मानिसको अल्पायुमै मृत्यु हुने कारणहरु के के हुन् ? Why People are Died Early ?

मानिसको अल्पायुमै मृत्यु हुने कारणहरु के के हुन् ? Why People are Die Early ?

 – ज्योतिष/ पन्डित राजेन्द्र खनाल
March 1, 2019
गत महिनामा मात्रै धेरै जना नेपालीहरुको ज्यान गयो । अल्पायुमै ज्यान गएका करणहरु के के रहेछन् अर्थात् किन हुँदो रहेछ मानिसको मृत्‍यु यति छिट्टै भनी खोज्ने क्रममा यो लेखको सुरुवात हुन पुग्यो यसमा अरु पनि थप्न लायक उल्लेख्य सामाग्रीहरु भएमा कृपया तलको कमेन्ट बक्स मा कमेन्ट गर्नुहोला वा info@hinduculturecenter मा ईमेल गर्नु होला ।
तपाइ आफ्नो जीवनमा आफूले इच्छा गरेअनुसारको काम (पेशा) गरेर आफ्ना इच्च्छा आकांक्षाहरु पूरा गर्दै सन्तुष्टि (आनन्द) प्राप्त गर्न सक्नु भयो भने मान्नुहोस् कि तपाई जत्तिको भाग्यमानी कोही पनि छैन यो संसारमा । तर यी सबै कुरा प्राप्त गर्नको लागि धेरै कुराको व्यवस्थापनको जरुरत पर्दछ, जीवनमा यी सबै कुराको प्राप्ति गर्न नसक्दा उसले फरक बाटो रोज्न पुग्दछ, जुन कुरा आशा गरेभन्दा निकै भिन्न प्रकृतिको हुन्छ, पिडादायी हुन्छ ।
बाहिरबाट हेर्दा भौतिक सुख तथा सुविधाको शिखरमा रहेझै भान भए पनि पश्चिमा मुलुकको जीवन भित्रबाट दु:खी छ । सामाजिक अविश्वास, डिप्रेशन र नैराश्यताले स-साना निर्दोष स्कूले बालबालिकामाथि अन्धाधुन्द गोली प्रहारदेखि बढ्दो आत्महत्याले पश्चिमी समाज आक्रान्त भएको छ । सबभन्दा बिकसित भनिएको अमेरिका बढि आत्महत्या गर्ने देशको सूचीमा तीसौं नम्बरमा परेको देखिन्छ ।  विज्ञानको अधिकतम विकासले निम्त्याएको अत्याधिक बिषाद( केमिकल) र डिप्रेसनले ग्रस्त पश्चिमा समाजले पनि आज मृत्युको कारण खोजिरहेको छ ।
जीवनमा सबैलाई हुन्छ राम्रो बन्ने इच्छा तर सही बाटो थाहा पाऊन नसक्दा उसको जीवनमा सधै ऊ डिप्रेशनको सिकार भई अन्तिममा उसको मृत्यु नजिकै आईपुगेपछि मात्र उपाचारको खोजीमा लाग्दछ । तर कतिपय व्यक्ति उपचार पनि गर्न नपाउँदै मृत्युबरण (रोज्न) गर्न पुग्दछन् । यसो हुनुमा सबैभन्दा ठूला मुख्य कारणहरु हुन् असन्तुष्टी, चिन्ता र भय । यस लेखमार्फत लेखकले समस्यालाई मात्र देखाएर छोड़ेमा यो लेखबाट पाठकले पूर्ण लाभ लिन सक्दैनन् तसर्थ लेखकको उद्देश्य समस्याको समाधान खोज्नु पनि हो ।त्यसैकारण पनि यो लेख पढ्दा अत्यन्त ध्यानपूर्वक पढ्नुहोला । अब लागौँ यसको खोजीतर्फ – यी तीन कुराबाट मानिसलाई के कस्ता रोग लागी मृत्यु हुन सक्दछ ?
