भर्जिनिया – फेब्रुअरी २३ २०१९
सप्ताह आयोजना तथा सामुदायिक भवन निर्माण बारेमा हाल सम्मका प्रगति विवरण तथा गतिबिधिको बारेमा डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समितीले आयोजना गरेको दोस्रो टाउनहल बैठक सम्पन्न भएको छ ।
डी.सी. मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपाली दाजुभाई दिदीबहिनीहरूका बीचमा सप्ताह महापुराणको आयोजना गरी Nepali American Community Center काे लागि श्राेत जुटाउने बारेमा समाजिक अभियन्ताहरूको दोस्रो बैठक सम्पन्न भएको छ । जसमा देहाय बमोजिमका विषयमा सर्बपक्षीय निर्णय भएको छ । १. हालसम्मका उपसमितिहरुको कार्यप्रगति विवरण, २.विधानसम्बन्धी छलफल तथा निर्णय र ३. प्रमुख सल्लाहकार छनौट तथा ३. सप्ताह संयोजक छनौट ४. संस्था दर्ता तथा ५. बैंक खाता सन्चालन कमिटि निर्णय भएको छ ।
कार्यक्रमको ढाँचा तथा शैली अनौपचारिक भनिए पनि आजको यो कार्यक्रम अत्यन्त मिहिनेतका साथ पारदर्शी ढंगले प्रस्तुत गरिएको थियो । जसको श्रेय कार्यक्रम सन्चालक तथा प्रस्तोता ददि ढुंगानालाई जान्छ भने उहाँलाई साथ दिने बक्ता तथा प्रस्तुतकर्ताको रुपमा क्रमश : स्वागत मन्तव्य सागर कँडेल, युथ कोअर्डिनेटर अर्जुन पौडेल, पन्डित समायोजन टिमको तर्फबाट राजेन्द्र खनाल, सप्ताह यज्ञ गर्ने स्थानको चयन तथा सम्झौता पत्रका विषयमा अरुण रुपाखेती, लेखा तथा आर्थिक समितिको तर्फबाट केशव बराल, सन्चालन समितिका तर्फबाट गोविन्द सुवेदी, संचार संयोजनका तर्फबाट गुणराज लुईटेल, विधान(by laws) संशोधन सम्बन्धी क्रमश: प्रेम संग्रौला, गोपाल रेग्मी, सुमन तिमल्सिनालगायतका बक्ताहरुले प्रश्नोत्तरसहितको प्रस्तुति दिनु भएको थियो ।
अन्य सामाजिक अभियन्ताको रुपमा वक्तव्य राख्ने क्रममा अमेरिका नेपाल सहयोगी समाजकी अध्यक्ष कमला खरेल, युबा अन्जन अधिकारी, डाक्टर मदन उप्रेती, अर्जुन सिग्देल, डाक्टर गुणराज सुवेदी, चन्द्र लामा, पुरु सुवेदी, कल्पना सुवेदी, ठाकुर ढकाल, खगेन्द्र अधिकारी, ऋषि बराल, बेल पछाई, विजय थापा, भरत रेग्मी, सीता काफ्ले, तोया पौडेल, प्रकाश नेपाललगायतका वक्ताहरुले आफ्ना विचारहरु राख्दै यसकार्यका लागि होस्टेमा हैसे गर्दै सबै जना लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो । अमेरिकाको अति व्यस्त समयका बाबजुद पानी परिरहेको चिसो मौसमलाई पनि जोखिम मोलेर कार्यक्रममा ८० जना भन्दा बढी सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो । यो सप्ताह ख्याती प्राप्त बाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलको वाचक संयोजनमा हुने भएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा सामुदायिक भवन निर्माण गर्ने उद्धेश्य सहित सप्ताह महापुराणको स्थान फेयरफ्याक्सको लोटस टेम्पलको अडिटोरियम हलमा गरिने निर्णय भएको छ भने समय दिउसो १ बजेदेखि बेलुका ८ बजेसम्म जुन २२ देखि २९ सम्म हुनेछ । प्रत्येक दिन ७०० देखि १००० जनासम्मको उपस्थिति हुन सक्ने अनुमान गरिएको छ ।
उपस्थित समुदायबाटै सर्वपक्षीय बहुमतका आधारमा यस कार्ययोजनाको प्रमुख सल्लाहकारका रुपमा प्रा. डा. विष्णु पौडेललाई छनौट गरिएको थियो भने सप्ताह संयोजक (coordinator) को रुपमा अरुण रुपाखेतीलाई । सँस्था दर्ता प्रक्रियामा सप्ताह सन्चालन समिति र बैंकसम्बन्धी कारोबारका लागि लेखा तथा अर्थ समितिलाई ज़िम्मा दिई प्रक्रिया अगाडि बढाउने सन्दर्भमा आजको कार्यक्रम टुंगिएको थियो । अन्त्यमा गुणराज लुईँटेलले महिलाहरुको पनि एउटा सन्चालन कमिटी गठन गरेमा सप्ताह अझ सशक्त रुपमा अगाडि बढ्नेछ भन्ने कुरामा जोड दिनु भएको थियो । समापनका क्रममा सन्चालक ददि ढुंगानाले सबैलाई धन्यवाद दिँदै जो कोही पनि यो सप्ताह कार्यक्रमको आयोजक बनी लाभ लिन सक्नुहुनेछ वेबसाईटमा गई आफ्नो नाम प्रतिक्रिया तथा सम्पूर्ण जानकारी सल्लाह र सुझाव दिन सक्नु हुनेछ भनी सबैलाई बिदा गर्नु भएको थियो । http://www.detrosaptaha2019.org

