शिवलिङ्गको पूजा किन गरिन्छ ? शिवरात्री तथा रुद्री पूजाको महत्व , शिवलिङ्गमा किन जलधारा चढाइन्छ?
– By HCC Priest Rajendra Khanal USA
परापूर्व कालदेखि अहिलेसम्म शिवलिङ्गलाई किन पूजा गरिन्छ ? किन के का लागि रुद्री पूजा गरिन्छ ? शिवरात्रीको महिमाका बारेमा बुझ्नका लागि वेद, ईतिहास र पुराणलाई आधार मान्नु पर्ने हुन्छ ।हिन्दुबाहेक अन्य धर्म सँस्कृति मान्ने मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पूजा गर्छन् । यस्तो गर्नु राम्रो होईन, एकले अर्काको आदर गर्न सिक्नु पर्छ, घृणा गर्ने होईन, घृणाले द्वन्द्व निम्त्याउँछ र द्वन्व्दबाट युद्धको सुरुआत हुन्छ । ज्ञानको अभावका कारण धेरै मानिसहरुले पुरुषको प्रजनन प्रक्रियाको लागि बनेको र मूत्र विसर्जन गर्ने शरीरको १ अंग ( Penis) को रुपमा मात्र लिंगलाई बुझेको पाईन्छ ।
सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुहोस् यसको अर्थ जान्नुहोस् र भ्रमबाट मुक्त हुनुहोस्, ७४ को अर्थ शंख र चक्र भनिए जस्तै लिंगको अर्थ संस्कृतमा चिन्ह अर्थात् प्रतीक भन्ने हुन्छ ।
शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसै गरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।
आखिर के हो त शिवलिंग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात् त्यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी मात्र होईन ।
वास्तवममा यस्तो ब्याख्या दिग्भ्रमित गर्नका लागि अंग्रेजहरुबाट केही धर्मान्तरण गर्न खोज्ने नेपालीहरु गर्दै आएका छन् । हामीलाई थाहा छ, एउटा शब्दको भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिंगको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको योनि र आधार हो । यसलाई गहन अर्थमा बुझ्ने हो भने यसरी बुझ्न सकिन्छ –
शिवको आकाशरुपी लिंगले धर्तिरुपी शक्ति अर्थात् भग अर्थात् योनि (Vegina) लाई सुरक्षित गर्नको लागि विश्व ब्रह्माण्डलाई सुरक्षा कवचको रुपमा छोपी राखेको हुन्छ, जसका कारण पृथ्वीमा बस्ने समस्त प्राणीहरुको लागि आहार, विहार र स्याहारको व्यवस्थापन प्राकृतिक रुपमा चर्खा जस्तै घुमिराखेको हुन्छ ।
त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिंग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो । जस्तोः प्रकाश, आकाश स्तम्भ/लिंग, अग्नी स्तम्भ/लिंग, उर्जा स्तम्भ/लिंग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।
यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिंगका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिंगमा निहित हुन्छ । वास्तवममा शिवलिंग हाम्रो ब्रह्माण्डको आकृति हो ।
किन शिब लिंग को पूजा गरिन्छ त ? शिव शंभु आदि र अंतका देवता हुन् वहाको न कुनै स्वरूप हुन्छ न आकार वहाँ निराकार हुनुहुन्छ । आदि, अंत नभएको कारण लिंगलाई शिवको निराकार रूप मानिएको हो । त्यसैले शिवको साकाररूप मानी भगवान शंकर मानेर शिव लिंग रूपी प्रतीकको पूजा गरिएको हो । मानिसलाई एउटा यस्तो अद्भूत प्राणीका रुपमा कल्पना गरिएको छ कि विश्वब्रह्माण्डमा पाईने जतिपनि चिज बस्तुहरु छन् ती सबैलाई सुक्ष्मरुपमा मानिसको शरीरभित्र अटाईएको हुन्छ त्यसै कारणले मानिस देवता पनि बन्न सक्छ दानव पनि बन्न सक्छ । घरमा जस्तो सँस्कार दिईन्छ, गरिन्छ वा सिकाईन्छ मानिस त्यस्तै बन्छ ।
