नेपाली अमेरिकन सामुदायिक केन्द्रको प्रेस विज्ञप्ति

Nepali American Community Center’s press Releases 

प्रेस विज्ञप्ति
01/13/2020
नेपाली 
अमेरिकन

नेपाली अमेरिकन सामुदायिक केन्द्रको विशेष साधारणसभा सम्पन्न !

मनाससमा भवन सहितको जमिन खरिद गर्ने निर्णय सर्वसम्मतले पारित !!
वाशिंगटन डिसी, अमेरिका-

 नेपाली सामुदायिक केन्द्र (NACC) को आइतबार स्थानीय लोटस मन्दिरमा बसेको विशेष साधारण सभाले मनाससस्थित चर्चको जमिन र भवन १७ लाख डलरमा खरिद गर्ने प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको छ। अब फेब्रुअरी १५ तारिकमा आधिकारिक रुपमा पास भएपछि Balls Ford Road मा रहेको ३.१ एकर जमिन र दुई वटा भवनहरु पूर्ण रुपले  नेपाली अमेरिकन

समुदायिक केन्द्रको स्वामित्वमा हुनेछ ।
बैठकले जमिन खरिद तथा ईन्जिनियरिंग कमिटीको प्रतिवेदन, आर्थिक कमिटीको प्रतिवेदन, विधान संसोधन र जमिन खरिद गर्न अधिकार दिने सम्बन्धी प्रस्तावहरुलाई आवस्यक छलफलसहित सर्वसम्मत रुपमा पारित गरेको थियो ।
सीता काफ्लेको सभापतित्वमा भएको विशेष साधारण सभामा मोडरेटरहरु प्रदीप ढकाल, पुरु सुबेदी, र ददी ढुंगानाले कार्यक्रमलाई ब्यबस्थित तरिकाले संचालन गर्नुभएको थियो ।
प्रेम संगौलाले स्वागत मन्तव्य  दिनु हुंदै एक वर्ष पनि नहुंदै हामीले जमिन खरिद गर्न हासिल गरेको सफलता अतुलनीय भएकोले अब एक पल्ट सबैले एकजुट भएर होस्टेमा हैसे गर्नु पर्ने विचार व्यक्त गर्नुभयो ।
अरुण रुपाखेतीले आफूहरुले डिसी नेपाली समाजबाट सानो स्तरबाट शुरू गरेको यो अभियानले आज यति ठूलो रुप हासिल गरेकोमा खुशी व्यक्त गर्दै एनएसीसीले डिसी मेट्रो क्षेत्रमा रहेका सवै संघसंस्थाहरुलाई समान ब्यवहार गर्नु पर्ने विचार ब्यक्त गर्नु भयो ।
अन्य सामाजिक संघ संस्थाहरुसंगको समन्वय र सहकार्यबारे प्रष्ट पार्दै गोपाल रेग्मीले अमेरिका नेपाल हेल्पिंग सोसाईटीको मन्दिर  निर्माण गर्ने योजनालाई NACC को मन्दिर सहितको सामुदायिक भवन बनाउने परियोजनासंग एकीकृत गरी सामुदायिक स्रोतको प्रभावकारी उपयोग गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिनु भयो ।
वहाँले समझदारीमा २ लाख भन्दा बढी रकम एएनएचएसले लिएर आउने, मनाससमा उक्त संस्थालेसंचालन गर्दै आएको स्कुल संचालनको लागि आवश्यकता र उपलब्धता हेरी NACC ले निःशुल्क नियमित कक्षा कोठा उपलब्ध गराउने लगायतका बुँदा सहितको समझदारी पत्रमा हस्ताक्षर भएको; अन्यसंघ संस्थाहरूसंग पनि सहकार्य, समन्वय, र साझेदारीका निम्ति समझदारी गरिने;  भाषा, कला र संस्कृति सम्बन्धी कक्षा संचालन गर्न उपलब्धता र आवश्यकता हेरी अन्य संघ संस्थाहरूलाई पनि निःशुल्क कोठाहरू उपलब्ध गराउने नीति पारित गरिएको आदि जानकारी गराउनु भयो । रेग्मीले अन्य सामुदायिक संस्थासंग समझदारी गरी सहकार्य, समन्वय, र साझेदारीमा समुदायको बृहत्तर हितका लागि सामुदायिक स्रोतको प्रभावकारी उपयोग र सामुदायिक एकता बलियो बनाउने दिशाको NACC को यो पहिलो ऐतिहासिक कदम हो  भन्दै यस क्षेत्रमा कार्यरत संघ संस्थाहरूलाई सहकार्यको लागि आह्वान पनि गर्नु भयो ।
