भजन “डिसी मेट्रो सप्ताह”- राजेन्द्र खनाल

भजन मे १, २०१९
हरि शरणम् हरि शरणम् प्रभु हरिशरणम् हरि शरणम् ।
डिसी मेट्रो सप्ताहमा लागौँ मिलिजुली !
कोही पनि नछुटौँ है ल्याऔँ गनी गनी ।
सबै मिली यही ठाउँमा महापुराण लाउने
सप्ताहमा वाचन गर्न दिनबन्धु आउने ।
दान दिई पून्य कमाई शान्त पारौँ यो मन्
दुई दिनको जिन्दगीमा नगरौँ है दोमन !
सामुदायिक भवन हो हामीलाई चाहिने
एकजुट भएर नै  बनाउन पाईने ।
गरौँ पूजा पास्नी छेबर ब्रतबन्ध बिहे
मनाऊँ सबले जम्मा भई चाडपर्व यिनै ।
सँस्कृति र सँस्कारको गरौँ हाम्ले रक्षा
जन्मदेखि मृत्युसम्म मनाउनु पर्छ ।
हामीले नै गर्यौँ भने सन्तानले गर्छन्
समाजमा नाम चलाई संरक्षण गर्छन् ।
मन्दिर र गुम्बा अनि मस्जिद र चर्च
भगवानकै विश्वासमा यो संसार अड्छ ।
हरि शरणम् २ प्रभु हरिशरणम्२ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.