दशैँलगायत चाडपर्वहरुको साईतका विषयमा अमेरिकामा गरिएको जुम बैठक सम्पन्न

दशैँलगायत चाडपर्वहरुको साईतका विषयमा अमेरिकामा गरिएको जुम बैठक सम्पन्न
अक्टोबर ४, २०२०
विश्व अध्यात्म केन्द्रद्वारा गरिएको यस कार्यक्रमले अमेरिकाकै तिथिमितिअनुसार चाडपर्व मनाउनु पर्ने कुराको निर्क्योल गरेको छ ।

ज्योतिष शास्त्रअनुसार नेपाल तथा विदेशमा चाडपर्व मनाउँदा तिथि-मिति गणना कसरी हुन्छ ? भन्ने विषयमा गरिएको यो परिचर्चामा प्रमुख वक्ताका रुपमा अन्तर्राष्ट्रिय पन्चांग निर्णायक समितिका अध्यक्ष तथा अमेरिकाको लागि बनेको दिव्यदर्शन पन्चांगका निर्णायक/सम्पादक डा. माधव भट्टराई नेपालबाट हुनुहुन्थ्यो भने अमेरिकाबाट मारुतीनन्दन पन्चांगका लेखक तथा सम्पादक : पद्मलाल ढकाल विशेष अतिथिका रुपमा हुनुहुन्थ्यो ।
साथमा अन्य ज्योतिषी गुरुहरुलगायत विभिन्नमुलुक नेपाल, अमेरिका, क्यानडा, तथा अस्ट्रेलियाका मन्दिरहरुबाट गुरुवर्गहरुको
जुम उपस्थिति रहेको थियो ।
विदेशको जुनसुकै कुनामा बसेपनि सकेसम्म त्यहीँकै समयलाई आधार मानेर बनाईएका पात्राहरुको तिथिमितिका आधारमा चाडपर्व मनाउँदा शास्त्रोक्त र व्यवहारिक हुनेकुराको टिप्पणी गर्नुका साथै समजमा कुनै द्विविधा नहोस् भन्ने विषयमा केन्द्रित रही ज्योतिषी पद्मलाल लाल ढकालले किन र कसरी ? भन्ने विषयमा विस्तृत व्याख्या गर्नु भएको थियो भने डा. माधव भट्टराईले नेपालको लागि बनेको पन्चांग नेपालकै लागि हो र यदि त्यहाँको लागि बनेका पन्चांगहरु छन् भने ती पन्चांगलाई प्रयोग गर्नु पर्छ किनकि नेपालको संविधानलाई लगेर मनाउन नमिलेजस्तै पात्रो पनि प्रयोग गर्न नमिल्ने कुरा बताउँदै यदि ब्राह्मणहरु गुरु पुरोहितहरुमा पनि एकरुपता भएमा विवाद नआई अगाडि बढ्न सकिन्छ र यो परिचर्चा लाभदायक भएको कुरा बताउनु भएको थियो ।

यस कार्यक्रममा केन्द्रकै सँस्थापक सदस्यमध्येबाट आचार्य चूडामणि पाठकले स्वागत मन्तब्य राख्नुका साथै यस कार्यक्रमको औचित्यको विषयमा बताउनु भएको थियो भने अर्का ज्योतिषी राजेन्द्र खनालले यस कार्यक्रमको उद्देश्य जनमानसमा सहज तरिकाले तिथिमिति र साईतको निर्णय विवादरहित व्यवस्थापन होस् र अमेरिका र नेपालको समयअनुसार चाडपर्व मनाउँदा फरक-फरक समय र मितिमा मनाउनु पर्दा जनमानसमा अलमल भएको बुझिएकोले कसरी सहज तरिकाले यस बारेमा बुझाउन सकिन्छ भन्ने विषयमा कार्यक्रम आयोजना गरिएको र विश्वअध्यात्म केन्द्र किन र कसको लागि भन्ने विषयमा बोल्दै यस केन्द्रको स्थापनाको औचित्यका बारेमा आफ्नो धारणा राख्दै मारुती नन्दन पन्चांग र दिव्यदर्शन पन्चांग अमेरिकाको लागि प्रकाशित भएको कुरा राख्नु भएको थियो । आचार्य पिपलमणि सिग्देलले कार्यक्रमलाई सन्चालन गरी विभिन्न मिडियाहरुमार्फत फेसबुक लाईभ गरी उपस्थित सबैजना गुरुहरुलाई बोल्ने मौका दिनु भएको थियो ।

विदेशको जुनसुकै ठाँउमा बसेपनि सकेसम्म त्यहीँकै समयलाई आधार मानेर बनाईएका पात्राहरुको तिथिमितिका आधारमा चाडपर्व मनाउँदा शास्त्रोक्त र व्यवहारिक हुनेकुराको टिप्पणी गर्दै आदरणीय गुरुहरु ज्योतिषी मित्रलाल न्योपाने(न्यूयोर्क), उद्धव शास्त्री (न्यूयोर्क), डा. लक्ष्मीनारायण ढकाल (केन्टकी), चूडामणि पाठक ( क्यालिफोर्निया), ध्रुव दाहाल क्यालिफोर्नियाबाट, छत्रपति दाहाल नेपालबाट , प्रकाश ढोडारी(अस्ट्रेलिया), दक्षिण एसियाली ज्योतिष संघका ज्योतिषी लक्ष्मण पन्थी नेपालबाट, शिवहरि नेपाल भर्जिनियाबाट, जगदीश गैरै क्यानडाबाट, रामप्रसाद घिमिरे बाल्टिमोरबाट, खेम नेपाल क्यानडाबाट, डिल्लीराम अधिकारी भर्जिनियाबाट, स्वामी अध्यापथिक ओहायोबाट, पिपलमणि सिग्देल न्यूयोर्कबाट र पद्मलाल ढकाल केन्टकीबाट हुनुहुन्थ्यो ।

यसै सन्दर्भमा पद्मलाल ढकालले दशैँ र तिहारको साईतको विषयमा पनि प्रस्ट पार्नुभएको थियो ।

यो कार्यक्रम Global Nepal TV, Enepalese लगायतका १८ वटा फेसबुकका विभिन्न पेजहरुबाट पनि प्रसारण गरिएको छ । यो कार्यक्रम यी पेजहरुलगायत यूट्युबबाट पुन: हेर्न सक्नुहुनेछ ।

2 Comments

  1. Pingback: अमेरिका तथा क्यानडामा दशैँ टीकाको साईत अक्टोबर २५ तारिख आईतबार – Hindu Cultural Center

  2. Pingback: Hindu Cultural Center

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.