कोरोना तिमी को हौ? -राख भर्जिनिया यूएस्ए

कोरोना तिमी को हौ? -राख

ऊहान’बाट सजिलै उदायौ,
संसारलाई सखापै बनायौ !
नदेखिई स्वाट्ट भित्रै छिरेर
बुढाबुढीलाई किन सिध्द्यायौ ?

संसारका व्यक्ति लाखौँ ज़नामा
पसिसकेछौ सहजै तनुमा !
गन्तव्य तिम्रो कहाँ हो भनेनौ
कहाँ गई अन्त्य हुने छ योजना ?

बजारमा कोही छन् मस्त-मस्त
कोही भने सामान नपाई अल्पत्र,
सबैलाई हाहाकार् गराई याहाँ
नमस्ते सिकाई दियौ विश्वमाझ !

कोही भन्छ तिम्लाई यूएसले बनायो
उसैले भन्छ फेर चाईनिजे कोर्ना यो !
अझै छैन तिम्रो पत्ता भएको
तिमी नै भन यो के हो भएको ?

डाक्टर सबै छक्क परिरहेछन्
साईन्टिस्टहरु तिम्रो पछि परेछन् !
अरु सबै तिम्रो शरण परेर
पुकारी रहेछन् ‘करुणा’ भनेर !

चमेरो र सर्प पनि खान थाले
जनावरको रक्षा नहुने हुनाले !
महामारी आतंक मच्चाई दियौ
हजारौँ जनाको पनि ज्यान लियौ !

जीवन सजिलै लिन हुन्न हेर
सबैको मतिमा गति हुन्न धेर !
गल्ति भएमा माफी गरिदेऊ
सफा हुने कर्म सिकाई लेऊ !

सफा भएमा तिमी भागी जान्छौ,
भन्ने सबैले बुझेनन् सुरुमा !
शंका गरी विश्वभरि फैलाए
अहिले सबैले अब चेत खाए !

कहीँ तिम्रो चर्चा त कहीँ प्रशंसा
कहीँ गालि गर्दै त कहीँ सुरक्षा !
नेपाललाई तिमीले बचायौ
नजाऊ अहिले अझ दुख्छ घाउ !

तिमी देवी हौ की, हौ कुनै देवता ?
तिमीलाई चिन्न सकेनौँ मनुष्य !
यति शक्तिशाली महाकाली जस्तै
भनिदेऊ तिमी हौ कहाँकी कोरोना ? …

कोरोनाबाट बँचौ र बचाअौँ ।

मार्च १९, २०२० बिहीबार

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.