माथिको यस चित्रमा के देखिन्छ भने  विश्वमा प्रत्येक वर्ष १६ मिलियन मानिस अकारण (वृद्धावस्था) मा मृत्युबरण गर्न पुग्छन् भने यसको दसौँ गुणाबढी यी तीन कारणहरुमार्फत लाग्ने विभिन्न चिन्ता, रोग तथा भय र असन्तुष्टीका कारण करोडौ मानिसको ज्यान अल्पायु मै गएको कुरा यो तथ्यांकले देखाउँछ । यसबाट के बुझ्न सकिन्छ भने यदि आफूलाई सन्तुष्ट पार्न सक्ने ज्ञान मानिसमा भयो भने र खान-पान आदिलाई व्यवस्थित गर्न सक्यो भने १२० वर्षसम्म बाँच्न सक्छ मानिस यो युगमा ।
अमेरिकामा  करिब १२ मिनेटको अन्तरमा एक जनाले आत्महत्या गर्छ भने  अमेरिकामा आत्महत्या मृत्युको दशौं ठूलो कारण हो । त्यस्तै अर्को अमेरीकी राष्ट्र क्यानाडामा पनि मृत्युको नवौं ठूलो कारण आत्महत्या नै हो । दक्षिण कोरिया, जापान, नर्वे र फ्रान्सजस्ता अति विकसित देशहरु समेत सर्वाधिक आत्महत्या गर्ने देशहरुको सूचीमा क्रमशः दोस्रो, सत्रौ, सैतिसौं र सच्चालिसौँ स्थानमा पर्नुले  पनि विकासले मात्र मानिसको जीवनमा खुशी नल्याउने कुरा प्रष्ट हुन्छ ।
बलात्कारका घटना पनि अबिकसित भन्दा बिकसित देशमा बढ्दो छ ।
अमेरिका, क्यानाडा, स्विडेन, बेलायतजस्ता अति विकसित देशमा बलात्कार पनि अत्यधिक हुने गरेको छ । पछिल्लो रिपोर्ट अनुसार यूरोपमा हरेक ३ महिलामा एकले बलात्कार वा शारिरीक हमला खेपेको तथ्याङ्कले देखाएको छ । युरोपका अति बिकसित देश डेनमार्क र फिनल्यान्डमा क्रमशः ५२ र ४७ प्रतिशत महिला माथि बलात्कार वा यौनजन्य हिंसा हुने गरेको छ । बढी बलात्कार हुने देशको सूचीमा अमेरिका तेस्रो नम्बरमा छ । जर्ज म्यासन यूनिभर्सिटीको अध्ययन अनुसार अमेरिकामा हरेक ३ महिलामा १ जना बलात्कारको शिकार हुने गरेको बताइएको छ । त्यस्तै १९.३ प्रतिशत महिला र २ प्रतिशत पुरुष जीवन कालमा बलात्कार हुने गरेका छन् ।
विज्ञानको एकाङ्गी विकासले निम्त्याएको अर्को कुरा निराशा (डिप्रेसन) हो । संसारकै उच्च आय भएका १० देशको निराशा दर पनि उच्च रहेको छ । जहाँ जीवनको कुनै न कुनै मोडमा १४.६ प्रतिशत जनसंख्या कडा डिप्रेसनको शिकार हुने गरेका छन् । अमेरिकाकै कुरा गर्ने हो भने अध्ययन गरिएका दश उच्च आय भएका देशहरु मध्ये डिप्रेसन दरमा उच्च अर्थात १९.२ प्रतिशत जनसंख्या डिप्रेशनबाट  पीडित छन् । सबैभन्दा उच्च डिप्रेसन हुने देशको सूचीमा फ्रान्सले सबैलाई उछिनेको डाटा प्राप्त भएको छ ।
