अमेरिकामा दशैंको टिका किन नेपालमाभन्दा पहिले ? – शिव हरि नेपाल र लेखनाथ भण्डारी

अमेरिकामा दशैंको टिका किन नेपालमाभन्दा पहिले ?

  –   शिव हरि नेपाल र लेखनाथ भण्डारी 


नेपाल र नेपाल बाहिर विशेषतः पश्चिमी गोलार्ध्दमा नेपाली सनातन पर्वहरु छुट्टा छुट्टै बार र गते पर्न पनि सक्छन् | कुनै तिथि नेपालमा एकदिन पछि पर्न सक्छ भने अमेरिकामा एकदिन दिन पहिले पनि पर्न सक्छ । यस्तो किन र कसरी हुन्छ ? यो लेखमा वि.सं.२०८० (सन् २०२३) सालको बडा दशैंलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाको दशमीको तिथि वा साइतका बारेमा चर्चा गर्न प्रयास गरिएको छ |

हाम्रा सनातन चाड पर्वहरु चन्द्रमास अनुसारको तिथिहरूमा मनाइन्छ । ज्योतिष शास्त्रका आधारमा ज्योतिषहरुले बर्षौंपछि भविष्यमा आउने पृथ्वीका विभिन्न स्थान र ती देशहरूमा लाग्ने चन्द्र ग्रहण र सूर्य ग्रहणलगायत अन्य तिथिहरू पनि पहिले नै यकिन गरेर पात्रो बनाउँछन ।


समयको अन्तर वा देशान्तर फरक पर्ने हुनाले कुनै पनि तिथि पूर्वी र पश्चिमी गोलार्ध्दमा फरक पर्न सक्छ । यही सालको विजया दशमी अमेरिकामा २३ अक्टोबर (सन् २०२३) सोमबार पर्छ भने नेपालमा त्यसको भोलिपल्ट अक्टोबर २४ मङ्गलबार ( ७ कार्तिक वि.सं.२०८०) पर्छ । यो तिथि अमेरिकामा भन्दा नेपालमा एक दिन ढिलो वा पछिल्लो बार किन पर्यो त यो सजिलोगरि बुझ्न चन्द्रमाको गति र तिथिको तथ्यहरु अध्ययन गर्नुपर्दछ ।

दिन र रात वा गते र बार २४ घण्टाका मात्र हुन्छन् । सबै तिथि २४ घण्टाको हुँदैनन् । तिथिहरू साधारणतया २१ देखि २७ घण्टा सम्मका हुन्छन् । तिथिहरू रात वा दिनको कुनैबेला पनि सुरु हुन सक्छन् । गते वा बार शुरू हुने समय सूर्योदय र सूर्यास्तसँग सम्बन्धित छ

बडा दशैं लगायतका परम्परागत चाडपर्वहरू कुन दिन मनाउने भनेर तिथिका आधारमा साइत हेर्ने चलन छ । ज्योतिष शास्त्रअनुसार तिथि चन्द्रमाको गतिको आधारमा गणना हुन्छ । तर तिथि भित्र पर्ने साइतको निर्धारण भने सूर्योदयसङ्ग सम्बन्धति छ । यो काम सुक्ष्मतितः ज्योतिष विज्ञानले गर्छ ।

कुनैपनि तिथिहरूको शुरुवात र अन्त्य पृथ्वीको सबै भागमा चन्द्रमाको कलाअनुसार एकैपटक हुन्छ । तर दिन र रात वा बार र गते भने सूर्यअनुसार फरक हुनेगर्छ । यो दिन र रात एकप्रकारको पृथ्वीको आफ्नै छायाँ मात्र हो । समयको मानकको गणना गर्न ग्रीनवीच रेखामा आधारित समय मानव जीवनको व्यावहारिक पक्षलाई सहयोग गर्न वा दिन र रातलाई छुट्याउन कल्पना गरिएको रेखा मात्र हो ।

विजया दशमीको टीकाको साइत सूर्योदयपछिको उत्तम समयलाई घड़ी पला आदिको गणनाको आधारमा जुराइन्छ । कुनै दिन अपरान्हपछि (दिउँसोको १२ बजेपछि) तिथि शुरू भएको अवस्थामा भने अर्को दिनको सूर्योदय पछिको समय भित्र साइत निकालिन्छ । सबै तिथिहरूको समयावधिले दुवै गोलार्ध्दको सूर्योदयलाई छुने भएकोले पश्चिममा अघिल्लो दिन वा पूर्वमा पछिल्लो दिन पर्नसक्छ । यस्तो सँधै पनि हुन्न तर पनि भइरहने प्रकृया पनि हो ।

