पुंसवन सॅस्कार

पुंसवन सॅस्कारको विशेषता र महत्व – ज्योतिष पण्डित राजेन्द्र खनाल –

 

पुमान् लब्धो भवति येन तत्पुंसवनम् अर्थात्  गर्भमा रहेको शिशुमा पुरुषत्व प्राप्त होस् भनी गरिने प्रार्थनालाई पुंसवन सॅस्कार भनिन्छ । यो सॅस्कार गर्भ रहेको  २ वा ३ महिना मा वा सीमन्तोनयन सॅस्कारका साथ गर्न सकिन्छ भनी प्रयोगपारिजातमा जातूकर्ण्यले उल्लेख गरेका छन् । त्यस्तै प्रथम गर्भधारण गर्ने नारीहरुको पुंसवन सॅस्कार तेस्रो महिनामा गर्नु पर्दछ भने दोस्रो वा तेस्रो गर्भ धारण भएमा चारौ छैटौ वा आठौ महिनामा गर्न सकिने कुरा बृहस्पतिको भनाईमा स्पष्ट भएको छ ।  –

“ द्वितीये वा तृतीये वा मासि पुंसवनं भवेत् । व्यक्ते गर्भे भवेत्कार्यं सीमन्तेन सहाथवा”  -प्रयोगपारिजात

तृतीये मासि कर्तव्यं गृष्टेरन्यत्र शोभनम् । गृष्टेश्चतुर्थे मासे तु षष्ठे मास्यथ वाष्टमे ।। – बृहस्पति ।

यस सम्बन्धमा अन्य मतहरु पनि छन्, नारदको मत पनि बृहस्पतिको मतसॅग मिल्दोजुल्दो छ । वशिष्ठको मत पनि यस्तै नै रहेको छ । याज्ञवल्क्यका अनुसार बच्चा चल्न सुरु गर्नुभन्दा पहिले तीन महिना पुगेपछि शुक्ल पक्ष तथा शुभ नक्षत्रमा गर्नु पर्छ भन्ने मत रहेको छ । मदनरत्न ग्रन्थमा पुंसवन सॅस्कारको समय र लग्नादि समय शुद्धिको बारेमा स्पष्ट उल्लेख गरिएको छ । यी सबै मतको निष्कर्षबाट के कुरा स्पष्ट हुन्छ भने तेस्रो या चौथो महिनामा गर्भ बसेको स्पष्ट भईसकेपछि गर्भ विनष्ट नहोस् बच्चा र आमाको स्वास्थ्यस्थिति सुरक्षित रहोस् भन्नका लागि पुंसवन सॅस्कार गरिन्छ ।  यो समयमा गर्भ पतन हुन सक्ने संभावना भएकाले साबधानीपूर्वक गर्भरक्षाका निमित्त पुंसवन गर्नु पर्छ । पुंसवन गरिसकेपछि हात्ती घोडा चढ्न, व्यायाम गर्न, दगुर्न, उकालो ओरालो गर्न, नदी तर्न, कडा औषधी खान, पीरो अमिलो खान, सहबास गर्न, भारी बोक्न तथा अमंगल वाक्य बोल्न र धेरै हॅास्न पनि हॅुदैन । यस समयमा मीठो बोल्ने, मान मर्यादा गर्ने कथाहरु सुन्ने सधै प्रसन्न मुद्रामा रहनु पर्दछ । मोक्ष प्राप्तिका निम्ति मोक्षोपयोगी स्थूल शरीरको निर्माण गर्नु पनि यस सॅस्कारको ध्येय र विशेषता हो । गाउॅघरमा यसको महत्व भए पनि सहर बजारमा यसको महत्व कम हुंदै गएको पाईन्छ । पुंसवन सॅस्कारको कर्ता पति / श्रीमानले गर्नु पर्छ भनिएको छ , श्रीमानको अभावमा देवर वा अन्य नजिकको बन्धुबान्धवले पनि गर्न मिल्छ ।

कस्तो साईतमा गर्ने भन्ने सम्बन्धमा शास्त्रमा हस्ता, मूल श्रवण, पुनर्वसु, मृगशिरा, पुष्यजस्ता पुरुषकारक नक्षत्रमा गर्नु शुभ हुन्छ भनी बताईएको छ भने  त्यस्तै अनुराधा र अश्विनीलाई पनि पुरुषकारक मानिएको हुंदा यिनमा पनि शुभ हुन्छ । रिक्ता तिथि (४/९/१४) र पर्वलाई छोडी अन्य तिथिमा शुभ मानिन्छ ।  वारमा शनिवार र शुक्रवारबाहेक अन्य वार शुभ मानिएको छ ।

यसबारेमा थप जानकारीको लागि सम्पर्क ः 7038706480

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.