2-300x225.jpeg?resize=300%2C225)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/26037CA6-5C6D-4823-A5D3-34F09618EA25-300x225.jpeg?resize=300%2C225)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/C546DF0C-CAB0-40C8-8F95-6FA07E2CF7D8-300x225.jpeg?resize=300%2C225)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/1F47D94E-73E0-40EE-ACB9-8293EABCA9A1-e1541859641962-225x300.jpeg?resize=225%2C300)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/7E590E61-40F6-475F-B2BF-078BE3361149-300x225.jpeg?resize=300%2C225)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/A2CB3AC9-2676-4BA7-91B5-A01A7E9D755B-e1541859676663-225x300.jpeg?resize=225%2C300)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/01A83756-0C28-4C35-8BE3-F647A6D122A4-300x225.jpeg?resize=300%2C225)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/4CDF4A5B-83AD-403A-B50D-7E1CA7D48FF4-300x225.jpeg?resize=300%2C225)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/4AEB9527-7176-4B92-8B42-47F2ADA43BEE-300x225.jpeg?resize=300%2C225)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/F2D07691-8853-416E-B248-6686AC18AFEC-300x225.jpeg?resize=300%2C225)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/B7CC4B1F-AC10-403E-817F-AA5080843624-300x225.jpeg?resize=300%2C225)
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2018/11/3B1CE1FD-FBF3-4D8E-81C5-3C216680FE01-300x225.jpeg?resize=300%2C225)