टेक्सासको डालसमा भोलिदेखि सप्ताह ज्ञान महायज्ञ सुरु

३१ मे २०१९
आइतबार कलशयात्रा गरी सोमबारदेखि टेक्ससको डालसमा महापुराणको प्रवचनको

ड्यालस (टेक्सस) – नव स्थापित पृथ्वीनारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठानको अायोजनामा यही जुन ३ तारिखदेखि अर्भिङ्गको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा सप्ताह महापुराण सञ्चालन हुने भएको छ ।

महापुराणको तयारी अन्तिम चरणमा पुगेको अायोजक संस्थाका अध्यक्ष देवीप्रसाद पाण्डे ‘दीपक‘ ले जानकारी दिए । महापुराणको अघिल्लो दिन अाइतबार बिहान ११ बजे कलश यात्रा हुनेछ । कलश यात्रामा सहभागी हुन ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स र वरपर बस्ने नेपाली समुदायका अायोजकहरूले अपिल गरेका छन् ।

जुन ३ देखि ९ तारिकसम्म कथावाचन हुनेछ । कथावाचन पण्डित डा. माधबप्रसाद भट्टराइ र डा. शेखर पण्डितले संयुक्त रूपमा गर्नुहुनेछ । सोही अवसरमा विदुषी कान्ता भट्टराइले समेत अाफ्नो प्रस्तुति दिनुहुने कार्यक्रम रहेको छ ।

महापुराणकै क्रममा जुन ७ तारिख सामुहिक ब्रतवन्ध कार्यक्रम समेत राखिएको छ । ब्रतवन्ध गर्न इच्छुकहरूले अविलम्ब सम्पर्क गर्न समेत अायोजक समितिले अपिल गरेको छ ।

पुराणबाट संकलन भएको दान दातव्य रकम युलेसमा बन्ने तयारीमा रहेको मन्दिरका लागि हस्तान्तरण गरिने जनाइएको छ । महापुराणमा उपस्थित भएर कथा श्रवणका साथै बन्न लागेको नयाँ मन्दिरका लागि सहयोग गर्न समेत अायोजकहरुले अाग्रह गरेका छन् ।

श्रोत : हिमालय खबर

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.