केवल शिव लाई नै निराकार लिंगको रूपमा पूजा गरिन्छ ।शिव लिंगको रूपमा समस्त ब्रह्मांड को पूजा हुन्छ र हिन्दु धर्म अनुसार वहाँलाई समस्त जगत को पति /मालिक मानिदैँ आएको छ । यसकारण शिवको मूर्ति र लिंग दुबै रूपमा पूजा गरिन्छ । ‘शिव’ को अर्थ हुन्छ– ‘परम कल्याणकारी’ र ‘लिंग’ को अर्थ – सृजनाशक्ति।
वेदमा उल्लेख भएअनुशार वेद र वेदान्त मा लिंग शब्द सूक्ष्म शरीर को लागि हो । सूक्ष्म शरीर १७ तत्वले बनेको हुन्छ। मन, बुद्धि, पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, र पाँच वायु. वायु पुराण का अनुसार प्रलयकालमा समस्त सृष्टि जहाँ लीन हुन्छ र पुन: सृष्टिकालमा जहाँबाट प्रकट हुन्छ त्यसैलाई लिंग भनिन्छ । यस प्रकार विश्व को सम्पूर्ण ऊर्जा नै लिंग को प्रतीक हो ।
पौराणिक कथाअनुसार जब समुद्र मंथनको समय सम्पूर्ण देवताहरू अमृतको आकांक्षी थिए तर मंथनबाटसारा संसारको समाप्त गर्न सक्ने कालकुट नामको विष पनि उत्पन्न भयो र उक्त विषलाई भगवान शिवले सहजता पूर्वक आफ्नो कण्ठ / घाँटीमा धारण गरेर ‘नीलकण्ठ’ हुनु भयो र संन्सारलाई बचाउनु भयो । समुद्र मंथनको समय निक्लिएको उक्त विष ग्रहण गरेको कारण भगवान शिवको शरीरमा दाह बढ्यो र त्यो दाहलाई शान्त गर्नको लागि शिवलिंगमा देवता र दानव मिलेर जल चढाईयो जसका कारण शिवजीको यो संसारमा उदीयमान भयो र जल चढ़ाउने परम्पराको प्रारंभ भएको हो । फलस्वरुप शिवजी प्रसन्न भएर सबै देवता र दानवलाई वरदानस्वरुप जसले शिवलिंगमा यसरी जल चढाएर (पन्चामृतसहितको) जसले मेरो पूजा अर्चना गर्नेछ उसलाई यस जन्ममा कल्याण गर्दै परम सुख र आनन्द प्राप्त गरी परमपदपछि शिवलोक कैलाशमा गई शिवजीको अन्य गणहरुसँग मिलेर बस्न पाउनेछ भनी आशीर्वाद दिनु भयो । यसैकारणले गर्दा यो परम्परा आजसम्म पनि चलि नै रहेको छ ।
श्री शिवमहापुराण को सृष्टिखंड अध्याय १२ श्लोक ८२ देखी ८६ मा ब्रह्मा जी का पुत्र सनत्कुमार जी वेदव्यासजीको उपदेश दिदै भन्नु हुन्छ – हर गृहस्थले देहधारी सद्गुरूबाट दीक्षा लिएर पंचदेव (श्री गणेश, सूर्य, विष्णु, दुर्गा, शंकर) को प्रतिमाको नित्य पूजा गर्नु पर्छ किनकी शिव नै सबको मूल आधार हो, मूल (शिव) को पूजा र पाठले सबै देवता प्रसन्न हुन्छन् तर अरू देवताहरू प्रसन्न भए पनि प्रभु शिवलाई भने जलको साथमा दूध दही घ्यू मह र सक्खर विना तृप्ति हुँदैन ।
यसकारण श्री शिवमहापुराण सृष्टिखंड अनुसार सृष्टि का पालनकर्ता श्री विष्णुले एक पटक सृष्टिका रचयिता ब्रह्माको साथ निर्गुण-निराकार-अजन्मा ब्रह्म(शिव) को प्रार्थना गर्नु भयो – भोलेनाथ हजुर कसरी प्रसन्न हुनुहुन्छ भन्दा प्रभु शिवले भन्नुभयो – ‘यदि मलाई प्रसन्न गर्ने हो भने शिवलिंगमा जल चढाई पूजा गर्नु । जब जब कुनै प्रकार को संकट या दु:ख आई पर्छ । शिवलिंगमा पूजा र अभिषेक ( रुद्री) गर्नाले समस्त दु:ख को नाश हुन्छ ।
जब देवर्षि नारदले श्री विष्णुलाई श्राप दिएपछि पश्चाताप गर्नु भयो तब श्री विष्णुले नारदजीलाई पश्चात्ताप नगरी शिवलिंग को पूजा र शिवभक्तको सत्कार, नित्य शास्वत नाम को जप गर्न भन्नु भयो उहाँलाई पश्चात्तापको प्रायश्चित्त भयो । ….
क्रमश : …
यो वर्षको शिवरात्री ( मार्च ११, २०२१ ) तथा पूजाको आयोजना न्याकद्वारा गरिन लागेकोले लागि भर्चुअल माध्यमबाट गरिन लागिएकोले ईच्छुक महानुभावहरुले सम्पर्क राख्नुहोला । सम्पर्क : ७०३-८७०-६४८० धन्यवाद ।
समय बेलुका ६ बजे