अहिले विश्वको जनसंख्या करिब ८ बिलियन पुग्न आँटेको देखिन्छ भने प्रतिवर्ष मृत्युदर करिब ३00 मिलियनको हाराहारीमा भएको देखिन्छ । आजको विज्ञानले मानवयन्त्र नै बनाई सकेको भए पनि मृत्युलाई रोक्न भने सक्दैन किनकि मृत्यु भनेको साश्वत सत्य हो । मृत्यु हुनाका कारणहरु के के हुन सक्छन् भन्ने सन्दर्भमा
अब असन्तुष्टि र भयलाई आफूबाट अलग गर्न सकिने उपायतर्फ लागौं-
जीवनमा सबै कुरा प्राप्तिका लागि चाहिने जम्मा चारवटा मुख्य मार्ग(पुरुषार्थ साधन )हरु छन् ती चारवटा साधनलाई थाहा पाउन नसक्दा मानिसले सजिलैसँग अल्पायुमै मृत्युबरण गर्न पुग्दछन् ।
ती चार मार्ग मध्येको सबै भन्दा पहिलो मार्ग हो सँस्कार
हाम्रा वेद, पुराण आदि ग्रन्थहरुमा सँस्कार को बारेमा निकै धेरै ब्याख्याहरु भएका छन् । सँस्कार भित्र पनि जान्नु पर्ने कुरा धेरै छन् । सँस्कारलाई धर्म पनि भनिन्छ जसले जतिसुकै परिभाषा गरे पनि धर्मको ख़ास तात्पर्य हो जुन कुरा धारण गर्न योग्य छ, त्यसलाई धर्म भनिन्छ, जसका कारण कुनै पनि व्यक्तिले हानी नोक्सानीविना विशेष लाभ लिन सक्दछ । धर्मद्वारा व्यक्तिले धेरै कुरा सिकेर अरुलाई राम्रो ज्ञान दिन पनि सक्दछ, धर्म के हो भनेर बुझ्नका लागि सबैभन्दा पहिले संस्कारको आवस्यकता पर्दछ । धर्मले धार्मिक बन्न सिकाउँछ, अधार्मिक होईन । कुनै पनि व्यक्ति हिन्दु, इस्लाम, बुद्धिस्ट, र क्रिश्चियन हुँदैमा  पूर्ण धार्मिक हुन्छ भन्न सकिंदैन । धार्मिक बन्नका लागि धर्मको तात्पर्य राम्रोसँग बुझ्नु ज़रूरी हुन्छ । कुनै पनि व्यक्ति मानव योनिमा जन्म लिन आउँदा उसलाई जुन किसिमको सँस्कारको प्रभाव पर्यो व्यक्ति पनि त्यस्तै स्वभावको भएर जन्मिन्छ । जुन कुरा २५ देखि ४० प्रतिशतसम्म लागू हुन्छ । त्यसकारण बच्चामा राम्रो संस्कार भराउनका लागि आफूले पहिला राम्रो सँस्कारको अनुशरण गरेको हुनुपर्छ ।
सँस्कार भन्ने चिज व्यक्तिको खानपान, रहनसहन, चालचलन आदिबाट सुरुआत हुन्छ । यदि घरमा तँपाईले भगवानको प्रार्थना, जप, तप, पूजा गर्ने गर्नु भएको छ भने तपाईको बच्चाले पनि त्यसै गर्न थाल्छ तँपाईले सिकाइरहनु पर्दैन । त्यसकारण हामीले घरमा जे गर्छौं त्यहीँ कुरा बच्चाले पनि सिकिरहेको हुन्छ ।
