तिहारको शुभ साईत कुन कुन देशमा कति बजे

अक्टोबर 20 /2022  – HCC संवाददाता वासिंटन डिसी अमेरिका

यस पाली पनि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा रहेका हिन्दू धर्मालम्बीहरुका लागि भाइटीकाको छुट्टाछुट्टै साइत निर्धारण गरेको छ ।

समितिको असौज ३० गते बसेको बैठकले विभिन्न  देशको समय अनुसार दिदीबहिनीले दाजु- भाइलाई टीका लगाउने साइतको समय  निर्धारण गरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष डा. माधव भट्टराईले बताउनु भएको छ ।

यसले रोजगारका शिलशिलामा विभिन्न देशमा रहेका नेपालीहरुलाई सहयोग पुग्ने उनको भनाइ थियो । मान्छेको बसोवासको आधारमा अक्षांश– देशान्तर, चर आदिलाई तिथि, घडीपलाका आधारमा सूर्यको उदयबाट गणना गरेर त्यो स्थानमा बसोवास गर्ने मानिसले लगाउने टीकाको साइत निर्धारण गर्न सकिन्छ ।

जस अनुसार यसपालिको भाईटीका लगाउने शुभ साइत  नेपालमा कार्तिक १० गते अर्थात अक्टोबर २७ तारिख विहान ११ : ३७ बजे शुभ साइत निर्धारण गरिएको छ भने अमेरिकाको न्यूयोर्क अर्थात् पूर्वी भागमा अक्टोबर २६ तारिख दिनको ११ बजेर २५ मिनेटको शुभ साइत रहने जारी विज्ञप्तिमा उल्लेख छ भने  वासिंगटन डीसीलगायत मेरिल्याण्ड, भर्जिनियामा ११:३७ बजेको शुभ साईत रहेको छ भने  अमेरिकाकै टेक्सासमा ११: ३३ बजेको साईत शुभ रहेको छ । त्यसैगरी २६ तारिख  क्यानडामा ११:३७ बजे नै भाइटीकाको शुभ साइत निर्धारण गरिएको छ । त्यसैगरी क्यालिफोर्नियामा ११: ३१ बजे तथा अस्ट्रेलियाको सिड्नीमा भने अक्टोबर २७ तारिख ११:१५ मा  छ भने सोही दिन जापानको टोकियोमा ११:३१ मा निस्केको छ ।

कार्तिक १० गते अर्थात् अक्टोबर २७ तारिख बिहान भारतको नयाँ दिल्लीमा  ११:५५ बजे भने  सोही दिन मलेसियाको क्वालालम्पुरमा १२:३१ बजे, युएईको अवुधाबीमा ११:४५ बजे समय तोकिएको छ । कतारको दोहामा सोही दिन बिहान ११: ०७ बजे, थाइल्याण्डको बैंककमा ११: २५ बजे, दक्षिण कोरियाको सियोलमा ११:१७ बजेको समय तोकिएको छ भने यस्तै, इजरायलको तेलअभिभमा ११: ५५ बजे, सिंगापुरमा ११:५३ बजे, हङकङमा ११:४५ बजे र साउदी अरेबियामा ११: १५ बजेको समय तोकिएको सो समितिले जनाएको छ ।

यसैगरी बेलायतको लण्डन सिटीमा २६ तारिखको ११:१५ बजे छ भने फ्रान्सको पेरिसमा सोही दिन ११:५५ बजेको साईत निस्किएको छ ।

