अमेरिकामा आज श्रीपन्चमी, सरस्वती पूजा अर्थात् वसन्त पन्चमी

अमेरिकामा आज श्री पञ्चमी / सरस्वती पूजा / वसन्त पञ्चमी

फेब्रुअरी ९,  २०१९ शनिवार

आज विद्याकी देवी तथा सिर्जनाकी देवीका रूपमा मानिने सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ  । श्रीपञ्चमीको दिनबाट नै वसन्त ऋतु आरम्भ भएको मानिने हुनाले यस दिनलाई  वसन्त पन्चमी पनि भनिन्छ । यस चाडलाई हिन्दु धर्मावलम्बीहरुले विशेष पर्बको रुपमा सरस्वतीको मन्दिर तथा पुस्तकको पूजा गरेर मनाउँछन् ।

श्रीपञ्चमीको दिनमा बालबालिकालाई अक्षरारम्भ गराए शुभ हुने मानिन्छ र साथै कुनै पनि नयाँ कार्य आज शुरु गर्नु शुभ हुने पनि विश्वास गरिन्छ ।  यस दिनमा बालकहरुको पहिलो पटक नाक–कान छेड्ने पनि चलन छ ।

आजको दिन शिक्षक, विद्यार्थी, लेखक, कलाकार, पत्रकार आदि सिर्जनाकार हरुले आ-आफ्ना सिर्जनाका औजारको पूजा गर्नुका साथै सरस्वतीको तस्बीरमा पनि पूजा गर्ने चलन छ ।  आजको दिन राजधानीका बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ ।

नेपालबाट निस्कने पात्राहरुमा आइतबार राखिएको भए पनि अमेरिकामा आइतबार विहानै पन्चमी तिथि सकिएर षष्ठी तिथि लाग्ने भएकोले अमेरिका तथा क्यानडामा शनिवार नै श्रीपन्चमी मनाईने कुरा अमेरिकाबाट निस्कने मारुतिनन्दन पात्रो तथा दृक पन्चांग आदिमा उल्लेख छ ।

सरस्वतीको बन्दना 

सँस्कृत श्लोकमा –

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी !
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ,
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ,

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी ,
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती

भारती= महाभारतमा जन्मिएकी  power of luck

सरस्वती=   गंगा जस्तै सफा      power of knowledge

शारदा देवी =     गायत्री power of wisdom

हंसवाहिनी = हाँस माथि बसेकी   power of skill

जगन्माता = संसारकी आमा      power of world

वागीश्वरी  = बाग्देवी              power of attorney

कौमारी  = कन्या               power of woman (Variety)

वरदायिनी = वर्दान् दिन सक्ने  power of giving (blessing)

बुद्धिदात्री  = बुद्दी दिने             power of intellect

ब्रह्मचारिणी = ब्रह्मचर्यमा  रहने Power of personality

चन्द्रघण्टा  = शितल देवी        power of Dedication

भुवनेश्वरी  = पृथ्वीको मालिक्नी  power of philanthropic

How saraswati was born and why need to worship ? 

Ans :

Sarawati Purana gives the following details :

Brahma is one of the three main gods-Trimurti-of the

Hindu pantheon. He is the creator of the universe, Saraswati,

who became the wife of her own father, was the daughter of

Brahma.

Mother Saraswati is the Goddess of Learning.

Her blessings are vital to our advancement and happiness.

We pray to Saraswati to shine forth the

Light of true knowledge in our hearts and lives

and lead us on the path of pure vibrations and Truth.

सरस्वती प्रार्थना

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता

या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।

या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवः सदा पूजिता

सा मां पातु सरस्वति भगवती निःशेषजाड्यापहा ॥१॥

शुक्लां ब्रह्मविचार सार परमां आद्यां जगद्व्यापिनीं

वीणा पुस्तक धारिणीं अभयदां जाड्यान्धकारापाहां |

हस्ते स्फाटिक मालीकां विदधतीं पद्मासने संस्थितां

वन्दे तां परमेश्वरीं भगवतीं बुद्धि प्रदां शारदां  ||२|| 

नेपालीमा अर्थ

कुन्द फूल तथा चन्द्रमा को समान सेतो वर्ण भएकी, सेतो बस्र धारण गरेकी, हातमा बीणा लियी सुशोभित भएकी, सेतो कमलको फूल माथि बसेकी , ब्रह्मा बिष्णु तथा शिवजीले पनि स्तुति गर्न योग्य हे सरस्वती देवी भगवती माता हजुरले मेरो अज्ञानरुपी अन्धकार लाई हरण गर्नुहोस् ।  

In English : She, who is as fair as the Kunda flower, white as the moon, and a garland of Tushar flowers;and who is covered in white clothes

She, whose hands are adorned by the excellent veena, and whose seat is the pure white lotus;

She, who is praised by Brahma, Vishnu, and Mahesh; and prayed to by the Devas, O Mother Goddess, remove my mental dullness !

नेपाली भाषामा प्रार्थना-

सरस्वती, सुन्दर मूर्ति तिम्रो

कस्तो अहो, उज्ज्वल रूप तिम्रो,

छ्यौ हाँसका वाहनमा चढेकी

सेतो सफा पैरनमा खुलेकी,

वीणा लिएको कर एक तिम्रो

किताब अर्को करमा छ तिम्रो,

देवी, तिमी बुद्धि-विवेक दिन्छ्यौ

मुहान विद्याहरूकी तिमी हौ,

आमा तिमीमा अति भक्ति राखी

तिम्रा दुई कोमल पाउमाथि,

झुकाउँदै माथ प्रणाम गर्छौँ 

विद्या मिलोस् आशिश नित्य माग्छौँ,

पढ्छौँ सधैँ पढ्न सिकाइदेऊ

लेख्छौँ सधैँ लेख्न लगाइदेऊ,

अज्ञानको नाश गराइदेऊ

सरस्वती ! ज्ञान बढाइदेऊ । 

Saraswati_poster (1)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.