जयतु संस्कृतम् शाखा अमेरिका र विश्व अध्यात्म केन्द्र अमेरिकाको दोस्रो वार्षिकोत्सव कार्यक्रम भब्यरुपमा सम्पन्न

जयतु संस्कृतम् शाखा अमेरिका र विश्व अध्यात्म केन्द्र अमेरिकाको दोस्रो वार्षिकोत्सव कार्यक्रम भब्यरुपमा सम्पन्न

डिसेम्बर २७, २०२०
न्यूयोर्क, अमेरिका

जयतु संस्कृतम् शाखा अमेरिका र विश्व अध्यात्म केन्द्र अमेरिकाको दोस्रो वार्षिकोत्सव कार्यक्रम जुममार्फत भर्चुअलरुपमा सम्पन्न भएको छ ।
अमेरिकाको ईस्टर्न समय साँझ ५ बजे सुरु भएको उक्त कार्यक्रम स्वस्तिवाचनसहितको मंगलाचरणबाट सुरु भएको थियो भने कार्यक्रमको संयोजन न्यूयोर्क निवासी पिपलमणि सिग्देलले गर्नु भएको थियो । यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा कनेक्टिकट निवासी स्बामी बाल गोपाल रहनु भएको थियो भने कार्यक्रमको सभापतित्व गुरु चूडामणि पाठकले गरिरहनु भएको थियो । पूर्वीय संस्कृति र सभ्यतालाई संस्कृत भाषाको माध्यमबाट विश्वभर चिनाउनका लागि अमेरिकामा यसको शाखा विस्तार गरिएको छ भने आध्यात्मिक क्षेत्रलाई विश्वभर फैलाउनका लागि स्थापना भएको विश्व अध्यात्म केन्द्रले स्थापना कालदेखिनै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।
सँस्कृत भाषाको उत्थान र अध्यात्मको क्षेत्रलाई लिएर अगाडि बढेमा आफ्नो साथ सहयोग र सल्लाह प्रदान गर्ने कुरामा आफू प्रतिबद्ध रहेको भाव झल्काउँदै शुभकामना व्यक्त गर्नु हुने व्यक्तित्वहरुमा
विश्वरक्तदाता अर्जुन मैनाली
साहित्यकार : राजेन्द्र अर्याल
योगगुरु- लक्ष्मण पन्थी
अनेसास का कोषाध्यक्ष- कृष्ण गिरी
क्यालिफोर्नियाबाट प्रकाश पाण्डे,
बेलायतबाट दुर्गा प्र. पोखरेल,
शान्ता अधिकारी घिमिरे
नेपालबाट श्रीधर लामिछाने र धर्मराज कोईराला
बाल कलाकार गौरव गौतम तथा छोटो समयमै कलाकारिताको माध्यमबाट आफूलाई समाजमा स्थापित गर्न सफल मुरारी गुरागाईँ, चूडामणि पाठक र भर्जिनियाबाट युवा कलाकार कला न्योपाने, ज्योतिष गुरु पद्मलाल ढकाल, डा. तारा निरौला, सुनिता खत्री, आध्यात्मिक अध्येताको रुपमा आफूलाई परिचित गराउन सफल परशुराम भण्डारी, न्यूयोर्कबाट उद्धव शास्त्री, क्यानडाबाट जगदीश गैरे, टेक्सासबाट मेघराज निरौला र थलराज पन्त र तुलसीराम कँडेल हुनुहुन्थ्यो ।
यसैगरी अमेरिकामा मठ मन्दिरहरुको निर्माण कार्यका लागि अगाडि बढिरहनु भएका प्रमुख अतिथि स्वामी बाल गोपालले अध्यात्म ज्ञान र सँस्कृत भाषाको महत्व बताउँदै यस्तो क्षेत्रमा लाग्ने व्यक्ति महान बन्न सक्छन् भनी अनेक उदाहरण प्रस्तुत गर्दै गुरुबाट प्राप्त ज्ञानको महत्व दर्शाउँदै सुख शान्तिको कामना गर्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यस्तै आयोजकका तर्फबाट भर्जिनिया निवासी गुरु राजेन्द्र खनालले वेद मन्त्रको उच्चारण गर्दै सबै बक्ताहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
यसैगरी कार्यक्रम संयोजक तथा संन्चालक पिपलमणि सिग्देलले अब यी सस्थाहरुमार्फत महिनामा कम्तिमा पनि एउटा आध्यात्मिक कार्यक्रम गर्दै अगाडि बढ्ने कुराको प्रतिबद्धता जनाउँदै कार्यक्रमलाई समापन गर्नु भएको थियो ।
कार्यक्रमको विस्तृत विवरणको बारेमा यस लिंकबाट हेर्न सक्नु हुनेछ ।
https://www.facebook.com/1980789078829952/posts/2781989122043273/?d=n
धन्यवाद ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.