संस्कारपछिको अर्को महत्वपूर्ण आम्दानी हो सत्संगत । यो पनि मानिसको जस्तो किसिमको संस्कार छ त्यस्तै प्रकारको फेला पर्छ, घरमा जस्तो किसिमको सँस्कार सिकाईएको छ त्यस्तै किसिमको साथीभाइहरु बन्छ, ती साथिभाइहरु नै मित्र अथवा शत्रु दुबै बन्न सक्छन् । साथीभाइ पनि कतिका धेरै हुन्छन् कतिका थोरै मात्र हुन्छन् ।  यसकारण संगत कस्तो छ बडो बिचार गर्नु पर्दछ । अर्को २५% देखि ५०% फल सत्संगतबाट मिल्न सक्छ ।
सत्संगतबाट कति फाईदा छ भन्ने कुरा महाकवि भर्तृहरि भन्नुहन्छ –
जाड्यं धियो हरति सिंचति वाचि सत्यं,
मानोन्नतिं दिशति पापमपाकरोति ।
चेतः प्रसादयति दिक्षु तनोति कीर्तिं,
सत्सङ्गति कथय किं न करोति पुंसाम् । 
अर्थ : सत्संगतबाट जड अर्थात् अज्ञानता नाश हुन्छ, सज्जनको साथले वाणी सधै सत्य हुन जान्छ, समाजमा सम्मान तथा प्रतिष्ठा पनि यसैको कारणबाट पाऊन सकिन्छ, पापकर्म गर्नबाट पनि रोकिन्छ, चेतनशील ज्ञानको बिकाश भै कीर्ती संसारभर फैलन्छ भने यसकारण सत्संगत बाट नपाईने के नै होला र ?
कस्ता व्यक्तिलाई सज्जन भनिन्छ त ? –
वांछा सज्जनसङ्गे परगुणे प्रीतिर्गुरौ नम्रता,
विद्यायां व्यसनं स्वयोषिति रतिर्लोकापवादाद् भयम् ।
भक्तिः शूलिनि शक्तिरात्मदमने संसर्गमुक्तिः खले,
एते येषु वसन्ति निर्मलगुणास्तेभ्यो नरेभ्यो नमः।। 
अर्थ : सज्जन व्यक्तिसँग संगत गर्ने इच्छा हुनु, अरुलाई प्रेम गर्नु, गुरुप्रति  नम्रता, विद्या सिक्नमा आशक्ति,  पत्नीलाई माया प्रेम गर्ने, लोकको निन्दादेखि भय अर्थात् डराउने, ईश्वरको भक्ति गर्ने, आत्मसंयममा सामर्थ्यवान, दुर्जन संगतलाई त्याग्न सक्ने, यी निर्मल गुण तथा स्वभाव जुन व्यक्तिमा रहन्छ, उनलाई नमस्कार छ अर्थात् ऊ व्यक्ति सज्जन कहलिन्छ ।यसका साथै अन्य गुणहरु पनि सज्जन व्यक्तिमा रहन्छ ती हुन् – विपत्तिमा धैर्य रहन सक्ने, उन्नतिमा क्षमा, सभामा वाणीको निपुणता, युद्धमा पराक्रमी, शास्त्रमा रुचि राख्ने, मुखमा सत्यवाणी, दानी स्वभाव, हृदयमा स्वस्थ आचरण, लोभलाई त्याग्न सक्ने, सबै प्राणि उपर दयावान आदि अनेक गुण भएका धर्मात्मा तथा ज्ञानी व्यक्तिलाई सज्जनको परिभाषा दिन सकिन्छ  । अब प्रश्न उठ्न सक्छ त्यसो भए कस्तालाई दुर्जन मान्ने त ? सज्जनको विपरीत गुण हुनेजति दुर्जन कहलिन्छन् – तलको श्लोकमा हेरौँ –
जाड्यं ह्रीमति गण्यते व्रतरुचौ दम्भः शुचौ केतवं,
शूरे निर्घृणता मुनौ विमतिता दैन्यं प्रियलापिनि ।
तेजस्विन्यवलिप्तता मुखरता वक्तर्यशक्तिः स्थिरे,
तत्को नाम गुणो भवेत्स गुणिनां यो दुर्जनैर्नाङ्कितः ।।

