नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)ले शिवरात्रीमा पूजापाठ तथा भजन कीर्तनको कार्यक्रम गर्दै

महाशिवरात्री फेब्रुअरी २१, २०२०

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)ले शिवरात्रीमा पूजापाठ तथा भजन कीर्तनको   कार्यक्रममा उपस्थित भै पुण्य कमाउनु हुन सादर अनुरोध सहितको आमन्त्रण गरेको छ ।

नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकले भर्जिनिया, डिसी, मेरिल्यान्ड वरपर बसोबास गर्ने सम्पूर्ण नेपाली महिला तथा सज्जन बृन्दहरू र तमाम भक्तजनहरुलाई महाशिवरात्रीको पूजा तथा भजनकीर्तनमा निम्न स्थान, मिति र समयमा उपस्थित भै पूजा तथा प्रसाद ग्रहण गरी पुण्य कमाउनुहुन सादर अनुरोध गरेको छ ।

महा -शिवरात्री पूजा कार्यक्रम आयोजना हुने स्थान:-
लोटस टेम्पल ( डिसी मेट्रो सप्ताह २०१९ भएको स्थान)
Address : 12501 Braddock road Fairfax VA
मिति :- फेब्रुअरी २१, २०२०
समय :- साँझ 4.30 बजेदेखि  8.30
आयोजक : नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याक।
नोट: न्याकले यसैगरी फागु पूर्णिमा होली उत्सव तथा बुद्ध पूर्णिमा(बुद्ध जयन्ती) पनि धुमधामका साथ मनाउने भएको छ ।

Error: Contact form not found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.