नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले रंगीन पर्व होली मनाउँदै
वासिंटन डीसी –
नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले यस वर्ष रंगको पर्व होली अर्थात फागु पूर्णिमा विविध गतिविधिसहित आउने आइतबार मार्च २८ तारिख दिनको ३ बजेदेखि मनाउने भएको छ ।
होलीको कार्यक्रम भर्चुअल र स्थलगत दुवै रुपमा हुनेछ भने इनेप्लिज लगायतका फेसबुक मिडियाबाट लाइभ पनि हुनेछ । होलीको अवसरमा न्याकका मुख्य संयोजक डा. मदन उप्रेतीले न्याकका सदस्य एवं समुदायका समस्त दाजुभाई तथा दिदी बहिनीहरुलाई शुभकामना दिनु हुनेछ । त्यस्तै न्याक सांस्कृतिक समितिका संयोजक अरुण रुपाखेतीले यस पटकको होली कार्यक्रममा तलको जुम लिंकमा सहभागी हुन सवै दाजुभाई दिदीबहिनीहरुलाई अनुरोध गर्नु भएको छ।
न्याकले रंगको पर्व होलीलाई हिमाल, पहाड र तराई झल्किने गरी विशेष रुपमा मनाउन विभिन्न तयारी गरिरहेको जानकारी न्याक सांस्कृतिक समितिले दिएको छ ।आइतबार न्याकको भवन हातामा नेपाली परम्पराअनुसार होलिका दहनको साथै गुरूहरुबाट रंगीन टीका लगाइदिने, बालबालिकाहरुबाट राष्ट्रिय गीतहरुका साथै होली सम्बन्धी मैथीली, भोजपुरी र नेपाली गीत एवं नृत्यहरु पनि प्रस्तुत गरिने छ ।
तराइबासी नेपालीहरुको समेत सक्रियतामा नेपालका सवै नेपाली जातजातीहरुलाई पनि समेटेर न्याकको छातामा यो कार्यक्रम हुन लागेको जानकारी तराई बासीहरुको संस्था एन्टाका पूर्व अध्यक्ष एवं न्याक संस्कृति समितिका विजय सिंहले जानकारी गराउनु भयो ।
होली पर्व नेपाली तथा भारतीय मूलका मानिसहरुले अमेरिकामा पनि प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाका दिनमा मनाउदै आएका छन । पहिले त्रेता यूगमा भगवान विष्णुका परम भक्त हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा जलाउन लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिई र विष्णुभक्त प्रल्हादलाई केही नभएको र सत्यको जीत भएको दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । सो परम्परा सधैभरि यसरी नै विश्वभर चलिरहनेछ । सम्पूर्णमा होलीको शुभकामना ।
सम्पर्क:
1. अरुण रुपाखेती, संयोजक, न्याक संस्कृति समिति- 703-909-7123
2. हरिकृष्ण पुडासैनी, संयोजक,
न्याक होली उत्सव
फोन: 571-215-2422
3. विना खड्का लामा, संयोजक, न्याक बालबालिका कार्यक्रम फोन: 703-901-6508
4. सुनिता खत्री, संयोजक, न्याक महिला विभाग
फोन: +1 (703) 297-1778
जुम लिंक:
Topic: NACC celebrates Holi Festival – 2021
Time: Mar 28, Sunday 2021 03:00 PM Eastern Time (US and Canada)
Join Zoom Meeting
https://zoom.us/j/95428074947?
Meeting ID: 954 2807 4947
Passcode: 543249
नोट : यदि तपाईलाई न्याकको गतिविधिको बारेमा बुझ्न मन लाग्यो, सदस्यता लिन वा आफूलाई बढाउन मन लाग्यो भने www.nepalicenter.org मा गई आफ्नो मेम्बरशिप स्टाटसका साथै नयाँ मेम्बर पनि बन्न सक्नुहुनेछ । कृपया मेम्बर बन्ने काम छिटै गर्नु भयो भने सहुलियत दरमा बन्न सक्नुहुनेछ । सिधै बैंकमार्फत ACH डाईरेक्ट डिपोजिट (मासिक) हुने गरी पनि बन्न सक्नु हुनेछ । यदि तपाई फोनमा कुरा गरेर सदस्यता लिन चाहनु हुन्छ भने 703-870-6480 or (571) 449-7421 यी नम्बरहरुमा फोन गर्न सक्नुहुनेछ । धन्यवाद ।
Error: Contact form not found.