हिन्दू-बुद्ध मन्दिर मेरिल्यान्डमा श्रीमद्भागवत महापुराण July 28-Aug 3


अमेरिकामा हिन्दु धर्म तथा सँस्कार फस्टाउँदै गईरहेको छ, हिन्दु सँस्कार जति परिपूर्ण छ त्यतिनै विज्ञानसम्मत पनि  छ । यसै कारण मन्दिर स्थापनार्थ मेरिल्याण्ड,भर्जिनिया एवम् डिसी क्षेत्रमा बसोवास गरेका नेपालीहरुको सहयोग, सद्भाव र अथक  प्रयासमा हिन्दू-बुद्ध मन्दिर मेरिल्यान्डमा श्रीमद्भागवत महापुराण 2018 भैरहेको छ । 

वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलद्वारा आज मिति २०१८ जुलाई २८ तारिखदेखि सुरु भै ३ तारिख सम्म हुने यो ज्ञान महायज्ञमा पाल्नुभै पूण्य प्राप्ति गर्नु हुन मन्दिर ब्यवस्थापन समिती हार्दिक अनुरोध गर्दछ । ३१ एकड क्षेत्रफलमा फैलिएको यस मन्दिरको भूभाग धार्मिकस्थल बनाउन सरकारी प्रक्रिया पूरा भएको छ । यस मन्दिरको संरक्षण सम्र्बद्धनको दायित्व पनि नेपालीको हो । यो सार्वजनिक सम्पत्तिको सुरक्षा हामी सबैको कर्तव्य हो । धेरै भन्दा धेरैको सहभागिता रहोस् । त्यसैले आफ्नो समयअनुसार सबै नेपाली दाजुभाइ, दिदी-बहिनी, आमाबाबु महायज्ञमा जाऔ ।

नेपालमा जन्मिएर कर्मथलोका रुपमा अमेरिका आई संघर्षपूर्ण जीवन बिताउँदै गर्दा आफ्नो धर्म तथा सँस्कृतिको रक्षा गर्नु भनेकै आफैले आफूलाई चिनाउनु हो ।  हामी नेपाली संसारभरी छरिएका छौं । हामी जहाँ रहे पनि आफ्नो संस्कृति, भाषा, साहित्य एवं कलाप्रति हामीलाई द्रिढ विश्वाश छ । हामी नेपाली हुनुमा जति गर्व छ, त्यो भन्दा बढी गर्व छ हिन्दु सँस्कारभित्र जन्मन पाएकोमा, हाम्रो संस्कृति नै हाम्रो पहिचान हो । त्यसैले संस्कृतिलाई बचाउनु पर्दछ । जसले गर्दा हामीलाई शान्ति पनि मिल्दछ । जहाँ हाम्रो विश्वास अडिएको छ,  त्यहा हामी बेलाबेलामा हाम्रा चाडपर्व, सँस्कार मनाइरहेका हुन्छौ । आनन्द लियिरहेका हुन्छौ ।

Address :
स्थान: हिन्दु बुद्ध मन्दिर, बाल्टिमोर
12231 Harford Rd
Glen Arm Maryland 21057

मिति: जुलाई २८ – अगस्ट ३ सम्म Time 2 PM to 8PM 

हाम्रो आस्था र विश्वासको केन्द्र बन्न सकोस् यो हिन्दु बुद्ध मन्दिर बाल्टिमोर, शुभकामना – हिन्दु कल्चरल सेन्टर, अमेरिका

  • Astrologer and Priest Rajendra Khanal

 

One Comment

  1. Hello, is the temple open to visit if you don’t know Hindi. Drove pass on 9-1-18 would love to visit.
    Thanks,
    Tiffany Stancil
    Tiffanystancil@yahoo.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.