चन्द्र लामाले सवै स्वयंसेवक (Volunteer) हरुको प्रशंसा गर्दै खेलकूदको क्षेत्रमा पनि काम गर्न एनएसीसीलाई अनुरोध गर्नु भयो ।
विना खड्का लामाले सोही अवसरमा युवा तथा जुनियर मेम्बरशीप १५० भन्दा बढी रहेको र सय सम्बन्धीछुट्टै बैंक खाता खोली भैरहेको कामको प्रगति पेश गर्नु भयो ।
जमिन खरिद सम्बन्धी प्रकृया र कार्यसम्पादनको बारेमा प्रकाश पार्दै रियल्टर बासु सत्याल र राम मिश्रले आफूहरुले करीव चौँतीसवटा स्थानिय जग्गा जमिनहरुलाई सम्भावित लिष्टमा राखेर ईन्जिनियरिंग कमिटीको सहायतामा जमिनका विविध पक्षहरुको विश्लेषण गरी चारवटालाई शर्टलिष्टेट गरेको र त्यस मध्ये  मनाससको जमिनलाई सवैभन्दा उपयुक्त ठहर्याएर निर्णयको लागि अन्तरिम कार्यसमिति र अन्तरिम बोर्ड अफ ट्रष्टीलाई सिफारिश गरेको जानकारी गराउनुभयो ।उहॉहरुले जमीन खरिद गर्दा रियलिटरलाई आउने लगभग ५१ हजार कमिसन एनएसीसीलाई नै सोझै हस्तान्तरण गरिने जानकारी पनि गराउनुभयो । उहॉहरुले फ्लोरबाट आएका प्रश्नहरुकोपनि उत्तर दिनु भएकोथियो ।
यस्तै जमिन खरिदको लागि छानिएका ३४ वटै जमिनहरूको ईन्जिनियरिंग पक्ष कस्तो छ, त्यसको नाप नक्सा र अन्य सामाजिक, भौगोलिक अवस्था कस्तो छ भनेर बुझ्नको लागि गठित ईन्जिनियरिंग समितिको तर्फबाट बोल्नु हुंदै ठाकुर ढकालले आफूहरुले विविध जमिनहरु मध्ये विस्तृत अध्ययनको लागि छनोट भएका तीनवटा जग्गाहरुको तुलनात्मक विस्लेषण प्रस्तुत गर्नुभएको थियो। तिनीहरु मध्ये विविध पक्षबाट राम्रो ठानेर मनाससस्थित जमिनलाई छनोट गरिएको थियो। उक्त जग्गा र त्यसमा अवस्थित भवनको काउन्टीमा रहेका कागजात र  रेकर्ड कस्तो छ, निर्माण र मर्मत गर्न कतिखर्च लाग्छ र काउन्टीमा के कस्ता जग्गा सम्बन्धी नियम कानुन हरु छन् र हाल उक्त भवन र जग्गा के कस्तो अवस्थामा छ, सोको रिपोर्ट सहित यो जमिनखरिद गर्न योग्य छ भनेर अन्तरिम कार्यसमिति र अन्तरिम बोर्ड अफ ट्रष्टीलाई सिफारिसगरेका हौं र काउन्टीले व्यवसायिक वर्गमा राखेको, २५० पार्किंग लट बनेकै अवस्थामा रहेको, ६६ हाईवेबाट २ मिनेटको दुरीमा रहेको, सवै क्षेत्रमा बस्ने समुदायलाई सरदरमा त्यहॉ पुग्न १५ मिनेटलाग्ने साथै व्यवसायिक क्षेत्र (Commercial Zone) भएकोले यो जमिन बहुपक्षीय उद्देश्यमा चलाउन पाइने भएकोलेउपयोगी भएकोले यसलाई खरिद गर्न अगाडि बढ्न अनुरोध गर्नु भयो । उहॉले फ्लोरबाट आएका प्रश्नहरुको पनि उत्तर दिनु भएको थियो ।
आर्थिक अवस्थाको बारेमा प्रतिवेदन मार्फत प्रष्ट पार्नु हुदै केशब बरालले अहिले सामुदायिक केन्द्रको बैंक खाताहरुमा १२ लाख भन्दाबढी नगद रकम  मौज्दात रहेको तथा दाताहरुबाट प्रतिबद्धता जनाइएको झन्डै दश लाख डलर उठ्न बाँकी रहेको र उठ्ने क्रम पनि जारी रहेको जानकारी गराउनुभयो । उहॉले सभाको अन्तिममा सो समयसम्म बैठक कक्षमै संकलित गरिएको करीब ७०हजार डलरको विवरण प्रस्तुत गर्नु भएको थियो ।