अन्य देशहरुको साईत पनि यो तलको फोटोबाट देख्न सकिन्छ –

तिथि भनेको के हो र कसरी उदय हुन्छ ? पूर्वीय मुलुकभन्दा पाश्चात्य मुलुकमा अगाडि नै आउने कारण के हो गुरु ? भनी सोधिएको प्रश्नमा उहाँको उत्तर यस प्रकार रहेको छ – 
ज्योतिषको पाँच अंग मध्ये तिथि एक हो भने बाँकी बार, नक्षत्र, योग र करण हुन् । यी पाँच ( तिथि, बार, नक्षत्र, योग र करण ) लाई व्यवस्थित रुपमा गणना गरी बनाईएको वर्षभरिको क्यालेन्डरलाई पन्चांग ( पात्रो) भनिन्छ । यो दुई प्रकारको हुन्छ चन्द्र (Lunar)र सूर्य (Solar),  तर यसलाई गते अर्थात् तारिख र बारसँग मिलाउनका लागि सूर्यसिद्धान्तलाई आधार मानिन्छ ।
हाम्रो नेपाल तथा दक्षिण एसियामा मनाउने गरिएका जति पनि चाडपर्वहरु छन् ती सबै तिथिको आधारमा मनाईन्छन् । जुन कुनै कुनै ग्रह नक्षत्रहरुसँग पनि जोडिएर आउँछन् । गते र बार जस्तो एउटै समयमा तिथिको सुरुआत हुँदैन । दिन सधै २४ घन्टाको मात्र हुन्छ भने  तिथि सधै घटबढ हुन्छ । सधै एकनास हुँदैन । पृथ्वीको सर्वत्र ठाउँमा तिथिको सुरुआत एउटै समयमा हुन्छ भने अन्त्य पनि एकै समयमा हुन्छ । उदाहरणका लागि –
नेपालका लागि बनाईएका पात्राहरुमा भ्रातृ द्वितीया  तिथि  बुधबार दिउसो ३:३५ बजेदेखि सुरु हुन्छ भने सोही तिथि बिहीबार दिउसो २ बजेर १२ मिनेट ( नेपालको समय) मा सकिन्छ तर सोही तिथि
अमेरिकाको पूर्वी समयअनुसार बुधबार विहान ४ बजेर ५१ मिनेटदेखि  बिहीबार बिहान ३ बजेर २७मिनटसम्म्म मात्र भएकोले अमेरिकालगायतका पाश्चात्य मुलुकहरुमा बुधबार २६ तारिखलाई टीकाको साहित निस्किएको हो । सधैं यस्तो हुँदैन । यहाँ यदि दिउसोको समयमा तिथि सुरु हुँदो हो त एउटै वारमा पर्न आउँछ । अब तिथिको परिभाषातर्फ लागौँ –
चन्द्रमाको आधारमा गणना गरिने मितिहरूलाई तिथि भनिन्छ । यो चन्द्रमा र सूर्यको सम्बन्धको आधारमा गणना हुन्छ ।
“तनोति विस्तारयति चन्द्रकलामिति तिथि ।
तन्यन्ते कलया यस्मात् तस्मातास्तिथयस्मृता ।।”
तनु विस्तरणे धातुमा ईथिन् प्रत्यय लागेर तिथि शब्द बन्दछ । चन्द्रमाको कला विस्तारलाई तिथि भनिन्छ । अर्थात् सूर्य र चन्द्रबीचको कलात्मक अन्तर्सम्बन्ध नै तिथि हो।  सूर्य र चन्द्रमाको १२ अंशा (डिग्रि) अन्तरलाई १ तिथि मानिन्छ, यो हुनका लागि जति समय लाग्छ त्यतिनै १ तिथिको समय निर्धारित हुन्छ ।
चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। चन्द्रमालाई पृथ्वीको परिक्रमा पूरा गर्न करिब एक महिनाको समय लाग्छ । यसै क्रममा कहिले सूर्य तथा पृथ्वीको सन्मुख दिशा त कहिले विपरीत दिशामा पर्ने भएकाले कहिले पूर्ण रूपमा देखिन्छ भने कहिले देखिँदै देखिँदैन, कहिले आधा, कहिले सानो अथवा ठूलो आकारको देखिन्छ । यसरी चन्द्रमा कहिले दृश्य त  कहिले अदृश्य हुने क्रियालाई चन्द्रमाको कला भनिन्छ । चन्द्रमाको कलाको आधारमा चन्द्रमा पूरा देखिएको दिनलाई हामी पूर्णीमा(पूर्णी) र अदृश्य भएको दिनलाई हामी अमावश्या(औँशी)भन्छौँ । यसै गरी औँशीदेखि पूर्णिमासम्म पुग्न चन्द्रमाले १५ दिन लगाउँछ । पूर्णिमादेखि औँशीसम्म पुग्न अर्को १५ दिन लाग्ने हुँदा यसलाई कृष्ण पक्ष र शुक्लप़क्षका नामले अलग अलग नाम दिईएको छ जसलाई तिथि भनिन्छ । चन्द्रमाले परिक्रमा गरेर सकिन १ महिना लाग्ने हुँदा यसैलाई हामी चान्द्रमास भनेर जान्दछौँ । तिथिका  नामहरु यस प्रकार छन्:
त्यसै गरी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अमेरिका र क्यानडाको लागि तयार पारिएको दिव्यदृष्टि नेपाली  पन्चांगका अनुसार यमपन्चकको शुभ दिनहरु यसप्रकार राखिएको छ –
अमेरिका  र क्यानडालगायतका विभिन्न देशहरुमा यमपन्चक अर्थात् तिहारको शुभ साईत यस प्रकार रहेको छ –
#when is Tihar in USA ? Yamapanchak? Tyohar, Deepawali ?
1st:October 22, 2022 Saturday @ कर्तिक ५ गते शनिवार =
यमपन्चक प्रारम्भ/ काग तिहार/ धन्वन्तरी जयन्ती/ नयां गरगहना, भांडा वर्तन इत्यादि: किन्ने दिन
2nd. October 23, 2022 Sunday @ कर्तिक ६ गते आइतवार=
नरक चतुर्दशी / कुकुर तिहार / यमदीप दान
3rd. October 24, 2022 Monday@ कर्तिक ७ गते सोमवार =
गाई पूजा, लक्ष्मी पूजा/ सुखरात्रि/ दीपावली
4th. October 25, 2022 Tuesday@ कर्तिक ८ गते मंगलवार=
गोवर्धन पूजा / गोरू पूजा/ हलीतिहार / म्ह पूजा
5th -October 26,  2022 Wednesday@ कर्तिक ९ गते वुधवार=
कार्तिक शुक्ल द्वितीया/ यम द्वितीया / भाइटिका / किजा पूजा
🕉🇳🇵शुभ दीपावली तथा यमपन्चक – तिहारको हार्दिक शुभकामना सबैमा 🙏🔯🇺🇸🎆।
Happy Tihar 2079

One Comment

  1. Pingback: The five day of Deepawali with full story by Priest Rajendra Khanal – Hindu Cultural Center

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.