अमेरिकामा दशैँको टीकाको साईत अक्टोबर २५ तारिख २०२०
2020 Dashai is October 25 in USA and Canada
अन्तर्राष्ट्रिय पन्चांग निर्णय समितिले विदेशका विभिन्न ठाउँहरुको लागि स्थानीय समयअनुसारको दशैँको टीकाको साईत निकाली प्रकाशन गरेको छ । जसमध्ये अक्टोबर २५ तारिख आईतबार अमेरिकाको पूर्वी भूभाग अर्थात न्यूयोर्क, वासिंगट डिसी, मेरिल्याण्ड तथा भर्जिनिया र फ्लोरिडा लगायतका स्टेटहरुमा विहान ११ बजेर ५ मिनेटको साईत निस्किएको छ भने मध्य अमेरिका टेक्सास लगायत क्यालिफोर्नियाको पनि अक्टोबर २५ तारिखकै छुट्टाछुट्टै समयको साईत निस्किएको छ ।क्यानडाको लागि विहान ११:४३ बजेको साईत निर्धारण गरिएको छ । त्यसैगरी मारुतीनन्दन पन्चांगले पनि अमेरिकाको लागि भनी दशैँको साईत प्रकाशित गरेको छ । हामी जहाँ बस्छौँ त्यहीँको अक्षांश र देशान्तरको आधारमा तिथिको गणना गरी यस्ता विशेष खालका चाडपर्वहरु शुभ साईतमा मान्नु पर्ने भएकोले यसरी निकाल्न थालिएको अन्तर्राष्ट्रिय पन्चांग निर्णायक समितिका अध्यक्ष डा. माधव भट्टराईले बताए । हेर्नुहोस् प्रेसविज्ञप्तिसहितको साईत । यस बारेमा अरु पनि थप जानकारीका लागि दृक पन्चांगलाई अनुशरण गर्न सक्नु हुनेछ वा info@hinduculturecenter.com मा सम्पर्क गर्न सक्नु हुनेछ । यस बारेमा कुनै जिज्ञासा भएमा कमेन्टमा पनि लेख्न सक्नु हुनेछ । धन्यवाद ।
यो साईत शास्त्रीय तथा ज्योतिषीय गणनालाई आधार मानी बनाईएको हो । जो जसले साईतअनुसारकै समयमा मनाउन चाहनुहुन्छ उहाँहरुलाई यो पूर्णत: लागू हुनेछ । जो आफ्नो समयअनुकुल मात्र गर्न चाहनुहुन्छ वा नेपालको समयलाई आधार मानी गर्न चाहनु हुन्छ उहाँहरुको लागि जे गर्नु हुन्छ आफै निर्णय लिनुहोस् । किनकि नेपालको समयमा गर्न खोज्दा यहाँ रातको समय पर्छ, भोलिपल्ट गर्न खोज्दा तिथि सकिएको हुन्छ । दशमी तिथि नसकिँदै साईत गर्नु पर्ने भएकोले आईतबार पर्न गएको हो । अमेरिकाको पूर्वीयसमय लागू हुने ठाउको लागि आश्विन शुक्ल दशमी तिथी २५ तारिख बिहान १ :३२ बजेदेखि २६ तारिख बिहान १ बजेर ५१ मिनट सम्म्म मात्र भएकोले आईतवार टीकाको साहित निस्किएको हो । सधैं यस्तो हुँदैन किनकि यदि यहाँ अमेरिकामा दिउसोको समयमा तिथि सुरु हुँदा एउटै वारमा टीका पर्न आउँछ ।
कसैकसैले यस कुरालाई बुझ्न नसकी विवाद गरेको पनि देखिन्छ तर यस्ता कुरामा कुनै विवाद वा टीका टिप्पणी गर्नु औचित्य देखिँदैन ।यदि कसैले अहिलेको यो कलियुगमा सबै कुरा म नै आफै जान्दछु भन्नु हुन्छ भने पनि केही छैन तपाईले आफूले चाहेको गर्न पाउनु हुन्छ तर चलिआएको सनातन धर्म र सँस्कारप्रतिको शास्त्रीय/ ज्योतिषीय नियम गुमाउनु भनेको सबै कुरा छोडेर अरु सम्प्रदायका मानिसहरु जसो गर्छन् उसै गर्नु हो । यसकारण यदि तपाईको घरमा मान्यजन तथा गुरु, पुरोहित हुनुहुन्न भने पनि आफ्नो देवी देवतालाई साक्षी राख्नुहोस् साईतमै टीका जमरा अर्पण गर्नुहोस् र टीका प्रसाद लगाउनुहोस् । एकपटक साईत गरेपछि तपाईले जुनसुकै समयमा वा दिनमा लगाउन सक्नुहुनेछ, भर्चुअलमाध्यमबाट पनि आशीर्वाद लिन सक्नुहुन्छ । यस विषयमा विस्तृत रुपमा बुझ्नका लागि यो लिंक खोल्नुहोला । धन्यवाद ।
https://www.facebook.com/100000425083282/posts/3731496756874457/?extid=0&d=n
https://hinduculturecenter.com/archives/4504
Error: Contact form not found.