ऐतिहासिक रुपमा गीताज्ञान महानुष्ठान सम्पन्न

काठमांडौ May/ 14/2019

नेपालकै इतिहासमा प्रथम-पटक ऐतिहासिक गीताज्ञान महानुष्ठान भव्य एवम् अभूतपूर्व रुपमा सम्पन्न भएको छ । वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलको सक्रियतामा नारायण पोखरेल प्रतिष्ठान तथा ऐतिहासिक गीताज्ञान महानुष्ठान मूलसमारोह समिति परिवारको आयोजनामा यो धार्मिक कार्यक्रम सम्पन्न भएको हो ।पुष्पकमल दाहालद्वारा समुद्घाटन गरिएको यस कार्यक्रमको गरिमालाई  उँचाईमा पुर्याउन यस महानुष्ठानमा सम्माननीय राष्ट्रपति विद्यादेवी भन्डारी, कार्यवाहक प्रधानमन्त्री माननीय ईश्वर पोखरेलज्यू लगायत समस्त नेतागण, सन्त/महन्त/लामा, गुरुज्यूहरू, दानदाताहरू, भक्तजन, संचाककर्मीहरूको  उपस्थिति रहेको थियो ।

यस धार्मिक कार्यक्रमको उद्देश्य बद्रिनारयण धाम सहितको नेपालकै नमूना नारायण आध्यात्मिक केन्द्र निर्माण गर्ने रहेको छ भने यसका लागि करिब १२ करोड़ रुपिया संकलन भएको छ ।  यस्तो महान कार्यका लागि समितिका अध्यक्ष जयराम लामिछानेलगायत समस्त मूल समारोह समितिका व्यक्तित्वहरू, उपसमितिका संयोजक तथा सदस्य, नारायण पोखरेल प्रतिष्ठान, नेपाल सरकार, मातृशक्ति, युवाशक्तिका पदाधिकारी तथा सदस्यहरू, नागार्जुन नगरपालिकाका प्रमुख, सिंगो नगरपालिका परिवार, स्वदेश तथा विदेशमा रहनु भएका शुभ-चिन्तक भक्तजन, स्थानीय एवम् राष्ट्रिय स्तरका विभिन्न सरकारी तथा ग़ैर-सरकारी संघ/संस्थाहरू, सुरक्षाकर्मीहरूको प्रतिबध्दता रहेको छ ।

Error: Contact form not found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.