विधान संसोधन समितिको तर्फबाट पुरू सुवेदी र टीका मैनालीले प्रस्तुत गर्नु भएका बुंदाहरुलाई उपस्थित समुदायले छलफल गर्नुका साथै आवश्यक सुझाव सहित सर्वसम्मत रुपमा पारित गरेकोथियो।
डा. मदन उप्रेतीले उक्त जमिन खरिद गर्दा हुन सक्ने सम्भावित उपलब्धिहरूको बारेमा प्रकाश पार्दै घरजग्गा खरिद गर्न बजेट पुगनपुगको अवस्था सम्बन्धी विवरण प्रस्तुत गर्नुका साथै भोलि यसै गतिमा हामीले काम गर्दै जाने हो भने बाँकी रकम उठ्न पनि कुनै समस्या नहुने प्रतिवद्धता व्यक्त गर्दै सबै समुदायलाई एकजुट भएर अगाडि बढ्न र यस अभियानलाई पूर्णरुपले सहयोग गरिदिन अपिल गर्नुभयो ।
उहाँले ५० हजार डलर भवन खरिदको लागि धरौटी स्वरुप विक्रेतालाई दिइएको  जानकारी गराउंदै भावी आर्थिक कार्यक्रमहरूको बारेमा पनि प्रकाश पार्नुभएको थियो । उहाँले भवन खरीद पूरै रकम चुक्ता गरेर गरिने भएकोले संस्थालाई कुनैपनि थप ऋणभार नरहने र मर्मतसम्हार पछि संस्थाले भवनको सदुपयोग गरेर थप आय आर्जन समेत गर्न सक्ने जानकारी गराउनु भयो ।
प्रदीप ढकालले सदस्यहरुको संख्या, वर्गीकरण र उनीहरुबाट उठेको सहयोग रकम र उठ्न बॉकी रकमको बारेमा चार्ट सहित विवरण पेश गर्नुभएको थियो ।
यसैगरी ददीराम ढुंगाना र पुरु सुवेदीले जमिन खरीद गर्ने वा नगर्ने विषयको मतदानको कार्यविधि सम्बन्धमा उपस्थित सदस्यहरुलाई जानकारी गराउनु भएको थियो । साथै उपस्थित सदस्यहरुको माग बमोजिम हलबाटै मतदान गर्ने वा नगर्ने मा मतदान भएको थियो र बहुमतले हलबाटै मतदान गर्ने निर्णय गरी सोही बमोजिम एजेण्डा फ्लोरमा प्रस्तुत हुंदा सर्वसम्मत रुपमा मनाससको जमीन खरिद गर्ने पक्षमा मतदान भएको थियो ।
गोविन्द मैनालीले धन्यवाद ज्ञापन गर्दै यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण चन्दादाता तथा नेतृत्ववर्गको प्रशंसा गर्नुभयो र त्यहाँ विशेष सभामा उपस्थित सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक धन्यवाद दिंदै मनासस भवनले अब सबै नेपाली समुदायलाई एकजुट बनाएको र यसबाट सबैले लाभान्वित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
यस्तै  सो अवसरमा सभास्थलमै ७० हजार डलर चन्दा रकम जम्मा भएको जानकारी गराइएको थियो । सो अवसरमा डा मदन उप्रेतीले नयाॅ र अपग्रेड भएका चन्दादाताहरुको नामाबली पढेर सुनाउनुभएको  थियो ।
साथै उपस्थित सदस्यहरुलाई छलफल भैरहेका विषयहरुमा फ्लोरबाट प्रश्न गर्ने अवसर दिइएको थियो र सम्बन्धित प्रस्तुतकर्ताहरुले ती प्रश्नहरुको जवाफ दिनु भएको थियो ।
सभालाई तोकेको समयै शुरु गराउन र अन्त्य गराउन सुनिता सुवेदी र सुनिता खत्रीले हरियो, पहेलो र रातो कार्ड देखाउंदै  सफल रुपमा बक्ताहरुको समय ब्यवस्थापन गर्नु भएको थियो ।
विशेष साधारण सभालाई मिडियाबाट डिसी नेपालका परशुराम भण्डारी, ईन्जा नेटवर्किंगका दोव ढकाल, ग्लोबल नेपाल टिभीका राजेन्द्र खनाल, खुल्लामन्चका निदेश अधिकारी र ईनेपलिज टीमले सहयोग पुर्याउनु भएको थियो । धन्यवाद 