जुन साल नेपालमा अपरान्हपछि दशमी शुरू हुन्छ त्यो साल अमेरिकामा बिहानको सूर्योदयपछिको साइतमा टिका लगाउनु ज्योतिष शास्त्रसम्मतः हुन्छ । र,त्यो सालको दशैं अमेरिकामा नेपालमाभन्दा अघिल्लो बार पर्छ । यो साल वि.सं.२०८० ( सन् २०२३) मा सालमा भएको ठ्याक्कै यस्तै हो ।

नेपालमा अपरान्हमा शुरु भएको तिथिको साइत जुराइएको अर्को दिन अमेरिकामा सूर्योदयको समयसम्म सो तिथि नरहन वा सूर्योदयको समय अगावै सकिन सक्छ । यो सालको विजया दशमीको सुरुवात नेपालमा काठमाण्डौको समयअनुसार कार्तिक ६ गते सोमवार (अक्टोबर २३) दिउँसो ३.११ बजे शुरु हुन्छ । तर यो अपरान्हको समय भएकोले ज्योतिष शास्त्रअनुसार दशैंको टिका वा अन्य शुभ कार्यको साइत नजुर्ने भएकोले नेपालमा भोलिपल्टको सूर्योदयको समयको साइत निकालिएको हो । नेपालमा सोमबार बिहान सूर्योदयको समयमा अघिल्लो दिनबाट शुरु भएको नवमी तिथिको अंश बाँकी भएकोले त्यो दिनभर नै नवमी मानिन्छ । तर अमेरिकाको वाशिङ्टन डीसी वा न्यूयोर्क (अमेरिकी पूर्वी समय) मा अक्टोबर २३ तारिख सोमबार बिहान ४.२६ बजे नै दशमी तिथि शुरू हुन्छ । नेपालमा त्यो समय भनेको बिहान नवमी शुरु भएको बेलुकी वा अपरान्हपछिको दशमी शुरुको समय हो । त्यसैले भोलिपल्ट सूर्योदयपछि बाँकी हुने दशमीको अंशलाई आधार मानेर शुभकार्य गरिने हुँदा मङ्गलबार बाँकी रहने दशमी भित्र साइत निकालेर नेपालमा दशमीको टिकाको साइत जुरेको नेपाल पचाङ्ग निर्णय समितिले निर्धारण गरेकोछ । यदि नेपालमा टिकाको साइत भएको १० घण्टापछि वा अर्को दिन टिका लगाउने भनेर अमेरिकामा कुरेर बस्दा नेपालामा मात्र होइन अमेरिकामा पनि दशमी तिथि र साइत दुवै सकिइसकेको हुन्छ ।

जुन साल नेपालमा बिहानै दशमी शुरू हुन्छ र रातिसम्म वा भोलिपल्ट बिहानसम्म जान्छ,त्यो सालमा भने अमेरिकामा पनि त्यही बार र त्यही दिन सूर्योदयको समयमा दशमी तिथि पर्नजान्छ । यस्तो अवस्था हुँदा नेपालमा मनाएपछि अमेरिकामा मनाएको जस्तो देखिएको हो । 


यो वर्षको दशमी २१ घण्टा ३१ मिनेटको छ । अमेरिकामा सोमवार २३ अक्टुवर सकिएपछि २४ अक्टुवर शुरु हुँदाको मङ्गलबार रातको २:०४ मिनेटमा र नेपालमा भने मङ्गलवार दिउँसो १२:४९ मा दुवैतिर दशमी एकै समयमा सकिन्छ । नेपाल पञ्चाङ्ग निर्णय समितिकाअनुसार यो सालको विजया दशमीको टिकाको साइत अमेरिका ( न्यूयोर्क) मा सोमवार बिहान १०:४७  बजे र नेपालमा भने मङ्गलवार बिहान ११:०२  बजे रहेको छ |

अमेरिकामा यो साल अक्टोबर २३ तारिख सोमबार सूर्योदयभन्दा पहिलेदेखि सूर्यास्त पछिसम्म दशमी तिथि छ | नेपालमा भने यही दशमी तिथि सूर्योदयको समयमा अक्टुवर २४ मङ्गलबार बिहान ६:०९ देखि अपरान्ह १२:४९ सम्म करिव ६ घण्टा
छ । अमेरिकामा भने अक्टोबर २४ मङ्गलबार राति २:०४ बजे दशमी सकिन्छ र एकादशी सुरु हुन्छ | अमेरिकामा अक्टोबर २४ मङ्गलबार दशमी नरहेको नेपाल  पञ्चाङ्ग  निर्णय समिति र अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले सार्बजनिक गरेका पात्रोहरूमा पनि उल्लेख छ |

