अमेरिकामा तीन पुराणको लोकार्पण हुँदै

नोभेम्बर ७, २०१९
जयतु संस्कृतम् शाखा अमेरिका तथा विश्व अध्यात्म केन्द्रकाे संयुक्त आयाेजनामा  राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृत बहादुर राईज्यूकाे प्रमुख आतिथ्य, पूर्व मन्त्री एवं नेका केन्द्रीय सदस्य श्री नवीन्द्रराज जाेशीज्यू तथा कार्यवाहक महावाणिज्यदूत श्री पुष्पराज भट्टराईज्यूकाे विशेष आतिथ्यमा मार्कण्डेय पुराण, अग्नि पुराण र वामन पुराणकाे लोकार्पणको कार्यक्रम रहेको छ ।

यी तीन पुराणका अनुवादक जयतु संस्कृतम् नेपालका अध्यक्ष डा. बद्री पाख्रेलज्यू हुन् भने उनी पनि यो कार्यक्रममा उपस्थित हुने कार्यक्रम रहेको छ ।

न्यूयोर्क र न्यूजर्सी वरपर रहनु हुने सम्पूर्ण बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु उपस्थित भई यस कार्यक्रमको शोभा बढाईदिनु हुन आयोजकले अनुरोध गरेको छ ।

आयोजक :

विश्व अध्यात्म केन्द्र र जयतु सँस्कृतम् अमेरिका
मिति : नाेभेम्बर ८ शुक्रवार, २०१९
समय : बेलुकी ६ बजे
स्थान : थकाली किचेन
Address: 74-14 37th Ave
Jackson height
New York

सम्पर्क : (718) 285-1866
पिपलमणि सिग्देल न्यूयोर्क अमेरिका

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.