कुशे औँशी तथा बाबुको मुख हेर्ने दिन

August 29, 2019

अमेरिका – भाद्र  कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । गुरु पुरोहितहरुले आफ्ना हितैषी जजमानहरुको घरमा कुश लिएर जाने चलन पनि छ ।

आफ्नै घरमा कुश हुनेले यो मन्त्रोच्चारणद्वारा कुशलाई उखेल्दा भन्ने मन्त्र-

“विरन्जिना सहोत्पन्न परमेष्ठी निसर्गत,

नुद सर्वाक्षि पापानि दर्भस्वस्ति करोभव“

कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ । शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्मणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ काटिएको कुश आफ्ना यजमानका घरघरमा पुर्याउने र कुश लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिदा र दक्षिणा दान गर्ने प्रचलन छ ।

यो दिन आफ्ना बाबुको लागि विशेष दिन मानिन्छ, जीवित अवस्थामा रहनुहुनेले विभिन्न खानाका परिकार बनाई बाबुको मुख हेर्ने चलन छ ।

कुशे औँसीका दिन छोराछोरीले आफ्ना बुबालाई मनपर्ने खानेकुरा, फलफूल, मिठाइ खुवाएर तथा कपडा उपहार दिएर सम्मान र आदर गर्ने गर्छन् । बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् ।

बुबा नहुनेले भने काठमाण्डौ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, पशुपतिनाथ काठमाडौको बागमती, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्नान गरी पितृको नाममा श्राद्ध गरी तर्पण दिने गर्दछन् ।

यससम्बन्धी थप जानकारी लिनका लागि यो वेबपेजलाई सब्सक्राइब गर्नुहोस् वा यो नम्बरमा कल गरी जानकारी लिन सक्नुहुनेछ – 703-870-6480

Error: Contact form not found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.