कोरोना भाईरसबाट बँचौ र बँचाऔँ – राजेन्द्र खनाल

एप्रिल ४, २०२०
 अहिलेको यो कोरोना भाईरसको आक्रामक स्थितिबाट कसरी बँच्ने भन्ने सन्दर्भमा केही मेरा टिप्सहरुलाई अनुशरण गर्नुहोला, किनकि अहिले हस्पिटल गएर मात्र समस्याको समाधान हुँदैन, ईमरजेन्सी अवस्थाबाहेक हस्पिटल जाने स्थिति छैन, रोगले भन्दा पनि बढी डर र त्रासका कारण मान्छेको ज्यान गईरहेको छ । त्यसकारण यस्ता कुरामा बढी ध्यान दिनुहोला-  धन्यवाद सहित सुश्वास्थको कामना र प्रार्थना  गरिरहेको छु तपाईहरु सबैजनाको लागि ।
१. प्रातस्नान, नित्यकर्म, पूजापाठ, सन्ध्याबन्धन, प्राणायाम, ध्यान, योग, व्यायाम आदि गर्नुहोस् !
२. घरभित्र बसिरहँदा पट्यार लाग्यो भने भजन, कीर्तन, मुभी, पाठ आदि हेरेर, सुनेर
आफ्नो मनलाई एकत्रित हुन दिनुहोस् । चन्चल नगराउनु होस् ।
३. आफ्नो घर परिवारभित्र कसैलाई लक्षणहरु देखिएर शंका लागेमा छि छि र दूरदूर नगरी उसलाई हौसला दिने, छुट्टै कोठामा राखी आरामसहितको सेवा सुबिधा दिनुहोस् । यदि कसैको परिवार नै छैन साथमा भने नजिकको साथीभाईलाई कल गर्नुहोस् ।
३. संभव भएसम्म कामबाट विदा लिनुहोस् । लिन नमिलेमा साबधानीपूर्वक सुरक्षित रहने नियमहरुको पूर्णत: पालना गरी होसियारीपूर्वक गर्नुहोस् ।
४. खाना खाँदा सकेसम्म शुद्ध र ताज़ा खानेकुराहरु बनाई खानुहोस्, बासी र माछामासुहरु सकेसम्म नखानुहोस् ।
५. आफ्ना नजिकका आफन्त साथीभाईसँग फोन, ईमेल, ईन्टरनेटको माध्यमबाट सम्पर्कमै  रहनुहोस् ताकि कुनै समस्या पर्दा सहयोग होस् । कोरोनासँग सम्बन्धित समाचार सकेसम्म हेर्ने र सुन्ने बानी कम गर्नुहोस् ।
६. भाईरसको शंका लागेर ईमरजेन्सी जानुपर्ने स्थिति आएमा आफ्नो परिवार र नजिकको साथीभाई, ईस्टमित्रलाई सम्पर्क गरेर मात्र जानुहोस् ।
७. सपिंगको लागि बजार जानु पर्दा होसियारीपूर्वक सकेसम्म कसैसँग नछोईई ६ फिटको दूरीलाई क़ायम राखी व्यवहार गर्नुहोस् ।आवश्यकताअनुसार माक्स र ग्लोबको प्रयोग गर्नुहोला ।
८. यी मध्ये वा अरु कुनै पनि समस्या आईलाग्यो, सहयोगको खाँचो पर्यो भने वा कहाँ फोन गर्ने वा कसलाई सम्पर्क गर्ने भन्ने कुरा पत्ता लगाउन सक्नु भएन भने कृपया यो नम्बर ७०३-८७०-६४८० मा सम्पर्क गर्नुहोला !
यति मात्र गर्न सक्नु भयो भने यसले तपाईलाई लग्दैन । भगवानकै लीला हो यो !
भाईरसबाट बँचौ र बँचाऔँ ! जय होस् सबैको !
नोट : कोरोना भाईरसको महामारीबाट बँच्न र बँचाउनका लागि आध्यात्मिक ज्ञान अनुष्ठानमा भाग लिई पूजा, पाठ, जप, ध्यान आदि गरी सुरक्षित रहनुहुन सम्पूर्णमा आग्रह गर्दछौँ ।  अहिले यो कोभिड १९को संक्रमणका कारण न्वारान र अन्त्यकर्मबाहेक ज्योतिषीयसेवा लगायत सम्पूर्ण पूजा,जप तथा पाठहरु फोन तथा अनलाईनबाट मात्र हुने भएकोले यो नम्बर 703-870-6480 मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौँ । or INFO@HINDUCULTURECENTER.COM    । website WWW.HINDUCULTURECENTER.COM
धन्यवाद
हिन्दु कल्चरल सेन्टर ।

One Comment

  1. Pingback: कोरोनाको भविष्य ? Future of COVID 19 – ज्योतिष पण्डित राजेन्द्र खनाल, अमेरिका – Hindu Cultural Center

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.