सनातन वैदिक ग्रन्थमा विद्यमान एवं प्राच्य त्रिकालदर्शी महर्षिहरुद्वारा प्रत्यक्ष अनुभव गरिएका मन्त्र शक्तिकाे माध्यमबाट विश्वभर एकै समयमा (स्थानीय समय ९ बजे) जपयज्ञ प्रारम्भ हुने कुरा बताइएकाे छ । प्रात: स्नान, आचमन, ध्यान, याेग तथा प्राणायाम आदि नित्यकर्म गरी निम्नानुसार
जपयज्ञमा सहभागी हुनुहुन सबैमा सूचना मार्फ़त आयाेजकले अनुरोध गरेकाे छ ।
कार्यक्रम सुरुआत मार्च २५, २०२० बुधबार बिहान ९ देखि १० बजे सम्म स्थानीय समय अनुसार महामृत्युंजय – ॐ ह्राैं जूं स: ॐ भूर्भुव: स्व: ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारूकमिव बंधनान्मृत्याेर्मुक्षीयमाऽमृता
मार्च २६, २०२० बिहीबार बिहान ९ देखि१० बजे सम्म –
राेगानशेषानपहंसि तुष्टा
रुष्टा तु कामान् सकलानभीष्टान् ।
त्वमाश्रितानां न विपन्नराणां
त्वमाश्रिता ह्याश्रयतां प्रयान्ति ।।
तथा अन्य देवी स्ताेत्र, मन्त्रले पाठ गर्ने
मार्च २७, २०२० शुक्रवार बिहान ९ देखि १० बजे सम्म
– ॐ नमाे भगवते वासुदेवाय !,
श्रीकृष्ण गाेविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव: !
तथा अन्य नामसंकीर्तन वा विष्णु सहस्रनाम स्तोत्र आदि पाठ तथा जप गर्न आयाेजकहरुले आह्वान गर्नुभएकाे छ । यहाँहरु सवैले पनि जहा जहाँ हुनुहुन्छ सोही स्थानवाट जति सक्दो धेरै जप, पाठ, भजन गरि महामारीवाट छुटकारा प्राप्त गर्न सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा अायोजकहरुले लिनुभएको छ। इश्वर प्रतिको अगाध श्रद्दा नै हाम्रो अन्तिम हतियार हो ।
हाल विश्वमा व्याप्त यो माहामारीबाट जीवन गुमाउनेहरुप्रति हार्दिक श्रद्धांजली व्यक्त गर्दै संक्रमितहरुकाे शीघ्र स्वास्थ्यलाभकाे कामनासमेत बैठकमा सहभागी विद्वानहरुले गर्नुभएकाे थियाे ।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्।
ॐ शान्तिः शान्तिः शान्तिः