अर्थात् दुर्जनको यस्तो स्वभाव हुन्छ कि, सज्जनका सबै गुणलाई उसले अवगुणको रूपमा देख्दछ । लज्जामा मूर्खता, व्रतरुचिमा पाखंडीपन, पवित्रतामा धूर्तता, शौर्यमा निर्दयता, चुप रहनेमा बुद्धिहीनता, प्रिय बोल्नुको सट्टा दीनता, तेजस्विमा अभिमान, वर्क्तृत्वमा वाचालता, शक्तिमा निर्बलता सम्झने व्यक्तिहरु दुर्जन गुण भएका हुन्, साथै बिना कारण झगड़ा गर्ने, घरमा स्त्री हुँदाहुँदै अर्काकी स्त्रीमा इच्छा राख्ने, सहनशीलताको अभाव भएका, चुगलखोरी गर्ने, लोभ गर्ने, मनमा खोट राख्ने, अनावश्यक अरुलाई दुख दिने, धनको लोभ लालच गर्ने, रिसाहा आदि दुर्जन व्यक्तिका गुणहरु हुन् ।

यसपछि, मानिसको अर्को कमाई हो सत्कर्म

परमात्माले  मनुष्यलाई सबै प्राणीको भन्दा अलग स्थान दिनु भएको छ । जसमा सबभन्दा बढी स्थान मस्तिस्कको छ, जसको प्रयोगले मनुष्य सत्कर्म गरी परमात्माको नजिक पुग्न सक्दछ ।
 यस जन्म-मरणको बंधनबाट मुक्ति पाउनका लागि मनुष्यले यी सात कर्म गर्न ज़रूरी हुन्छ ।  यसको बारेमा यहाँ महापुरूषहरुद्वारा बताईएका ७ कर्मको बारेमा यहाँ चर्चा गरिन्छ –

1. सच्चा मनुष्य बन्न प्रयत्न गर्नु 

महापुरूषका अनुसार केवल मनुष्य योनिमा जन्म लिनका लागि मनुष्यले विभिन्न शिक्षा तथा संस्कार ग्रहण गर्न जरूरी  हुन्छ, सच्चा बन्नका लागि यसपछि अाफ्नो मानसिक तथा शारीरिक प्रवत्तिको नियन्त्रण गर्न सक्ने तथा परोपकारको भावनाको जन्म दिनका लागि कडा मेहनतका साथ अगाडि बढ्नु पर्दछ । 

2. दीनता तथा अभिमानबाट मुक्त हुनु /साहसीपन र गर्वदेखि मुक्त हुनु

दीनता भनेको दु:खी हुनु हो, जब कुनै पनि वस्तु प्राप्त हुनु पूर्व दु:खी हुनु र पाइसकेपछी अभिमान बढ्नु धेरै मनुष्यको स्वभाव हो, यी दुई चीजबाट बच्नका लागि हर समय आफूलाई भगवानको दास सम्झनु पर्दछ । जे गर्दा पनि परमात्मलाई नै श्रेय दिनु पर्दछ । यसो गर्दा दीनता तथा अभिमान्बाट मुक्त हुन सकिन्छ । तर जुन मनुष्यमा यी दुई वस्तु हुँदैन ऊ नै एक सफल मनुष्य हो ।
जब एक व्यक्ति आफैले आफूलाई ठूलो महसुस गर्न सुरु गर्छ, जब धनी हुन्छ, तब ऊ गर्व गर्न थाल्छ । 
त्यहाँ दुवैको लागि एक फरक समय हुन्छ , केहि कुरा गर्नु अघि, मानिसमा नम्रता बनी रहन्छ, तर जब यो पूरा हुन्छ तब गर्व गर्न थाल्छ । नम्रता र अहंकारको अवस्थाबाट जोगिनको लागि आफैलाई प्रत्येक परिस्थितिमा परमेश्वरको दास सम्झनु पर्दछ ।  यसो गर्दा नम्रता र गर्वबाट मुक्त हुन सकिन्छ ।

