नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकद्वारा महाशिवरात्री पूजा तथा साँस्कृतिक कार्यक्रमको आयोजना

नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकद्वारा महाशिवरात्री पूजा तथा साँस्कृतिक कार्यक्रमको आयोजना

२०२१ मार्च १०

वाशिंगटन डिसी । नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकले यही बिहीबार बेलुका ५ बजेदेखि जुमको माध्यमबाट वैधिक महत्वको पर्व महाशिवरात्री विधिपूर्वक शिव पूजा-अर्चना, शिव बन्दना, नृत्य र भजन सहित भब्य रुपमा मनाउने भएको छ ।

सो कार्यक्रमको संयोजन गरिरहनु भएका हरिकृष्ण पुडासैनीका अनुसार महाशिवरात्रीको तयारी सम्बन्धमा सबै कामहरु पूरा भइसकेको छ । यसैगरी न्याकको सॉस्कृतिक समितिका संयोजक अरुण रुपाखेतीले अध्यात्मिक विधि प्रक्रिया अनुसार पूजाआजाको तयारी भैरहेको जानकारी गराउंदै सबै महानुभाबहरुलाई जुममार्फत जोडिएर सहभागी भइदिनुहुन अनुरोध पनि गर्नुभएको छ ।

महाशिवरात्रीको विधिपूर्वक पूजाअर्चना गर्न तयारी गरिरहनु भएका पण्डित गुरु राजेन्द्र खनालले बिहीबार बेलुका ५ बजेदेखि नै पूजाआजा सुरु गरिने र ६ बजेदेखि लाईभ कार्यक्रम मार्फत पूजा अर्चनाको दृष्य अवलोकन गराइने जानकारी दिनुभयो ।

यस सन्दर्भमा शिव भगवानको पूजा आराधनाको साथै विभिन्न स्तुति गान, मंत्र, नृत्यहरु र शिव ताण्डव लगायतका झाँकीका झलकहरु पनि स्थानीय बालबालिका, दाजुभाई दिदीबहिनीहरुले प्रस्तुत गर्नु हुने भएको छ ।

उक्त कार्यक्रममा पूजा गर्न ईच्छुक ब्रतालुहरु तथा जो सुकैले पनि जुम मार्फत् जोडिन सक्नु हुने बताइएको छ ।

जुमको लिंक यहाँ तल राखिएको छ ।

https://zoom.us/j/92071355779

कार्यक्रम : भर्चुअल डेमोसहित

समय : बेलुका ५ बजेदेखि , फेसबुक लाईभ ६ बजेदेखि

मिति : २०२१ मार्च ११ महाशिवरात्री

आयोजक : न्याक कल्चरल टिम भर्जिनिया यूएसए

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.