शक्तिकेन्द्र डालस, टेक्सास डिसेम्बर १८
श्रीराम सँस्था अमेरिकाको आयोजनामा यहीँ डिसेम्बर १९ तारिख बेलुका ७ बजे सीताराम विवाह (विवाह पंचमी) को उपलक्ष्यमा विविध कार्यक्रमसहित नेपाली रामचरितमानस सुन्दरकाण्डको संगीतमय पाठ पारायण गरी मनाइदैछ । पाठ पारायण सुन्न र पाठ गर्न का लागि सबैलाई जूममा जोडिन आयोजकले अनुरोध गरेका छन्।
पाठ पारायण गर्ने विद्वान मनीषी सुमधुर स्वरका धनी हुनुहुन्छ दार्जिलिंग भारतबाट वरिष्ठ गायक श्री गोपाल वशिष्ठ काठमांडू नेपालबाट सफल तबलावादक श्री अच्युतम् भण्डारी सिक्किम भारत बाट पंडित श्री रूप नारायण तिम्सिना एवं नेपाल का प्रखर युवा विद्वान पण्डित श्री पुरुषोत्तम लम्साल
हुनुहुन्छ। जूमबाट सम्पन्न हुने यस कार्यक्रममा विशिष्ट महानुभाव हरुको विशेष उपस्थिति रहने कुरा आयोजकले बताएका छन्
अमेरिकामा श्रीराम सँस्था ले धेरै सामाजिक धार्मिक कार्यक्रम संचालन गर्दै आएको छ।
राम सीता र रामायणलाई विश्वभर् फैलाउने यस सँस्थाको उद्देश्य रहेको छ ।
Error: Contact form not found.