Press Release
Nepali American Community Center (NACC) held a Special General Assembly. The Assembly approved the proposed acquisition of building and land located at 10501 Balls Ford Rd., Manassas, VA 20109. The meeting unanimously decided in favor of the proposal.
Some amendments to the by-laws were also passed by the assembly. Puru Subedi, Tika Mainali, and Madhu Panthi of the by-laws amendment committee presented the proposed amendments.
The assembly held at SV Lotus temple auditorium was chaired by IBOT member Ms. Sita Kafle and moderated by Dadi Dhungana, Puru Subedi, and Pradeep Dhakal. Prem Sangraula welcomed the members in the meeting and reminded them of the historic progress made in realizing Nepali community’s dream of having its own community center with places of worship.
Arun Rupakheti spoke about the background of the inception of this idea of building Nepali community center by raising resources in the community.
Chandra Lama thanked the volunteers and stated that sport should also be at the forefront of the activities that NACC will be carrying out.
Gopal Regmi spoke about the NACC’s institutional collaboration with other community organizations in the area. He presented the main points of the memorandum of understanding (MOU)  signed between NACC and America Nepal Helping Society (ANHS) including a sum of approximately $200K to be transferred from ANHS to NACC for the purpose of buying land and structure to build a community center with places of worship, providing classroom space to ANHS academy, and partnering for conducting annual free health camp.
Bina Khadka Lama spoke about the progress made in engaging the next generation in the project  through junior membership program.
Basu Satyal and his team of realtors spoke about the property selection process and all the steps they took to make sure that they could fetch the best value of the donation dollars. Ram Mishra of the team stated that the Realtor’s commission of approximately $50K would be donated to NACC to meet the funding gap in signing the deal.
Thakur Dhakal from Engineering team presented the comparison of Balls Ford property with other potential properties that were considered. A number of parameters including space, cost, accessibility, average travel distance for community members, and property development time were considered in the comparative analysis. In most of the parameters the Balls Ford property ranked as the most suitable one.
Keshab Baral presented the financial report as of 1/11/2020. He stated that NACC has approximately  $1.2 million cash in bank account. He later informed the members that additional $70K was raised in the meeting at the spot. Pradeep dhakal presented analytical overview of funds collection based on membership data.
Dr. Madan Upreti shed light on the sustainability and prospect of income generation from the property. He emphasized that the deal was very lucrative and ensured the best value of the donation dollars. He also walked the members through the fundraising strategy to be adopted to meet the gap. He pinpointed where to focus.
Govinda Mainali thanked the members for their participation on the historic Special General Assembly and passing the acquisition proposal unanimously. Mr. Mainali appealed to all the community members to donate for the cause. He also thanked the team members and the media outlets – DC Nepal, eNepalese, INNJA Networking, Global Nepal TV and Khulla Manch for covering the event.
The chair adjourned the meeting.
Press Release document in PDF
Regards,
NACC iBOT & iEC Team

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.