3. असफलतालाई सफलतामा बदल्नु 

संसारमा सफल व्यक्तिहरूको संख्या सही दिशा र ज्ञानको कमीको कारण कमी भएको हो । मानिसहरू आफ्नो कार्य क्षेत्रको दौडान रजोनिवृत्त(आफूभन्दा फरक) ब्यक्तिसँग भेट हुन पुग्छ । जसले क्षमा गरेर / क्षमाबाट यस्ता मानिसहरूलाई ढाल्दछ र उसको काम सजिलैसंग बन्दछ, वास्तवमा यो नै एक सफलता हो ।

4. प्रलोभन र दयालुबीचको भिन्नता बुझी, जीवनलाई सही दिशा दिनु – 

जब प्रेमले सीमा पार गर्दछ, त्यसपछि यसलाई मोहन भनिन्छ । यो तपाइँको परिवारका सदस्यहरु र वस्तुहरुको लागि प्रेम गर्ने एक उदाहरण हो । गीताको एक अध्यायमा, व्यभिचार भएका मोहले ग्रसित मानिसहरूलाई प्रेत भनी बोलाइएको छ । बरु, प्रेममा तपाईंको मनपर्ने कुरा छोड्नुलाई बलिदान वा दया भनिन्छ । यस्तो व्यक्तिलाई धर्मशास्त्रमा महान पुरुष र देवताहरूको स्थान दिइएको छ । यसैले, एक साँचो मानिसले यी दुबैको सही पहिचान गरेर जीवनलाई सही दिशा दिन सक्नु पर्दछ ।

5. प्रगतिमा आउने कुनै पनि डर /भयलाई नाश गरी सफल हुन प्रयास गर्नु

जसरी कुनै घोडाको मुल्य उसको दौडको आधारमा गरिन्छ । त्यस्तै एउटा गाईको मुल्य उसले दिने दुधको आधारमा गरिन्छ त्यसै गरी हाम्रो पनि योग्यताको आधारमा सफलताको श्रेणी तय गरिन्छ ।  जस्तै कि डुङ्गामा छिद्र (भ्वाङ्)  छ भने, त्यो डुंगा समुद्र पार गर्न सक्दैन, त्यसै गरी यदि हाम्रो शरीररुपी डुङ्गामा पनि छिद्र छ भने हामी सफलता प्राप्त गर्न सक्दैनौं । हाम्रो शरीरमा पनि तीन वोटा छिद्रहरू छन् -वासना, तृष्णा र अहंकार, जसले हामीलाई भगवानको नजिक जानबाट रोक्दछन् । यी तीनवटा छिद्रहरू हाम्रो जीवनमा हत्कडी जस्ता भएर रहेका छन्, यी छिद्रहरू बन्द गरेर, हामी साँचो तथा सफल व्यक्तिको श्रेणीमा आउन सक्छौं ।

6. असम्भबलाई सम्भबमा बदल्न सक्नु

सबै कुरा असंभवबाट सम्भबमा परिवर्तन गर्नुहोस् । मनलाई जित्न सके जित हुन्छ यदि मनबाट नै हार सोचेको छ भने हार हुन सक्छ । जीवनमा सबै कुरा सम्भव छ, यदि हामी सोच्दछौं कि हामी जित्न सक्छौं । यसको विपरीत, हामी जित्न सक्दैनौ भनी नकारात्मक सोचियो भने कहिल्यै जित्दैनौं । संसारमा असंभव भन्ने त्यस्तो कुनै चीज नै छैन । नेपोलियन बोनापार्टले असम्भव शब्द हटाये जस्तै हटाउनु पर्दछ । हरेक असम्भव कार्य मनले सम्भव गर्न सक्छ । हरेकको मनमा आउने आलस्य, स्वार्थ, परनिन्दा, छल्कपट, धोका आदि बिक्रितीलाई हटाउन सकेमा सबै काम सम्भव बन्न सक्छ

