डिसी नेपाली समाज, अमेरिकाले टीका र प्रसादसहितको जमरा वितरण कार्यक्रम  सम्पन्न गर्‍यो  

डिसी नेपाली समाज, अमेरिकाले टीका र प्रसादसहितको जमरा वितरण कार्यक्रम  सम्पन्न गर्‍यो

डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बी तथा श्रद्धालु भक्तजनहरुका लागि बडादशै २०७५ को अबसरमा यही October 10 तारिख, बुधवार वैदिक विधिपूर्वक घटस्थापन गरी १९ तारिख शुक्रबार दशमीको दिन नवदुर्गाको (विजया दशमी ) पूजापछि निशुल्क जमरा बितरणका साथै आशिर्वचनसहित टीका तथा जमरा ग्रहण  गर्ने कार्यक्रम सम्पन्न गर्‍यो । यो दशैँको नवदुर्गा अवधिभर प्रत्येक दिन विहान ७-१० सम्म पूजा आराधना तथा सप्तशती पाठ गरी सप्तमीको दिन बिहान पूजा तथा साँझ भजन किर्तनको कार्यक्रम समेत राखिएको थियो ।
अक्टोबर 19 तारिख दशमीको दिन विहान नवदुर्गा भवानीको पूजा आराधनाको  सम्पूर्ण पूजा पाठ सकेर ज्योतिष पण्डित श्री राजेन्द्र खनालद्वारा उपस्थित श्रदालु महानुभावहरुलाई आशिर्वचनसहित टीका तथा जमरा ग्रहण  गर्ने कार्यक्रम भयो । धेरै उपस्थित महानुभावले अमेरिकाको ब्यस्त जीवनका बाब्जुत पनि यसरी सामुहिक रुपमा बिधिबत तरिकाले स्थापना गरी टीका प्रसाद ग्रहण गर्न पाएकोमा गौरबको महसुस गरे भने केहीले भने जमरा लिन पाएकोमा खुशी ब्यक्त गरे । नेपालमा आफ्नो गाउठाउँमा जस्तोसुकै टीकाको चलन भये पनि यसरी बिधिपूर्वक पूजा पाठ गरिएको ठाउँमा अाइसकेपछि पहिले देवीको प्रसाद लगाई त्यही देवीको प्रसाद तथा टीका-जमरा आफ्नो घरमा उमारेको जमरामा मिसाइ अनि बल्ल घरमा आ-आफ्ना मान्यजन्बाट स-परिवारलाई टीका तथा जमरा लगाउने बानी गर्नु पर्छ, किनकी यो संसारमा भगवानको शक्ती भन्दा ठूलो बस्तु अथवा ब्यक्ति कुनै पनि हुन सक्दैन भनी पन्डित खनालले सम्झाउनु भयो । यस कार्यक्रममा नियमित तथा बिशेष रुपमा उपस्थित भइ स्वयम्सेवक रुपमा खट्नु हुने राजेन्द्र खनाल, अरुण रुपाखेती, ददि ढुंगाना, हृदयराज रुपाखेती, अजिता रुपाखेती, अन्जना अर्याल, कृष्ण चापागाई, हरिकृष्ण पुडासैनी, राम मिश्र आदिको सकृय भूमिका अतुलनीय रुपमा रहेको देखियो ।  
link for live news Enepalese by Bijay Thapa USA

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.