वासिंगट डीसी अमेरिका ३/३०/२०१९ शनिवार
“डिसी मेट्रो सप्ताह महोत्सव २०१९” भब्यरुपमा सफल बनाउने सन्दर्भमा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुका बीचमा बसेको छलफलको प्रत्यक्ष विवरणसहित सप्ताह आयोजक कमिटीले प्रेसविज्ञप्ति जारी गरेको छ –
“डिसी मेट्रो सप्ताह महोत्सव २०१९” को मिति र स्थान जुन २२-२९ फेयरफ्याक्स भर्जिनिया ।साथै यो सप्ताह महोत्सवको बीचमा कुनै पनि संघसंस्थाका कार्यक्रमहरु नराख्नुहुन सबैलाई विनम्र अनुरोध –
डिसी मेट्रो सप्ताह आयोजक कमिटीले निकालेको
प्रेस विज्ञप्ति जस्ताको तस्तै –
प्रेस विज्ञप्ति
नेपाली अमेरिकन सामुदायिक केन्द्र र सो प्रयोजनका चन्दा दान दातब्य संकलन गर्न प्रस्तावित सप्ताह कार्यक्रम बारे डी.सी. मेट्रो क्षेत्रका ४० भन्दा बढी संघ संस्थाका प्रतिनिधिहरू बीच हिंजो शनिवार, मार्च ३० तारिकका दिन एउटा फलदायी छलफल सम्पन्न भयो ।
वरिष्ठ समाज सेवी तथा सामुदायिक केन्द्र निर्माण अभियानका प्रमुख सल्लाहकार डा. विष्णु पौडेल ज्यूले मन्त्रोच्चारण गरी नेपाली मूलका भर्जिनिया बासीहरूले आपसी एकता गरी यो महत्वपूर्ण कार्य सफल बनाउन आग्रह गर्दै छलफलको शुभारम्भ गर्नु भयो ।
त्यसपछि सामुदायिक केन्द्र अभियानका तर्फबाट सामुदायिक केन्द्रका उद्देश्य, सप्ताहको औचित्य, संस्थागत सदस्यता र अन्तरसंस्था साझेदारीका क्षेत्र बारे प्रकाश पारिएको थियो । तत्पश्चात विभिन्न संघ संस्थाका पदाधिकारीहरूले आ-फ्ना धारणा प्रस्तुत गर्नुभयो । सबै वक्ताहरूले यो अभियान अत्यन्त आवश्यक रहेको र सामाजिक अभियन्ताहरूको यो प्रयास प्रसंशनीय रहेको भन्दै आ-आफ्ना संस्थाहरूको तर्फबाट भोलिन्टियर एवं अन्य सहयोगका साथसाथै संस्थागत सदस्यता लिन इच्छुक रहेको कुरा ब्यक्त गर्नुभयो । सप्ताह संयोजक अरुण रुपाखेतीले आफ्नो सस्था डी.सी. नेपाली समाजले Institutional Founding Trustee membership को सदस्यता लिने घोषणा गरेसंगै अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, डी.सी. मेट्रो च्याप्टरका अध्यक्ष राम खनालले र eNepalese का तर्फबाट विश्व थापाले पनि Institutional Founding Trustee membership सदस्षता लिने घोषणा गर्नुभयो भने SAAN को तर्फबाट वरिष्ट समाजसेवी तथा सो संस्थाकी अध्यक्ष मञ्जु संग्रौला ले $१००० सहयोग गरी Institutional Founding membership लिने घोषणा गर्नुभयो ।
उपस्थित महानुभावहरू सबैले अर्थ, मन, बचन, र कर्मले सहयोग गर्ने बताउनु भयो भने ११ जना अन्य महानुभावले Family Founding Membership लिने प्रतिबद्धता तत्काल सार्वजनिक गर्नु भयो ।
सो छलफल कार्यक्रममा सहभागीहरूद्वारा देहायका सुझावहरु दिइएको थियो :
१.संस्थाको नाम नेपाली अमेरिकन शिक्षा तथा संस्कृति केन्द्र बनाउन उपयुक्त हुने,
२. नगद मात्र नभएर जिन्सी सहयोग र भोलिनटियर हरूको समयलाई पनि सहयोगको रूपमा गणना गर्नु पर्ने,
३. व्यापक प्रचार प्रसारका लागि स्थानीय समुदायहरूसम्म पुगी अन्तरक्रिय गर्नु पर्ने र
४. अब सामुदायिक केन्द्रको औचित्यका बारेमा भन्दा कसरी लक्ष्यमा पुग्ने भन्नेमा वहसहरू केन्द्रित हुनु पर्नेमा जोड़ दिनु पर्ने ।
छलफलमा सामुदायिक केन्द्रको लागि अघि बढाइएको यो अभियान प्रति सहभागीहरूको ठूलो उत्साह देखिएको थियो ।
छलफल कार्यक्रम बर्क शहरको एक पुस्कालयमा विहान ८:३० देखि ११:३० सम्म चलेको थियो ।
Error: Contact form not found.