अमेरिकाबासी नेपालीहरूले ज्योतिष शास्त्रअनुसारको वा नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको तिथि र साइत यकिन नगरेर सामान्यतः नेपालमा
भन्दा अमेरिकाको समय १०-११ घण्टा ढिलो छ भन्ने कुरालाई मात्र ख्याल गरेको देखिन्छ | पहिले नेपालमा काठमाण्डौमा राजपरिवारका लागि जुराइएको साइतपछि मात्र सर्वसाधारणले टिका जमरा लगाउन शुरु गरिन्थ्यो र अहिले पनि त्यही अनुसार टिकाको साइत सार्वजनिक गरिन्छ | तर नेपाल भित्र भएपनि नेपाल पञ्चाङ्ग समितिको पात्रोको आधार मानेर हेर्ने हो भने इलाम र दार्चुलाको टिकाको साइतको समय फरक पर्छ | नेपाल बाहिर अमेरिका,क्यानडा,अष्ट्रेलिया आदि देशमा बस्ने नेपाली समुदायमा विजया दशमी र टिकाको साइत बारे स्पष्ट दृष्टकिोण र एकरुपता छैन | नेपालमाभन्दा पछि हुन्छ वा सराध्देमा बिरालो बाँध्नै पर्ने भनेजस्तै अन्धविश्वास र विवाद छ | तर नेपाली समुदायका केही परिवार, भारतीय हिन्दू समाज र भुटानी नेपालीहरूले भने ज्योतिष शास्त्रको मान्यता तथा यहाँ उल्लेख गरिएअनुसारकै तिथि र साइतमा पर्वहरू मनाउने गरेका छन् |


हाम्रा सामाजिक पर्वहरूलाई धार्मिक मात्र होइन संसारकै पुरानो सनातन
सभ्यता मान्ने हो भने तिनलाई जुन ज्योतिष शास्त्र सम्मत: हुन्छ,त्यो नअपनाउँदा  ज्यादै संकुचति र अवैज्ञानकि हुन्छ । विश्वमा हिन्दूहरुले जुन शास्त्रलाई मानक मानेका छन्, हामीले पनि पञ्चाङ्ग निर्णय समतिलाई नै मान्नुपर्छ । तसर्थ यो दशैं हामीले अमेरिकासम्म ल्याउने र संसारमा पनि विस्तार गर्ने हो भने त्यसको
विज्ञान र ज्योतिष शास्त्रको मानक अपनाउनुपर्छ । यसलाई नेपालको कुनै वर्ग,परिवार वा समुदायमा मात्र सीमति गर्दा आउने पुस्ताले यससँग जोडिएको वैज्ञनिक तथ्य फेला पार्न सक्दैनन् |

दशैंको परम्परागत मान्यता नवदुर्गाको आराधना वा देवीको शक्तिको महिमा हो । देवी वा अन्य देवहरूको उत्पत्तिका बारेमा विभिन्न धार्मिक मान्यता,मिथक वा श्रुति परम्पराहरु छन् । दशैं असत्य माथि सत्यको विजयोत्सव हो । सनातन हिन्दू धर्म परम्परामा मात्र होइन अन्य धर्महरूमा पनि पूर्व र पश्चिम गोलार्ध्दमा कुन दिन कुन चाडपर्व मनाउने भनेर विवाद छन् ।

आगामी बुद्ध पूर्णिमा  काठमाण्डौ र न्यूयोर्कमा एउटै गते र बार मे २३ तारिख बिहिबार  पर्दैछ । न्यूयोर्कमा मे २२ को बिहान ०५.११ मा हुने सुर्योदय पछि बिहान ०७.३५ मा पुर्णिमा तिथि सुरु भएकोले भोलि पल्टको सूर्योदय लागेपछि नै मान्यता दिनु पर्ने हुँदा न्यूयोर्कमा पूर्णिमा बिहिबार परेको हो । काठमाण्डौमा बुधबार बेलुकी पूर्णिमा लागे पनि भोलिपल्ट बिहिबार सूर्योदय भन्दापछि रहने पूर्णिमालाई मानिन्छ ।

