अमेरिकामा यही August 11बिहीवार र अगष्ट १२ शुक्रबार जनै पूर्णिमा एवं रक्षाबन्धन मनाईँदै
Last Updated: Aug 11, 2022
“येन बद्धो वलिः राजा, दानवेन्द्रो महावलः तेन त्वां प्रतिबध्नामि, रक्ष मा चल मा चल”
अर्थात्:-
“जुन रक्षासूत्रले अत्यन्त वलशाली राजा वलि पनि बाँधिएका थिए र सारा देवगण सुरक्षित भएका थिए, आज म त्यस्तै रक्षासूत्र बाँधेर तिमीलाई पनि सुरक्षित गर्दछु।”
ऋषितर्पणी (जनैपूर्णिमा) एवं रक्षाबन्धन वैदिक सनातन हिन्दु धर्माबलम्वीहरूले मनाउने मध्येको एउटा मुख्य पवित्र पर्व/चाड हो । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ ।
अमेरिकाको लागि नेपाल पचांग निर्णय समितिबाट अनुमोदित पंचांग (पात्रो) अनुसार यसवर्ष अमेरिकामा यही August 11, 2022 बिहीवार जनै पूर्णिमा एवं रक्षाबन्धन परेको छ ।
अमेरिकाको श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार Irving टेक्सासमा विहान ०८ बजेबाट सांझ ०७ बजेसम्म वैदिक विधिले अभिमन्त्रण गरिएका यज्ञोपवित (जनै) धारण गर्ने तथा रक्षाबन्धन लगाउने कार्यक्रम रहेको जानकारी मन्दिरका पुजारी मेघराज निरौलाले दिनुभएको छ । त्यसै गरी न्यूयोर्कस्थित नेपाली मन्दिरमा पनि ११ तारिख नै जनैपूर्णिमाको कार्यक्रम सम्पन्न गरिने कुरा उद्धव शास्त्रीले बताउनु भयो ।
वर्तमान अवस्थामा COVID-19 को बढ्दै गएको प्रकोपलाई मध्यनजर गर्दै मन्दिरमा पनि सामान्य रूपमा सुरक्षा विधिहरू पुन: अपनाउन लागिएको हुनाले अनिवार्य मास्क लगाई मन्दिरले अबलम्बन गरेका सुरक्षा सम्बन्धी अन्य नियमहरूलाई पूर्णरूपमा पालना गरी सम्पन्न गर्न गराउन विभिन्न मन्दिर सन्चालकहरुले अनुरोध गरेका छन् ।
त्यसै गरी वासिंगटन डिसीको वरपर रहेका तीनवटा सँस्था नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC ) भर्जिनिया, नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र ( NECC) मेरिल्यान्ड र नेपाली अमेरिकन साँस्कृतिक केन्द्र ( NACC) बाल्टिमोर ले भने नेपालका लागि बनेका पन्चांगहरुलाई नै अनुशरण गर्दै अगस्ट १२ तारिख जनैपूर्णिमा मनाउने निर्णय गरेका छन् ।
नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC ) भर्जिनिया र डिसी नेपाली समाजको संयुक्त आयोजनामा हुन लागेको ठेगाना यसप्रकार रहेको छ –
Address
Nepali American Community center
समय : विहान ७ बजेदेखि ७ बजे बेलुकासम्म साँझ
विस्तृत जानकारीको लागि सम्पर्क गर्नु हुन सक्नु हुनेछ । खनाल गुरु यू एस् ए 01-7038706480 धन्यवाद ।
Info@hinduculturecenter.com
Error: Contact form not found.