अमेरिकामा आज बेलुका चन्द्रगहण(Lunar eclipse) लाग्दै

Lunar Eclipse 

अमेरिका,  जनवरी २०, २०१९

सन् २०१९ साल जनवरी २० तारिख तदनुसार माघ ७ गते रविबार पौष शुक्लपक्ष पूर्णिमाको दिन पूर्ण चंद्रग्रहण  लाग्दैछ I यो ग्रहण वासिंगट डिसीको सूर्योदयानुसार रात्रि २२:३४ बजे सुरु हुनेछ l अर्थात् रात्रिको १० बजेर ३४ मिनटबाट यो ग्रहण शुरु हुने कुरा “मारुतिनन्दन नेपाली पंचाङ्ग’ का ज्यो.पदमलाल ढकालज्यूले बताउनु भएको छ I यो ग्रहणको उत्तर अमेरिका, क्यानाडा, दक्षिण अमेरिका लगायत युरोप, एसिया, अफ्रिका, उत्तर-दक्षिण अमेरिका आदि भागमा पूर्णरुपमा ग्रहण देखिनेछ l

यो ग्रहण लाग्ने समय तालिका यसप्रकार रहेको छ –

स्पर्श २२/३४ बजे, अर्थात् १०/३४ बजे

मध्य २३/४१ बजे, अर्थात् ११/४१ बजे

मोक्ष २५/५० बजे, अर्थात् १/५० बजे

सुतक प्रारंभ: दिनको १२:५० बाट रात्रि १:५०AM  बजेसम्म रहने छ l अर्थात् ग्रहणको सुतक दिनको १२ बजेर ५० मिनटदेखि नै आरम्भ हुन्छ र रात्रि ग्रहण समाप्ति सम्म रहने छ ! यो ग्रहण ३ घण्टा १५ मिनट सम्म रहने छ I यो सुतक बाल,वृद्ध, बिरामीबाहेक सबैलाई लागु हुनेछ ।

पुनर्वसु नक्षत्रीय व्यक्ति र कर्कटराशिलाई विशेष कष्टदायक छ I अन्य राशिका जातकलाई पनि विशेष चश्मा, दूरबीन आदि उपकरण बिना नहेर्नु होला ।

राशीअनुसार ग्रहण हेर्दाको फल

मेषलाई – व्यथा I वृषलाई – श्रीप्राप्ति I मिथुनलाई – क्षति I कर्कटलाई – घातक I सिंहलाई – व्यय I कंन्यालाई – लाभ I तुलालाई- सुख I वृश्चिकलाई- मान नाश I धनलाई- कष्ट I मकरलाई – स्त्री पीडा I कुम्भलाई – सौख्य I मीनलाई -चिन्ता

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.