यसरी, ज्योतिष शास्त्रको सिध्दान्तले गणना गरेको तथ्यलाई आधार मानेर हेर्दा कुनै तिथिहरु नेपाल र अमेरिकामा एकै बार र एकै गते पर्छन् भने कुनै पर्दैनन् । यदि फरक बार पर्यो भने पहिला अमेरिकामा र एउटै बारमा पर्यो भने अमेरिकामा १० घण्टा पछि परेजस्तो लाग्छ | त्यसैले संसारभर आफू बसोबास गरेको देशको स्थानीय समय मिलाएर स्थानीय तिथि, लगन र साइत निकालिन्छ।

बुद्ध पुर्णिमा बाहेक कृष्ण अष्टमी, राम नवमी, शिव त्रयोदशी आदि पनि तिथिकै आधारमा मनाइन्छन् । सूर्यमासअनुसार मनाइने पर्वहरु संक्रान्ति र मसान्त मुख्य हुन् भने बाँकि चन्द्रमासको तिथि अनुसार मनाइन्छन् ।

नेपाल बाहिर नेपालीहरूको संख्या दिनहुँ बढिरहेको छ | विदेशमा बस्ने नेपालीहरुको पहिचान, मनोरन्जन र सामाजिक एकताको निम्ति नेपाल बाहिरका नेपाली सामुदायिक संघ संस्थाहरुले पारदर्शीरूपमा सम्बन्धित विज्ञहरूसँग छलफल गरेर ज्योतिष शास्त्रअनुसार चाडपर्वहरू मनाउने विषयमा एकरुपता दिन पहल गर्नु आवश्यक छ |

चित्रमा देखाइएको विवरण-

१. सूर्य – जसलाई स्थिर र केन्द्रबिन्दु मानेर खगोल शास्त्र र ज्योतिष शास्त्रआनुसार समय मापन गरिन्छ |
२. चन्द्रमाको कला (दशमी तिथि) जम्मा २१ घण्टा ३८ मिनेट छ |
३. पृथ्वी एकचोटी घुम्दा दिन र रात गरेर २४ घण्टा हुन्छ |
दशमी न्युयोर्क (अमेरिका) मा सोमबार बिहान दशमी सुरु हुन्छ ।
 – काठमाण्डौमा सोमबार बेलुकी दशमी सुरु भएपनि भोलिपल्ट मङ्गलबार सुर्योदय पछिको दशमी मान्य हुने र मङ्गलबार दशमी मनाइँदैछ |
४. चन्द्रमाको पृथ्वीलाई घुम्ने वृत जसले २७-२८ दिन लगाएर २७ नक्षत्र पुरा गर्छ |
५. पृथ्वीले सूर्यलाई १ वर्ष लगाएर घुम्ने वृत यस्तो हुन्छ – चित्रमा – 

) बुद्धको जन्म पुर्णिमामा, कृष्णको जन्म अष्टमीमा , रामको नवमीमा , शिवको त्रयोदशी तिथिमा पर्छन् तिथिको गणना ज्योतिष विज्ञानले गर्छ युग योनिचक्रका कुरा छोडेर साधारण हिसाब गर्दा पनि २५०० बर्ष अगाडिबुद्ध थिए, कृष्ण कम्तिमा पनि  ५०००,  राम शिव पांच सात हजार  बर्षअगाडिका थिए भन्ने कुरा  प्रमाणित भैसकेको छ।

 

यसको मतलव हाम्रा देवी देवताहरु भन्दा पहिले देखि नै धर्माबलाम्बिहरुलेवैदिक ज्योतिषपंचांगका सिद्धान्तहरुलाई यो धर्तीमा सनातनी मान्दै आएकाथिए।शिवपुराणमा पार्वतीले शिवजीलाई ज्योतिष बुझ्न जटिल , कुन दशाप्रणालीबाट जीवनको भबिष्य बारेमा बुझ्न ठीक होला ? भनी सोध्दा, कलियुगमा त्रिभागी दशा सजिलो हुन्छ भनेर शिवजीले सल्लाह दिएकोउल्लेख | यसबाट देवी देवाताहरुले समेत बिनासर्त ज्योतिष सिद्धान्तमानेको प्रमाणित हुन्छ

 

संसारको  प्राचिनतम् ज्योतिषबिद्या ज्ञान बिज्ञानको  समिश्रण भन्डारहो त्यसैले बैदिक ज्योतिष बिध्याका समय मापनका सिध्दांन्तहरुलाई नासा खगोल शास्त्रले समेत  सटिक मानेर अनुसरण गरेका छन् सिद्धान्त ज्योतिषलाई अरु आधुनिक विज्ञानको  जननी मान्न सकिन्छ

