सबल, सक्षम र ईमान्दारी नेतृत्वलाई मात्र चुनौँ । एनआरएनलाई विश्वसनीय लोकप्रिय बनाऔँ ।”

एन आर एन, ए एन ए लगायत विभिन्न कुनै पनि सामाजिक संस्थामा उठ्दै गर्नु भएका महानुभावहरुलाई सोधिएका र सोधिन सकिने १० प्रश्नहरु  – राज शर्मा, वासिंटन डिसी
के तपाई अमेरिकामा एन आर एन तथा कुनै पनि सामाजिक संस्थामा स्वयंसेवक बनी काम गर्नका लागि भोट माग्दै हुनुहुन्छ ?
कृपया तलका सबै प्रश्नको  उचित र सान्दर्भिक रुपमा उत्तर दिनुहोस् र सबैभन्दा बढी मत ल्याई जित्नुहोस् ।
१. सबैभन्दा पहिला आफ्नो छोटो परिचय दिनुहोस् । अहिलेसम्म तँपाईले गरेका प्रशंसनीय कामहरु के के छन् पेश गर्नुहोस् ? तपाई नै उठ्नु पर्ने समाजको आवश्यकता वा तपाईको इच्छा मात्र ? प्रस्ट पार्नुहोस् ।

२. एन आर एनमा उठ्दै हुनुहुन्छ ? किन र कसका लागि उठ्दै हुनु हुन्छ ? उद्देश्य के हो ? जित्नु भयो भने के गर्नु हुन्छ र जित्नु भएन भने तपाईको भूमिका के रहनेछ?

३. तँपाईसँग प्रशस्त समय, प्रयाप्त धन र
प्रयाप्त ज्ञान छ ? परेको बेला जहाँ भन्यो त्यहीँ जान सक्ने, कोही दुखमा परेको बेला अनुदान दिनसक्ने, अरुलाई उत्प्रेरणा दिन सक्ने खुबी छ भने देखाउनु होस् किनकि तपाई अब सार्वजनिक हुन खोजिरहनु भएको छ, अहिलेसम्म के कति यस्ता कामहरु गर्नु भयो प्रमाणसहित पेस गर्नुहोस् ?
 ४. तँपाईले अमेरिकामा बस्ने नेपाली तथा युवाहरुको लागि के गर्ने सोंच्नु भएको छ ? सोँचेर मात्र हुँदैन स्पष्ट धारणासहितको कार्ययोजना पेस गर्नुहोस् । युवाहरुलाई यसमा संलग्न गराउन के के गर्नु पर्ला ?
५. नेपालको शिक्षा प्रणाली, नेपालको राजनैतिक प्रणाली, नेपालको कृषि प्रणाली र नेपालको पर्यटन व्यवसायलाई परिवर्तन गराउन सक्ने आधारहरु तपाईसँग के के छन् ? के तपाई नेपालसम्म आफ्नै खर्चमा पुगेर त्यहाँका नेता तथा कार्यकर्तालाई यो विषयमा बताऊन सक्नु हुन्छ सामाजिक हितको लागि ?
६. आफ्नो संस्था र नेपाल सरकारसँग राम्रो सम्बन्ध बनाउनका लागि तपाईबाट के पहल हुन सक्छ ? यस सम्बन्धी एजेण्डा बनाउनु भएको छ ? द्वैध सिटिज़नसिप लागू गराउन के के पहल भएको छ ?
७. तपाई सामाजिक संस्थामा लाग्दै गर्दा भोलि तपाईको परिवारबाट साथ र सहयोग पाऊन सक्नु भएन भने तपाई यसमा लाग्नुको कुनै अर्थ रहँदैन, त्यसकारण परिवारसँग सरसल्लाह गर्नु भयो त ? सल्लाह लिएर मात्र अगाडि बढ्नुहोस् । यदि तपाईको आफ्नो पारिवारिक सम्बन्ध नै राम्रो बनाउन सक्नु भएको छैन भने तँपाईले समाज र संस्थासँग राम्रो सम्बन्ध बनाऊन सक्नुहुन्छ भन्ने आधारहरु के के छन् ? कसरी विश्वास जित्न सक्नु हुन्छ ? सामाजिक काममा लाग्नको लागि केही हदसम्म आर्थिक रुपमा सबल हुनु पर्छ नै अन्यथा सामाजिक सेवा नै मागी खाने भाँडो बन्न सक्छ । यसमा तपाईको स्पष्ट विचार राख्नुहोस् ।
८. तपाईको विचारमा जसले घन्टाको $८ /१०डलर मात्रै कमाउँछ भने उसको लागि $२० को सदस्यता बढ़ी होकि ? कमी हो ?अथवा ठीक्क हो ? यसमा तपाइको विचार के छ ? विदेशमा बस्ने सबै नेपाली एन आर एनले मतदान दिन पाउने अधिकार दिलाऊन के गर्नु पर्ला ? करिब ३ लाखको हाराहारीमा जनसंख्या रहेको छ भनिन्छ अमेरिकामा, तर किन ९००० मात्र सदस्यता । यसलाई 2 गुणांकीय हिसाबले बढाउन के गर्नु पर्ला ? यसको लोकप्रियता बढाउनका लागि तपाईको भूमिका के रहन्छ ?
९. एनआरएनमा अहिलेसम्म खासै उल्लेख्य काम भएको केही पनि देखिएको छैन, नत एउटा एप्स नै बन्न सकेको छ भने कार्यालयीय भवन तथा सामुदायिक भवन त बन्नसक्ने कुरै भएन, तर पनि यी कुराहरु अति आवश्यक छन् । यदि तपाइले जित्नु भयो र यो आवश्यकता पूरा गर्नु पर्यो भने तपाईको योगदान वा भूमिका के हुन सक्छ ? कसरी बनाउन सकिन्छ ?
१०. अहिले धेरैलाई चित्त नबुझेको कुरा आफ्नो सबै ब्यक्तिगत सूचना दिएर मात्र सदस्यता बन्न सकिने अन्यथा बन्न नपाईने रहेछ, यसलाई सहजीकरण र विश्वसनीय बनाउन के गर्नु पर्ला ? यदि कसैको व्यक्तिगत सूचना चोरी भएमा को-को जिम्मेबार रहन्छ भनी  सामान्य सदस्यले सोध्दा कसरी के जवाफ दिनु हुन्छ ? (NRN by laws)लाई कसरी सुधार गर्नुहुन्छ ? अनलाईन भोटिंगसँगै प्रत्यक्ष मतदान गर्न पाउने व्यवस्था मिलाउनका लागि कस्तो खालको सुरुआत गर्नुपर्ला ?
कृपया मतदाताहरुले कुनै पनि व्यक्तिलाई भोट दिनुपूर्व यी कुराहरुमा विचार पुर्याउनु भयो भने सँस्थाको गरिमा तथा महत्व बढ्नुका साथै व्यक्तिको नेत्रृत्वमा  पनि विकाश भई सँस्था अगाडि बढ्नेछ । अन्यथा बिगतको जस्तै अवस्था नहोला भन्न सकिन्न ।
कृपया आफूलाई लागेको कुरा कमेन्टमा  लेखी पठाउनु होला ।
सबल, सक्षम र ईमान्दारी नेतृत्वलाई चुनौँ । 
एनआरएनलाई विश्वसनीय र लोकप्रिय बनाऔँ ।”

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.