7. चरित्रवान बन्नु

उच्च आदर्श र सच्चरित्रका साथ एक व्यक्ति एक चरित्रवान हुन्छ । कुनै पनि पुरुष जो आफुभन्दा बढी उमेरको महिलालाई आमसमान मान्दछ, आफूसरहकोलाई बहिनीसमान सम्झनु, आफुभन्दा सानो उमेरको लाई छोरीसमान सम्झनु पनि  वास्तवमा सच्चरित्रवान भनिन्छ । यस्को विपरीत पक्षमा लाग्ने व्यक्ति मूर्ख र जनावर जस्तै हो । जसरी लामो समयसम्म ततायेपछि सुनलाई चम्किलो बनाउन सकिन्छ त्यसैगरी सच्चा चरित्रवान बन्नका लागि बर्ष भरि मिहिनेत गर्नुपर्दछ । एक वास्तविक चरित्रवान बन्नु / हुन प्रयास गर्नुपर्छ ।

सत्कर्म पछिको अर्को सम्पत्ति हो “सकारात्मक सोंचाइ” । जस्ले हामीलाई सधैं उत्प्रेरणा जगाई सफल मार्ग (मोक्ष)मा लग्न प्रेरित गर्दछ । सकारात्मक सोंचाइ बनाउनका लागि उसको आत्मबल बलियो हुनु पर्दछ ।

आत्मसम्मान, आत्मबल वा मनोबल भन्नाले हामीले आफ्नो बारेमा गरेको मूल्याङ्कनसँग सम्बन्धित हुन्छ जुन हामीले आफूप्रति बनाएको विचार, धारणा, वा सोचाइसँग सम्बन्धित हुन्छ । हाम्रो आत्ममूल्याङ्कनले हामीले गर्ने काम, पेसा, र सम्बन्धका साथसाथै हाम्रो शारीरिक र मानसिक स्वास्थमा पनि असर गर्दछ ।

सामान्यतया, हामीले भोगेका सफलता, असफलता र पीडादायी अनुभवले हाम्रो आत्मबलमा कमी महसुस हुन्छ भने त्यसलाई स्वाभाविक नै मान्नुपर्छ तर त्यसले लामो समयसम्म आफूप्रतिको धारणा, दैनिक रूपमा गर्ने क्रियाकलाप, पेशा, कार्य सम्पादन, परिवार तथा सामाजिक सम्बन्धहरूमा असर पुर्‍याउँछ भने त्यस अवस्थामा हामीले केही गर्नु आवश्यक हुन जान्छ ।

हाम्रो आत्मसम्मान धेरैजसो बाल्य कालका घटना, अनुभवहरू, सफलता, असफलता, परिवार, शिक्षक, तथा साथीभाइहरूले गरेको व्यवहार आदिका कारण हामीले आफूप्रति बनाएको धारणा तथा विश्वासमा आधारित रहेको हुन्छ । तसर्थ, आफ्नो आत्मबल बढाउन कतिपय अवस्थामा हामीले आफ्नो धारणामा पनि परिवर्तन ल्याउनु आवश्यक हुन्छ । त्यसका लागि हामीले निम्न उपायहरू अपनाउन सक्छौंँ ।

सर्वप्रथम, हामीले कुनै घटना वा परिस्थितिका कारण आफ्नो आत्मबलमा कमी आएको हो भने त्यसबेला हामीले आफूप्रति बनाएको धारणा, आत्म मूल्याङ्कन वा सोच पत्ता लगाउनु आवश्यक हुन्छ । हामीले आफूप्रति बनाएको धारणा तथा सोच पत्ता लगाउनको लागि कुनै पनि घटना या परिस्थिति पश्चात् तुरुन्तै आफ्नो मनमा खेलेका कुराहरूलाई एकफेर ध्यान दिनु आवश्यक हुन्छ ।