ज्योतिष विज्ञानलाई च्यालेन्ज गर्न सक्ने सामर्थ्य हामीमा छैन त्यसैलेआफुलाई सनातनी धर्म मान्ने भन्नेले ज्योतिष शास्त्रको बिरोध गर्ने कुराअसम्भब जस्तै हो

 

) हामीले हेर्ने परम्परागत पात्रोमा सुर्यमास, चन्द्र मास , बिक्रम सम्बत, इस्वी सम्बतका क्यालेण्डर लगायत धेरै कुराहरु मिलान गरिएको हुन्छ

 

) सनातनका प्राय चाडपर्ब, श्राद्ध चन्द्रमास अनुसारको तिथिमा पर्छन् वैदिक ज्योतिष अनुसरण गरेर निकालिन्छ

 

) सुर्यमास अनुसार मनाइने चाडहरु भनेको महिनाको पहिलो दिन पर्नेसंक्रान्ति महिनाको अन्तिममा पर्ने दिन मसान्त मुख्य हुन् बाँकि सबैचन्द्रमास अनुसारको तिथि अनुसार पर्छन्

 

) हरेक गते बार २४ घन्टाका हुन्छन, बारको नाम ज्योतिष शास्त्र अनुसारसात ग्रहका नामबाट आइतबार सोमबार मंगलवार आदि राखिएका छन्

 

) सौर्य मास अनुसार पर्ने महिना बैशाख जेठ आदि , गते बार बढ्ने वाहराउने तथा दिन २४ घण्टा भन्दा बढि हुने कहिल्यै हुँदैन

) तर चन्द्रमास कहिले काही पुरै महिना गायब हुन्छ, जसलाई क्षयमासभनिन्छ, अतिरिक्त थपियो भने मलमास पर्छ

) सबै तिथि २४ घन्टाको हुँदैनन्, तिथिहरू साधारणतया १९ देखि २६घन्टाका हुन्छन् तर दिन २४ घण्टाको हुन्छ

त्यसैले तिथि कुनैबेला पनि सुरु हुन सक्छ, कहिले बिहान, कहिले बेलुकी, कहिले दिउँसो, कहिले रातमा सुरु हुन सक्छ | तेसैले जुन स्थानमा सुर्यदयहुदाँ तिथि रहन्छ तै दिन मान्य हुन्छ

 

) सूर्य चन्द्र ग्रहण ठाउँ अनुसार छुट्टा छुट्टै समयमा देखिए जस्तै तिथिसाइत लगन पनि आफु बस्ने वा पर्व मनाइने स्थानअनुसार छुट्टा छुट्टैनिकाल्नु पर्छ |

 

त्यसैले पंचांग निर्माता तथा निर्णायक समितिले नेपालको लागी बनेको पात्रो नेपाललाइ मात्र हो यो बिदेशमा प्रयोग गर्न मिल्दैन भनेर निर्णय गरेको | हाम्रा संस्कार परम्परागत मान्यताहरु बिश्वब्यापी रुपमा बिज्ञान सम्मत हुनसकोस भनेर अमेरिका लगायत अरु देशहरुको लागि अन्तर्राष्ट्रीय पंचांग लेछुट्टा छुट्टै पंचांग(पात्रो) बनाएको छ।

 

अब त्यो पात्रो(पन्चान्ग) उपलब्ध गरी आफ्नो आफ्नो संस्कार परम्परालाईध्यानमा राखेर विधि ज्योतिष बिज्ञान सम्मत तरिकाले   विदेशमारमाइलोसँग एकताबद्ध भई नेपाली श्राद्ध तिथी चाडपर्व मनाउने जिम्मातपाई हामी विदेशमा बस्ने नेपालीहरूको । 

त्यसै गरी सम्बन्धित ज्योतिष बिज्ञहरुको सभा गोष्ठी राखेर जनमानसमा  चेतना फैलाई एकरुपता ल्याउने दायित्व, नेपाल बाहिरका नेपाली  समाजका संघ, संथा र सामाजिक अभियन्ताहरुको।

ता कि, हाम्रो भावी पुस्ताले बैज्ञानिक आधारको मान्यतामा संसारभरी मनोरंजन पुर्ण तवरले आफ्नो चाडपर्व मनाउंदै शिर ठाडो राखी आफ्नो सनातन परम्परालाइ युगौं युग अक्षुन्न राख्न सकुन।

…………इति श्री

नोटः यो लेखसॅग सम्बन्धित कुनै पनि जिज्ञाशा भएमा तलको यस कमेन्टबक्समा कमेन्ट गर्न सक्नु हुनेछ । धन्यवाद ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.