अमेरिकामा बडादशैँको टीकाको शुभसाहित ४ तारिख, मंगलबार तर धेरै जनाले टीका भने ५ तारिख लगाउने

वासिंटन डीसी अमेरिका ०९/२९/२०२२
अमेरिकामा बडादशैँको टीकाको शुभसाहित ४ तारिख, मंगलबार तर धेरै जनाले टीका भने ५ तारिख लगाउने  
 खोजकर्ता : राजेन्द्र खनाल
यस वर्षको दशैँको टीकाको साइत नेपालका लागि असौज १९ गते ११:५१ बजे जुरेको छ। भने अमेरिकाको लागि अक्टोबर ४ तारिख जुरेको छ । 
 नेपाल पञ्चांग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले टीकाको साइत जुराएको हो।

नेपाल पञ्चांग निर्णायक  समितिको भदौ ३१ गते बसेको बैठक र अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिको असौज छ गते बिहीबार बसेको बैठकले टीकाको साइत र तालिका निकालेका हुन् । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले कुन देशमा कति बजे टीका लगाउने भन्नेबारे शुभसाइत र समय निकालेको छ। नेपालमा भने असोज १९ गते ११:५१ बजे टीकाको उत्तम साइत जुरेको नेपाल पञ्चांग निर्णायक समितिले अमेरिकाको न्युयोर्कमा अक्टोबर ४ तारिख ११:११ बजे, वाशिंटन डिसी, भर्जिनिया, मेरिल्याण्ड वरपर ११:२५ बजे केन्टुकी ११:५५ बजे, टेक्सास ११:३५ बजे र क्यालिफोर्निया ११:३५ बजे सोही दिन अक्टोबर ४ तारिख दसैँको टीकाको शुभसाइत जुरेको छ । त्यसै गरी सोही दिन अक्टोबर ४ तारिख  ११:३९ बजे क्यानडाको टोरेन्टोमा बस्नेले दसैँको टीका लगाउन उत्तम साइत जुरेको छ।

बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि सामाजिक सन्जालमा साईतको विषयलाई लिएर टीका टिप्पणी गरेको पाईयो ।
यहाँ कसैले कसैको कुरा पनि सुन्ने र बुझ्ने हैन कि आफूलाई नै सर्वज्ञ ठान्ने बानी भएकोले यो समस्या उत्पन्न भएको हो ।यसपाली धेरै गुरुहरुको एक्यमत पाईयो, सबै गुरुहरुको भनाईबाट के बुझियो भने यदि तपाई तिथिमितिअनुसारको शुभसाईतमा टीका लगाउने हो भने ४ तारिख उत्तम समय छ भने नेपालमा लगाईसकेपछि लगाउने हो भने ५ तारिख लगाउँदा पनि हुन्छ । तर आफ्नो घरको वा मन्दिरको देवी विसर्जन तथा टीका जमरा अर्पणको समय भने ४ तारिखकै शुभसाईतमा गरेको राम्रो हुन्छ ।
 यस कुरालाई लिएर विवादमा जानु पर्ने कुनै कारण नै छैन । हामीले परम्परालाई मान्दा त्यसलाई वैज्ञानिक ढंगबाट विचार गर्न थाल्यौँ र त्यसलाई परिष्कार गर्दै लग्यौँ भने मात्र त्यसले धर्म तथा सँस्कृतिको रुप लिन सक्छ । यस कुरामा गुरुहरुका पनि कमी कमजोरी धेरै हुन सक्छन्, सजिलोसँग बुझाउन नसक्नु र बुझ्नेले पनि बुझेजस्तै गर्नु तर कुरा पटक्कै नबुझ्नु दुबैको कमजोरी हुनसक्छ । अहिलेको यो युगमा आएर ज्योतिष विज्ञान झुटो छ भन्न सकिँदैन, त्यहीँ ज्योतिष विज्ञानबाटै अहिलेको आधुनिक विज्ञानको जन्म भएको हो । ग्रह, तारा नक्षत्रको हिसाब किताब गणनाको जुन पद्धति छ त्यसलाई खगोलीय ज्यामितिको हिसाबले  मात्र बुझ्न सकिन्छ । ठाउँअनुसारको अक्षांश र देशान्तरका माध्यमबाट हिसाब गरी समय निर्धारण गरिन्छ । दशैँको टीकाको साईत निकाल्दा सूर्योदय बार र चन्द्रोदय तिथिको आधारमा श्रवण र अभिजित नक्षत्र पर्ने गरी तय गरिन्छ ।
हाम्रो धर्म सँस्कृतिले कसैलाई पनि यसो गर्नै पर्छ भनी बाध्य पार्दैन, त्यसै कारणले गर्दा पनि हाम्रो सँस्कार र धर्मले उच्चतम मान्यता प्राप्त गरेको छ, यसैको खोजीमा विज्ञान अहोरात्र खटिरहेको छ । हाम्रा वेद पुराणहरुमा जे जे कुराहरु लेखिएका छन् अहिलेको आधुनिक विज्ञानले त्यसको खोजबिन गरी प्रमाणित गरिरहेको कुराहरु असंख्य छन् ।
 जुन ज्योतिषीले गणना गरेको पात्रोलाई तपाईहरु विश्वास गर्नु हुन्छ, अझ प्रस्टरुपमा भन्नु पर्दा जुन “नेपाल पन्चांग निर्णायक समितिद्वारा नेपालका लागि बनाईएका पात्राहरुको गणना र त्यसमा उहाँहरुले निकालेको साईतमा तपाई विश्वस्त हुन सक्ने तर उनै ज्योतिषीहरुको संगठनमा सरसल्लाह गरी छलफल भई उनीहरुकै निष्कर्षमा विदेशको लागि बनेका वा विदेशको भूमिमा यदि तपाईहरु हुनु हुन्छ भने तपाईहरुको लागि यो साईत उपयुक्त हुन्छ है भन्दा तपाईहरुजस्ता व्यक्तिलाई अप्ठेरो महसुस हुनु पर्ने कारण चाहिँ के होला ? अध्ययनको कमी वा बहुमतको आधारमा तय गरिने राजनीतियुक्त परिभाषा । यस्ता मसिना कुराहरुमा बहुमतलाई मान्नु पर्छ सत्यता जस्तोसुकै होस् भन्न थाल्नु भयो भने त्यो परम्परामा मात्र सीमित रहन सक्छ सँस्कार जस्तो बन्न सक्दैन । त्यसकारण पनि यस्ता कुराहरुमा विचार पुर्याउनु पर्छ । यो विषयमा हामीले बताउन थालेकै ७/८ वर्ष भईसक्यो तर पनि संख्या बढ्न सकेन, किनकि अनलाईन मा आउने २/४ वटा पोर्टलहरुले केही अनलाईन एप्सहरुले ठाउँ नजनाईकन नेपालकै आधारमा बनेका पात्राहरुलाई हुबहु कपी गरी राखिदिएको हुनाले पनि यो समस्या उत्पन्न भएको हो । विस्तारै उनीहरुले यो कुरा बुझ्दै जानेछन् अनि यी सबै समस्याको निराकरण हुनेछ  । यदि तपाईले मन्दिरले यसो गर्यो, मैले भनेको सुझाब मानेको भए हुन्थ्यो भन्न थाल्नु भयो भने मन्दिर सँस्था होईन व्यक्तिगत हुन पुग्छ । त्यसकारण मन्दिरहरुले यी कुरा गर्नु जरुरी छ, ब्यक्तिलाई स्वतन्त्रतामा जति छुट हुन्छ मन्दिरलाई वा सँस्थालाई हुँदैन । मन्दिरमार्फत सन्चालन गरिने कुरा बिचार पुर्याउँदै जानुहोला  मन्दिर सन्चालकज्यूहरुले किनकी मन्दिर तपाईको मात्र होईन सबैको साझा हो । शब्दहरुको प्रयोग गर्दा पनि मन्दिर सन्चालक समितिको पदमा बसेका व्यक्तिले नराम्रो भाषा/ वाक्यको प्रयोग  गर्नु हुँदैन, व्यक्तिलाई स्वतन्त्र रुपमा छोडिदिनु पर्छ, जुन दिन लगाए पनि व्यक्ति स्वतन्त्र नै हुन्छ तर मन्दिर तथा सँस्थाले साईतमा देवी विसर्जन गरी टीका लगाउनु पर्छ ।समयको निकै महत्व हुन्छ । यदि तपाई शुभ साईतमा टीका लगाउन चाहनु हुन्छ भने अमेरिकामा ४ तारिख नै हो शुभ साईत, तर स्टेटअनुसार समय फरक पर्न सक्छ । होईन नेपालमा लगाएपछि टीका लगाउन चाहनु हुन्छ भने त्यो छुट तपाईलाई छ तर मन्दिर र सँस्थालाई त्यो छुट हुँदैन । तपाई आफ्नो घरमा टीका लगाउँदा फुर्सद मिलाएर लगाउन पनि सक्नु हुन्छ तर मन्दिरमा त्यसो गर्नु हुँदैन । मन्दिरमा सबैलाई समान हुने खालको व्यवहार गर्न सिक्नु पर्छ र गुरु तथा ज्योतिषी विज्ञहरुले भनेको कुरालाई अनुशरण गर्दै जानु पर्छ । यसो गरेमा हिन्दु मन्दिरहरुको संख्या पनि  बढ्दै जानेछ । आखिर जुन दिन लगाए पनि तपाईले आफ्नो परम्परा निभाउनु भयो ।महत्व बुझ्नु भयो भने फल पनि सोँचेभन्दा बढी नै मिल्छ। तर यस्ता झिनामसिना कुरालाई लिएर समाजमा बिवाद उत्पन्न गराउने, गुरुहरुलाई उल्टै अपशब्द बोली गाली गर्दै कमेन्ट लेख्ने गरेको पनि पाईयो यस्तो गर्नु हुँदैन , यसको सट्टा अध्ययन गर्न ।अन्वेषण गर्न तर्फ लाग्नु पर्दछ ।
महान चाड बडादशैँको हार्दिक शुभकामना ।
 धन्यवाद ।

Error: Contact form not found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.