• Advertisement upload

नेपालको चुनाव : भोट कस्तालाई हाल्ने ? – उप प्रा. श्याम खनाल

नेपालको चुनाव : भोट कस्तालाई हाल्ने ? उप प्रा. श्याम खनाल

२०२२/११/१८

कुनै पनि देशको आफ्नै धर्म संस्कार र संस्कृति रहेको हुन्छ । त्यसै अनुरुप हाम्रो देश पनि परापूर्वकालदेखि नै वैदिक [शैव वैष्णव बौद्ध(वज्रयान) किरात] धर्मको अनुयायिकहरूका वासस्थानको रूपमा रहँदै आएको छ । ईश्वरको निराकार रूपका उपासक मुस्लिम र मियाँहरूको पनि पहाड एवम् तराइका विभिन्न स्थानमा बसाई भए तापनि उनीहरूले वैदिक धर्मका अनुयायीहरूका चाड पर्व पनि मानेका देखिन्छन् भने बाटा सबैका भिन्न भए तापनि गन्तव्य उही भएकोले आफ्ना कुलधर्म अनुसार ईश्वरको आराधना गर्नुपर्छ भन्नेमा दृढनिश्चय देखिन्छन् । Worship own respect all भन्ने कुराको उनीहरूले मनन गर्दै आएका देखिन्छन् ।

नेपालमा देखिएका इसाईहरू, महामानव क्राइष्टका अनुयायी भन्दा पनि विदेशीहरूको धर्मान्तरणद्वारा देशमा युद्ध गराउने योजनाअनुसार converted भएका मात्र हुन् । यहाँ पुर्खौली इसाई धर्म मान्ने छँदै छैनन् ।उनीहरूको काम नै अरु धर्मलाई सैतान को संज्ञा दिई आफूलाई महान् देखाउने मात्र हो ।

हो यही इसाई धर्मको प्रभावमा परी मोटो रकम असुल गरी देशमा अराजकता फैलाउने, हाम्रा धर्म संस्कार संस्कृतिलाई जडसूत्रवाद भनी इसाईलाई वैज्ञानिक धर्म मान्नेहरूको प्रभाव नेपालका अधिकांश पार्टीहरूमा परेको देखिन्छ । एकजना सच्चा वैदिक धर्म मान्नेले संसारका सबै आमाहरूलाई आमाकै रूपमा पूजा गर्छ तर श्राद्ध भने आफ्नी आमाको मात्र गर्छ । अर्थात् मोहम्मद, जीसस क्राइष्ट सबैलाई मान्दछ श्रद्धा गर्दछ तर आफ्नो कुलधर्म छोड्दैन । तर धर्मको माध्यमले देशलाई युद्धभूमि बनाउन खोज्नेहरूले यस्तो गर्नै सक्दैनन् । नेपालका केही पार्टीका नेताहरुको काम त देशभित्र जुटेर बसेका ॐकार वैदिक परिवारलाई फुटाएर देशलाई अशान्त बनाई अङ्ग्रेजी भाषामा जिससको पुकार गर्ने खालको साम्राज्यवाद फैलाएको देखिन्छ । हो त्यस्ता व्यक्तिहरु तपाईहरुको गाउँपालिका , नगरपालिकाबाट उठेका छन् भने त्यस्तालाई भोट नहाल्नु होला ।

त्यस्ता धर्म संस्कार र संस्कृति विरोधिहरूमध्ये कोही बाहिर बाहिर टीका लगाएर भित्र भित्रै चर्चमा प्रार्थना गर्ने छन् । कोही म त कम्युनिष्ट पार्टीको नेता हुँ मैले रक्षाबन्धन बाँध्दिन भन्दै भोटको लागि मन्दिर धाउने पनि छन् । कोही धर्मान्तरण गराउने संस्थाका पैसा खाएर जनता झुक्काउन पशुपति धाउने पनि छन् । कोही धर्मनिरपेक्षको नारा लगाएर राष्ट्रपतिको र्‌याल चुहाउँदै टुप्पी हल्लाउने पनि छन् । कोही संघियताको विरोध गरेजस्तो गरेर प्रदेशमा उमेदवार उठाउने अनि धर्मनिरपेक्षताको नारा लगाएर देशमा क्रिश्चियानिटी फैलाउने पनि छन् । कोही दर्शनशास्त्रका गफ हाँकेर हाम्रो पौरस्त्य दर्शनलाई कपाल हल्लाउँदै गाली गरेर हिँड्ने पनि छन् । कोही पाँच किलोमिटर सडक पनि पिच गर्न नसक्ने तर काली गण्डकीलाई ल्याएर सिँचाई गर्ने भन्ने बेतुकका प्रकृतिविरोधि कुरा गरेर जनता झुक्काउने पनि छन् ।

त्यसैले कसैले मीठो स्वर गरेर फकाउन आउला, कोही टीको लगाएर ऋषिको भेष गरेर आउला, कोही संविधानका कुरा गरेर आउला, कोही फल्नाले यति भ्रष्टाचार गरो त्यसैले म ठिक छु भन्दै आफूलाई ठूलो गराउँदै आउला । कोही रक्सी खाएर हिन्दू धर्म र संस्कारका कुरा गर्दै आउला । यस्ता कुनै कुरामा झुक्किन अब हामी हुँदैन । पटक पटक सत्तामा पुगेर पनि खाली  भ्रष्टाचार मात्र गरेका छन् भने त्यस्तालाई पनि भोट नहाल्नु होला ।

अतः बचन कठोर होला तर सही बोलेको हुन सक्छ । टीको न लगाएको होला तर देशका मन्दिर गुम्बाको संरक्षण गर्दै हिँडेको हुन सक्छ, रक्षावन्धनलगायतका साँस्कृतिक चाडपर्वहरुमा राष्ट्रिय विदा दिएको हुन सक्छ । जनमतअनुसार परिवर्तन गर्न सकिने संविधानभन्दा देशलाई ठूलो मानेर हिँडेको हुन सक्छ । यी सबैको कुराको चिन्तन गर्दै मंसिर ४ गते विहान ६ बजे एकपटक ध्यानमुद्रामा रही देशलाई सम्झेर मतदानस्थलमा गई सही निर्णय गरौँ । पूर्खाहरूले भन्ने गरेका थिए – बरु भोकै मरेस् तर नराम्रो काम गरी न कमाएस् । देशविकासमा पनि त्यही कुरा लागू हुन्छ – हाम्रो धर्म संस्कार र संस्कृति अनुकुल हुने गरी विकासका कुरा गर्नेहरूलाई यसपटकको चुनावमा विजयी गराऔँ । नेपाली भेष भुषाप्रति elergy हुने र नदीमा दुध चढाउँदा हिन्दू धर्मलाई गाली गर्ने तर क्रिश्मस र बकरइदमा अरबौँ जीवहत्या हुँदा लुसुक्क पर्ने हरामहरू एवम् उनका समर्थकहरूको जरो नै उखेलिदिऊँ यसपालीको चुनाबमा । जय देश ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.