तिहारको पाचौं दिन आज अमेरिकामा भाईटीका वासिंटन डिसीको शुभ साईत ११ः२१ बजे

तिहारको पाचौं दिन आज अमेरिकामा भाईटीका वासिंटन डिसीको शुभ साईत ११ः२१ बजे

नोभेम्बर 14/2023  – HCC संवाददाता वासिंटन डिसी अमेरिका

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा रहेका हिन्दू धर्मालम्बीहरुका लागि भाइटीकाको छुट्टाछुट्टै साइत निकालेको छ ।

 

समितिको कार्तिक २० गते बसेको बैठकले विभिन्न  देशको समय अनुसार भाइलाई टीका लगाउने साइतको समय  निर्धारण गरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष डा. माधव भट्टराईले बताए ।

यसले रोजगारका शिलशिलामा विभिन्न देशमा रहेका नेपालीहरुलाई सहयोग पुग्ने उनको भनाइ थियो । मान्छेको बसोवासको आधारमा अक्षांश– देशान्तर, चर आदिलाई तिथि, घडीपलाका आधारमा सूर्यको उदयबाट गणना गरेर त्यो स्थानमा बसोवास गर्ने मानिसले लगाउने टीकाको साइत निर्धारण गर्न सकिन्छ ।

जस अनुसार यसपालिको भाईटीका लगाउने शुभ साइत  नेपालमा कार्तिक २९ गते अर्थात  विहान १०: ५१  बजे शुभ साइत निर्धारण गरिएको छ भने अमेरिकाको न्यूयोर्क अर्थात् पूर्वी भागमा नोभेम्बर १४ तारिख दिनको ११ बजेर १५ मिनेटको शुभ साइत रहने जारी विज्ञप्तिमा उल्लेख छ ।

वासिंगटन डीसीलगायत मेरिल्याण्ड, भर्जिनियामा ११:२१ बजेको शुभ साईत छ, अमेरिकाकै टेक्सासमा ११:२५ बजेको साईत शुभ रहेको छ । त्यसैगरी  क्यानडामा ११:४५ बजे भाइटीकाको शुभ साइत निर्धारण गरिएको छ । त्यसैगरी क्यालिफोर्नियामा १०ः५५ बजे तथा अस्ट्रेलियाको सिड्नीमा भने नोभेम्बर १५ तारिख ११:१५ मा  छ भने सोही दिन जापानको टोकियोमा १०ः४५ मा निस्केको छ ।

कार्तिक ३० गते अर्थात्  नोभेम्बर १५ तारिख बिहान भारतको नयाँ दिल्लीमा  ११:०५ बजे भने  सोही दिन मलेसियाको क्वालालम्पुरमा ११ः१५ बजे, युएईको अवुधाबीमा ११:१४ बजे समय तोकिएको छ । कतारको दोहामा सोही दिन बिहान ११: ११  बजे, थाइल्याण्डको बैंककमा ११: ४१ बजे, दक्षिण कोरियाको सियोलमा ११:४२ बजेको समय तोकिएको छ भने यस्तै, इजरायलको तेलअभिभमा ११: ३५ बजे, सिंगापुरमा ११:०५ बजे, हङकङमा १०ः५७ बजे र साउदी अरेबियामा १०ः३७  बजेको समय तोकिएको सो समितिले जनाएको छ ।

यसैगरी बेलायतको लण्डन सिटीमा १४ तारिखको ११:५७ बजे छ भने फ्रान्सको पेरिसमा सोही दिन ११:०५ बजेको साईत निस्किएको छ ।

अन्य देशहरुको साईत पनि यो तलको चार्टबाट देख्न सकिन्छ –

अमेरिकाका विभिन्न सहर र नेपाललगायतका विभिन्न ठाउॅको #तिहारकोटीका साईत यसप्रकार रहेको छ ।

 

 

अमेरिकाको समयअनुसार #तिहार र #छठ पर्व विवरण

यम पन्चक प्रारम्भ, धन्वन्तरी जयन्ती /काग तिहार  Yama panchak start Dhanwantari Jayanti Kag Tihar

      नोभेम्बर १०, २०२३ शुक्रवार   November 10 2023

३४, नरक चतुर्दशी, कुकुर तिहार       नोभेम्बर ११ २०२३ शनिवार     Narak Chaturdashi Kukur Tihar November 11 2023 Saturday

३५लक्ष्मी पूजा, द्यौसी भैलो सुरुआत  नोभेम्बर १२, २०२३ रविवार  कार्तिक २६ गते २०८०, Laxmi Pooja  November 12 2023 Sunday 

३६, गाई पूजा, गोवर्धन पूजा       नोभेम्बर १३, २०२३ सोमवार   Gai pooja Gobardhan pooja November 13 2023 Monday

३७, यम द्वितीयाभाइटीका         नोभेम्बर १४२०२३ मंगलवार  कार्तिक २८ २०८०,  Dwitiya VaiTeeka November 14 2023 Tuesday 

३८छठपूजा सूर्य व्रत          नोभेम्बर १८२०२३ शनिवार   Chhtha Pooja  November 18 2023 Saturday 

Happy Tihar 2080 🪔

कृपया यससम्बन्धी केही जिज्ञासा भएमा कमेन्टमा लेख्न सक्नु हुनेछ । कृपया यो साईतको विषयलाई लिएर नकारात्मक टिप्पणी, गाली गलोज, असभ्य भाषाशैलीको प्रयोग नगर्नु होला । अमेरिका लगायतका विभिन्न मुलुकमा १ हप्ता अगाडिदेखि नै यो साईत प्रकाशित भएको छ । साईतमा लगाउन चाहनेहरुको लागि यो प्रकाशित भएको हो । फुर्सदको बेला, नेपालमा मनाएपछि लगाउनको लागि खासै साईत चाहिदैन, जतिखेर लगाए पनि हुन्छ । धन्यवाद । जय होस् । शुभकामना ।

सम्पर्क ७०३६८९१११७ धन्यवाद ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.