यदि हामीले आफूप्रति बनाएको धारणा वा सोच सकारात्मक र वास्तविकतामा आधारित छैनन् भने तिनलाई हामीले बदल्न पनि सक्छौँ । त्यसका लागि मनमनै आफूसँग सकारात्मक संवाद गर्नु आवश्यक हुन सक्छ । यसको लागि आफ्नो आत्मबलमा कमी ल्याउने घटना वा परिस्थितिको बारेमा मिति, समय, घटनाको विवरण, त्यसले आफूमा विकसित भएको धारणा वा सोच, त्यो धारणा वा सोच वास्तविक छ कि छैन र त्यो धारणा वा सोचको विकल्पमा विकास गर्न सकिने अर्को अझ बढी सकारात्मक धारणा वा सोच के हुनसक्छ भनेर एउटा डायरीमा दिनदिनै लेख्न सकिन्छ ।

कहिलेकाहीँं हामीमा कुनै नकारात्मक भावना आउँदा पनि त्यसलाई स्वाभाविक रूपमा लियौंँ र स्वीकार गर्यौ भने त्यसले आफुमा त्यति धेरै नकारात्मक प्रभाव नपार्न सक्छ । बेलाबेलामा हामीले आफूले गरेका गल्तीहरूप्रति क्षमाशील हुनु पनि आवश्यक हुन्छ । जसरी हामीले आफूभन्दा सानो व्यक्ति वा अन्य व्यक्तिहरूले गरेका गल्तीलाई माफ गरिदन्छौँ र त्यसले उसको समग्र व्यक्तित्वको मूल्याङ्कन गर्दैनौँ, त्यसैगरी आफूप्रति पनि धेरै आलोचनात्मक दृष्टिकोण नराख्नु जायज हुन सक्छ । कहिलेकाहीँ आफूप्रति या अरूप्रति लिइएको अस्वाभाविक र असम्भव अपेक्षाका कारण पनि हाम्रो आत्मबल वा आत्मसम्मानमा कमी आउन सक्छ । उदाहरणको लागि आफूले गरेका हरेक काममा शतप्रतिशत सफल हुनै पर्छ भन्ने धारणाका कारण आत्मसम्मान वा आत्मबलमा कमी आउन सक्छ ।

अत यी चार वटै साधनलाई जसले आत्मसाथ गर्न सक्दछ उसको जीवन सार्थक बन्नुका साथै पूर्ण आयु बाँचेर परम्पद हुन पुग्दछ भन्ने कुरामा कुनै दुई मत छैन ।

आफूमा बेलाबेलामा नकारात्मक भावना पैदा हुँदा त्यस्तो बेला भगवानप्रति ध्यान केन्द्रित गर्ने, योग अभ्यास गर्ने, सकारात्मक सोंचाइ लिने र अन्य आरामदायी अभ्यासहरू पूजा, ध्यान, जप, तप पनि गर्न सकिन्छ जसको लागि यसै वेभसाइटमा भएका अन्य सामग्रीहरू पनि हेर्नु होला । साथै कर्मकान्ड तथा ज्योतिष सेवा लिनका लागि यी नम्बरहरुमा 703-870-6480 or 571-315-7682 संपर्क गर्न सक्नु हुनेछ । लेखक ज्योतिषी खनाल बिगत ११ बर्षदेखि वासिङ्टन डिसीमा कर्मकान्ड तथा ज्योतिष पेशामा संलग्न हुनुन्छ । साथै कर्मकान्ड तथा ज्योतिष सिक्न इच्छुक व्यक्तिले पनि संपर्क गर्न सक्नु हुनेछ ।

श्रोत : बिभिन्न अन्लाईन पत्र-पत्रिकाको साथै पूर्वीय धर्मग्रन्थहरु । धन्यवाद ।

 
 
 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.